Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

शैक्षिक माफियाकरण अन्त्यका लागि पहल गर्छौं

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको झण्डै दश वर्षपछि भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दश दिनभन्दा बढी समयको रस्साकस्सीबाट पार्टी सभापति शेरबहादुर देउवा पक्ष मानिएका नैनसिंह महर नेबिसंघ अध्यक्षमा निर्वाचित भए । संगठनको नेतृत्वमा आएपछि महरले वर्षौदेखि रोगले ग्रसित भएको नेबिसंघको मेजर अप्रेसन भएको बताएका छन् । विभिन्न गुट उपगुटमा विभाजित सबैलाई विद्यार्थीलाई एकतावद्ध गर्दै विद्यार्थी हकहितमा लाग्ने महरले प्रतिवद्धता जनाएका छन् । संगठनको आन्तरिक विवाद ब्यवस्थापन तथा शैक्षिक एजेण्डाबारेमा नेबिसंघको नवनिर्वाचित अध्यक्ष नैनसिंह महरसँग खबरडबलीका लागि लोकराज जैशीले गरेको कुराकानी ः \"mahar
  • महाधिवेशन अगाडिदेखिको नेबिसंघको विवाद महाधिवेशनपछि पनि झनै चुलिएका छन्, भनिन्छ, खास कुरो के हो ?
विवाद, संवाद, समन्वयन हाम्रो प्रजातान्त्रिक प्रणालीका आधारभूत कुराहरु हुन् । यसलाई धेरै हामीले त्यति ठूलो रुपमा लिएका छैनौं । यद्यपि ९ वर्षसम्म महाधिवेशन नभएको अवस्थामा नेविसंघभित्र केही खराबीहरु निश्चित रुपमा विकसित भएका थिए । संगठन रोगले ग्रसित थियो, हामीले त्यसको मेजर अप्रेसन गरेर संगठनलाई चुस्त, दुरुस्त गराउनुपर्ने अवस्था थियो । अप्रेसनपछि सबै फोहरहरु पखालिएका छन् । तसर्थ ठूलो अप्रेसन गर्दा मानिस फेरि होसमा फर्किन्छ कि फर्किदैन ? त्यो कुन अवस्थामा रहन्छ ? भन्ने जस्ता चिन्ता र पीडाहरु भएजस्तै नेविसंघको एघारौं महाधिवेशनमा पनि हाम्रा नेता कार्यकर्ताहरुमा त्यस्तो प्रकारको समस्या, चिन्ता व्यक्त भएको हो । जसले संगठनलाई सशक्त बनाउनु पर्छ भन्ने भाव प्रकट गरेको थियो । सबै साथीहरुका भनाई र मागको सम्बोधन गर्दै अन्तमा हामीले महाधिवेशन सफल गरायौं । बडो निश्पक्ष र धाँधलीरहित तरीकाले, स्वच्छ प्रतिष्पर्धात्मक पद्धतिबाट नयाँ नेतृत्व दिलाएको छ । अबको हाम्रो कार्यदिशा भनेको हिजोलाई स्मरण गर्दै, भवियकालागि आवश्यक पर्ने राम्रा कुराहरु अंगाल्दै र पाठ सिक्दै अगाडि बढ्नुको हामीसँग कुनै विकल्प छैन । संगठनमा यो वा त्यो ढंगका अनावश्यक कुरा उठाएर विवादको सिर्जना कसैले गर्नु हुँदैन, हामी एक ढिक्का भएर अगाडि बढ्नु पर्दछ भन्ने संगठनको आधिकारीक धारणा हो ।
  • मूल पार्टीभित्रको गुटगत भावनाले महाधिवेशनमा लामो समय विवाद चलेको थियो, गुटगत सोँचहरु हावी हुँदा भविष्यमा कस्तो असर पर्छ ?
मेरो विषयमा भन्नु पर्दा म गुटगत कारणले विवादस्पद मानिस होइन । आजसम्म कुनै गुटगत सोँचले पार्टी र संगठनलाई नोक्सान पु¥याउने काममा म संलग्न भएको छैन । सबै साथीहरुलाई मिलाएर लैजाने कुरामा, संगठनलाई सुदृढ बनाउने कुरामा, शैक्षिक एजेन्डाहरुलाई सम्बोधन गर्ने वा लागू गराउने सम्बन्धमा मलाई विद्यार्थी नेता कार्यकर्ता साथीहरुको जेजति साथ सहयोग चाहिन्छ त्यो पाउँछु भन्ने लाग्दछ । महाधिवेशनमा पराजित भएका साथीहरुको असन्तुष्टि विधिको सम्मान गर्ने हो भने आफैभित्र समाधान भेटिन्छ । नयाँ निर्वाचित टिमले मात्र नेविसंघको शैक्षिक आन्दोलन अगाडि बढाउँछ, अरुले विवाद र असन्तुष्टिहरु राखेर बस्नुपर्छ भन्ने साेँच गलत हो । म एक्लैले संगठन चलाउने पनि होइन, त्यो त विधि र प्रक्रिया अनुसार चल्छ । सबै नेविसंघप्रति आस्था विश्वास गर्ने साथीहरुले नयाँ नेतृत्वलाई सहयोग गर्नुपर्छ, त्यो सहयोग पाउँछु भन्नेमा म पूर्णरुपमा विश्वस्त छु । साथीहरुको सहयोग नपाएमा नयाँ निर्वाचित टिमले मात्र केही गर्न सक्दैन, लोकतन्त्रमा बहुमतको कदर र अल्पमतको सम्मान गरिन्छ । पराजित भएका साथीहरुको सहयोग संगठनलाई अत्यन्त आवश्यक छ, हामीहरु एक ढिक्का भएर शैक्षिक मुद्धाहरुमा आवाज उठाउँछौ ।
  • राष्ट्रिय विद्यार्थी राजनीतिमा चिनिएका केहि महत्वपूर्ण नेविसंघका नेताहरु नै पराजित भएको देखिन्छ, यसले संगठनमा अर्थ राख्छ होला नी ?
यसले त्यस्तो खास केही अर्थ राख्दैन् । प्रजातन्त्रमा हारजित भन्ने कुरा स्वभाविक हुन्छ । प्रजातन्त्र भनेपछि आवधिक चुनाव हुन्छ, चुनावमा प्रतिष्पर्धा हुन्छ, यसरी प्रतिष्पर्धामा जाँदा समूहगत रुपमा एलाइन्स बनिहाल्छ, त्यो चुनावको निश्चित समयका लागि मात्र बनेको हुन्छ । तसर्थ चुनावमा कुनै एक समूहबाट कुनै पदमा जितेको होलान् भने अर्को पदमा अर्को समूह बाट जितेका पनि होलान् । हारजित भन्ने कुरा चुनावबाट हाम्रा नेता कार्यकर्ताहरुले नेतृत्वलाई दिएको समर्थनको परिणाम भएकाले यसलाई सबैले स्वीकार गर्नुपर्दछ । हामीहरुले विधि र प्रक्रियाको सम्मान गर्नै पर्दछ । त्यसको कुनै विकल्प छैन । ९ वर्षसम्म नेविसंघलाई जसरी विभिन्न बहानामा कुरुप बनाइएको छ, यसलाई सफा गरेर एउटा सुसंगठित, जुझारु र अनुशासित नेविसंघ बनाउने काम नयाँ नेतृत्वले सुरु गरेको छ । हामीले संगठित नेविसंघको भरमा निष्ठावान र बलियो काङ्ग्रेस बनाउने जुन कसम खाएका छौं, नेविसंघ अब त्यो दिशामा अगाडि बढ्छ । त्यसमा संगठनलाई महाधिवेशनबाट पराजित भएका साथीहरुको पनि साथ, सहयोग, सल्लाह चाहिन्छ । संगठनलाई राम्रो गराउने काममा उहाँहरुको पनि कर्तब्य र जिम्मेवारी रहन्छ ।
  • निर्वाचनबाट फरक गुटका महत्वपूर्ण मानिएका नेताहरु जो पराजित भए उनीहरुलाई संगठनले कस्तो जिम्मेवारी दिन्छ ?
पराजित भएका साथीहरुप्रति संगठन र मेरो पूरा साथ सहयोग र समर्थन रहेको छ । खासगरी मनोजमणि आचार्यले महाधिवेशनमा सम्पन्न गर्ने दौरानमा विवादित कुराहरुलाई मिलाउँदै दुई पक्षीय/त्रिपक्षीय सम्झौताहरु गरेर अगाडि बढाउन सघाउनु भएको हो । उहाँ र म जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, पदाधिकारी हुँदै केन्द्रीय अध्यक्षसम्म सँगै चुनाव लड्न पाएका हौं । तसर्थ संस्थागत र व्यक्तिगत रुपमा पनि उहाँको साथ, सहयोग र समर्थन मलाई रहन्छ । मैले पनि उहाँसँग लुकाएर संगठन चलाउने कुरा हँुदैन । उहाँको पनि सल्लाह लिएर अगाडि बढाउने सोँचमा छु । चुनाव हो, नेविसंघका नेता कार्यकर्ता साथीहरुको मतले कसैलाई जित र कसैलाई पराजित गरेको हो । कुन गुटका कसले जिते भन्दा पनि नेविसंघका नेताहरुले नै जितेका छन्, यो मुख्य कुरो हो । पराजित भएका साथीहरुले नयाँ नेतृत्वको टिमलाई सघाउने र आवश्यक सुझाव सल्लाह दिन सक्नुहुन्छ । नेपालको लोकतान्त्रिक प्रणालीमा चुनावबाट दुई तीन जना पदाधिकारीहरु पराजित र विजेता भइसके पछाडिको अवस्थामा पनि हामी सबै मिलेर नेविसंघबाट एउटा सुनौलो प्रजातन्त्रको अभ्यास देखाउन खोज्दैछौं । त्यो अभ्यास विवाद होइन, संगठनका लागि एकता भन्ने भावले उत्प्रेरित भएर अगाडि बढ्छ ।
  • उनीहरुलाई संगठनको कुनै ठोस जिम्मेवारी हुन्छ कि हुँदैन ?
पार्टी र संगठनमा महत्वपूर्ण भूमिका खेलेका केही जिम्मेवार साथीहरु पनि महाधिवेशनमा पराजित भएका छन्, यो कुरा सत्य हो । उहाँहरु नेविसंघको विधान अनुसार रहेर संठनलाई सहयोग गर्न पनि सक्नु हुन्छ । ठोस जिम्मेवारी भनेको पार्टीले व्यवस्थापन गर्ने कुरा हो । नेविसंघमा रहे मात्र बढी जिम्मेवारी हुने, पार्टीले दिएको अन्य भूमिकामा रहँदा कम जिम्मेवार हुने भन्ने हुँदैन । महाधिवेशनपछि नेविसंघमा उहाँहरुलाई कुनै ठोस जिम्मेवारी दिन सक्ने अवस्था रहँदैन, उहाँहरुलाई पार्टीले उचित जिम्मेवारी दिनुपर्छ भन्ने लाग्दछ ।
  • निर्वाचित नयाँ नेतृत्वपंक्तिले विद्यार्थी आन्दोलनको रफ्तार धान्न सक्ला त ?
हिजो राजतन्त्रको विपक्षमा लड्दै गर्दा महिनौ जेल यातना र प्रहरीको कुटपिट सहँदै आन्दोलबाट स्थापित भएका धेरै साथीहरु यतिबेला नेविसंघको नेतृत्वमा आउनु भएको छ । देशका ठूला ठूला परिवर्तनको लागि गरिएका आन्दोलनहरुबाट खारिएको नेतृत्व आज नेविसंघमा आएको छ । देशमा राजनीतिक संकट परेमा परिवर्तनका लागि लड्न सक्ने क्षमताको पनि नयाँ नेतृत्वबाट आशा गर्न सकिन्छ । साथै शैक्षिक आन्दोलनमा विभिन्न सुधारका कुरा उठाउँदा संगठनभित्र र बाहिरबाट नेतृत्व गरेका साथीहरुको ठूलो जमात यतिबेला नेविसंघले पाएको हुनाले हामी शैक्षिक मुद्धाहरु पनि नयाँ ढंगले राज्यसँग उठान गर्न सक्छौं भन्ने लाग्छ । हाम्रा मागहरु सम्बोधन गराउन यो नेतृत्व सफल हुन्छ भन्ने मलाई विश्वास रहेको छ । यसमा सबैको साथ र सहयोग चाहिन्छ ।
  • तपाइसँग विद्यार्थी आन्दोलनलाई अगाडि बढाउनका लागि के कस्ता शैक्षिक एजेन्डाहरु रहेका छन् ?
हामी एसलएसी र उच्च शिक्षामा परीक्षाको रिजल्टको अवस्थाबारे धेरै सोँच्ने गर्दछौ, तर जतिबेला मानिसको ५० प्रतिशत बौद्धिक बृद्धि हुने समय हो, त्यतिबेलाको अवस्थामा कहिल्यै सुधार गर्न लागेका देखिन्नौ । मानिस ५/६ वर्षको भएपछि उसलाई राम्रो वातावरण दिन सकेको खण्डमा त्यसको प्रभाव पछिसम्म पर्ने कुरा बाल विकासले पनि देखाएको छ । राज्यको बालविकासमा लगानी अत्यन्त कम रहेको छ । हामी बालविकासको क्षेत्रमा सुधारको नयाँ आयाम थप्न चाहन्छौं । \"nainअहिले १ देखि ८ निमावि र १० देखि १२ मावि तह भनिएको छ, हामीले कम्तीमा मावि तह स्कुलस्तरकै भएका हुनाले यसलाई राजनीतिबाट टाढा गर्नुपर्ने विषयमा पनि सोचिराखेका छौं । यस विषयमा अरु विद्यार्थी संगठनका साथीहरुसँग पनि छलफल गर्ने सोँच बनाएको छु । त्यसकासाथै नेपालको शिक्षा क्षेत्र माफियाकरण भएको देखिन्छ, हामी त्यसको विरोध गर्छौँ र त्यसको अन्त्यका लागि पहल गर्छौँ । स्वतन्त्र विद्यार्थी यूनियनको नियमित निर्वाचनका लागि अरु संगठनका साथीहरुसँग छलफल गर्ने र दवाब सिर्जना गर्ने सोँच बनाएको छु । नेविसंघको हरेक दुई वर्षमा महाधिवेशन गराउने, प्रादेशिक कमिटी निर्माण गराउने, सातै प्रदेशमा संगठनका कार्यालय खेल्ने काम गर्छौं । सातै प्रदेशमा टिचिङ अस्पताल जस्तै मेडिकल कलेज, इन्जिनियरिङ कलेज, कृषि कलेज, र टेक्निकल कलेज स्थापनाको कुरा राज्यसँग माग गर्छौं । जहाँ गरीवका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था राज्यले प्रदान गरोस् हामी त्यो चाहन्छौं । हामी शिक्षामा भएको निजीकरण अन्त्य, दुव्र्यसनमुक्त शैक्षिक वातावरण, भ्रष्टाचारमुक्त शैक्षिक प्रशासन लगायतका एजेन्डाको कार्यान्वयन गराउन अगाडि बढ्छौं ।
  • स्ववियू निर्वाचनबाट संगठन कुन स्थानमा आउला ? देशभरीको अवस्था कस्तो देख्नुहुन्छ ?
हाम्रो संगठनका कमी, कमजोरी र समस्याहरु भर्खरै सम्पन्न महाधिवेशनको विधिबाट चिरफार गरेर सशक्त गराउने कामको थालनी गरीसकेका छौं । संगठनको अहिले अप्रेसन भएकोले सुस्त गतिमा हिड्दैछ, हामी छिट्टै फिजियोथेरापीद्वारा क्रियाशिल बनाउने अभियानमा लागिरहेका छौ । स्ववियू निर्वाचनमा नेविसंघको सबै भन्दा बढी वर्चस्व कायम रहन्छ । किनकि स्ववियू निर्वाचनको मुद्धा हाम्रो हो । हामी स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनबाटै संगठनमा नयाँ जीवन दिन खोजिरहेका छौं । स्ववियू निर्वाचनमा देशभरीकै संगठनको अवस्थालाई हेर्दा हामी बलियो रुपमा नै उपस्थित हुन सक्छौं भन्ने देखिएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies