Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

लागुऔषध धन्दामा पछिल्लो छ वर्षमा १५ हजार पक्राउ, पक्राउ पर्नेमा भारतीय अत्याधिक

\"Pakrau\"काठमाडौँ, २१ भदौ । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा यसको ओसारपसारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । सन् २०११ देखि २०१६ अगस्टसम्मको छ वर्षको नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा १५ हजार ४९६ जना लागुऔषध ओसारपसारमा संलग्न अपराधी पक्राउ परेका छन् । सन् २०११ मा दुई हजार एकसय ७४ जना, सन् २०१२ मा दुई हजार ६००, सन् २०१३ मा दुई हजार ६७३, सन् २०१४ मा दुई हजार ९१८, सन् २०१५ मा दुई हजार ६५६ र सन् २०१६ को अगस्ट अन्त्यसम्ममा दुई हजार चारसय ७५ जना व्यक्ति लागुऔषधको ओसारपसार र प्रयोगको क्रममा पक्राउ परेका थिए । सन् २०११ मा पक्राउ परेकामध्ये दुई हजार ६० पुरुष र ११४ महिला, सन् २०१२ मा दुई हजार ४६३ पुरुष र १३७ महिला, सन् २०१३ मा दुई हजार ५३८ पुरुष र १३५ महिला, सन् २०१४ मा दुई हजार ७६४ पुरुष र १५४ महिला, सन् २०१५ मा दुई हजार ५३३ पुरुष र १२३ महिला र सन् २०१६ को अगस्ट अन्त्यसम्ममा दुई हजार ३५८ पुरुष र ११७ महिला रहेका छन् । पछिल्लो आठ महिनाको तथ्याङ्कको अनुपात हेर्ने हो यो वर्ष सबैभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । यही क्रम जारी रहे यो वर्ष तीन हजार ३०० को सङ्ख्यामा पक्राउ पर्ने देखिन्छ । छ वर्षको यो अवधिमा गाँजा १४ हजार ८८१ किलो, चरेस १४ हजार ८८१, अफिम ७६ र हेरोइन ५२ किलोग्राम र कोकिन २८ किलोग्राम बरामद गरिएको छ । गाँजा र चरेसको स्थानीय बजार मूल्य करिब एक किलोग्रामको रु २५ हजार, अफिम एक किलोको रु दुई लाख, हेरोइन र कोकिन एक किलोको रु दुई करोड पर्ने बताइन्छ । भारतीयको सङ्ख्या पनि अत्यधिक छ वर्षको यो अवधिमा उल्लेख्य मात्रामा भारतीय नागरिक लागुऔषध ओसारपसारको क्रममा पक्राउ परेका छन् । यो अवधिमा ७२७ पुरुष र ३६ महिला गरी ७६३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सन् २०११ मा पुरुष १२६ र महिला ९ गरी १३५ जना, सन् २०१२ मा १७९ पुरुष र ८ महिला गरी १८७ जना, सन् २०१३ मा १२३ पुरुष र ६ महिला गरी १२९, सन् २०१४ मा १२७ पुरुष र ६ महिला गरी १३३, सन् २०१५ मा १०७ पुरुष र चार महिला गरी १११ जना र सन् २०१६ को अगस्ट मसान्तसम्ममा ६५ पुरुष र तीन महिला ६८ भारतीय पक्राउ परेका छन् । भारत बाहेकका तेस्रो मुलुकका ६७ पुरुष र १३ महिला गरी ८० जना विदेशी नागरिक यो अवधिमा नेपालमा पक्राउ परे । ‘ट्रान्जिट’ को रुपमा नेपाल अन्तर्राष्ट्रिय लागुऔषध तस्करले नेपाललाई तस्करीका लागि‘‘ट्रान्जिट’को रुपमा प्रयोग गर्ने गरेका छन् । ब्राजिल, पेरु लगायतका अमेरिकी महादेशीय राष्ट्रबाट नेपालमा कोकिन र हेरोइन आउने गरेको छ । तर ती कोकिन र हेरोइन नेपालमा प्रयोग हुने भन्दा पनि छिमेकी मुलुक भारत, चीन, थाइल्यान्ड, हङ्कङ, सिङ्गापुर, मलेसियालगायतका पूर्वी एसियाका मुलुकमा जाने गरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिए । ‘आइस ड्रग’ को रुपमा रहेको एम्फिटामाइन हङकङ, थाइल्यान्ड हुँदै ट्रान्जिटका रुपमा नेपाल ल्याइने बताइन्छ । धेरैजसो तस्करहरुले साधारण व्यक्तिलाई भरियाको रुपमा प्रयोग गर्दै ती मुलुकमा पठाउने गरेको भेटिएको छ । कोकिन, एम्फिटामाइन, हेरोइन जस्ता लागुऔषध धेरै नै महङ्गो हुने भएकाले नेपालमा सीमित घरानियाँ परिवारले मात्रै प्रयोग गर्ने गरेको बताइन्छ । नेपालको सन्दर्भमा गाँजा, चरेस जस्ता पदार्थ तथा नुरफिन, फेनारगन, डाइजापाम, बुफ्रिनोफाइनजस्ता औषधिजन्य लागुऔषधको प्रयोग बढी हुने गरेको ब्यूरो प्रमुख चन्दले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घ मातहतको एक संस्थाले गरेको एक अध्ययन अनुसार विश्वमा ३० करोड लागुऔषध दुव्र्यसनी छन् । त्यसैगरी वार्षिक तीन खर्ब ३२ अर्ब डलर बराबरको कारोबार हुने गर्छ । विश्वमा हतियार, लागुऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने तीन प्रमुख क्षेत्र हुन् । नेपाल सरकारले विसं २०६९ मा गरेको एक अध्ययन अनुसार ९१ हजार ५३४ दुव्र्यसनी रहेका छन् । यसमा पुरुष ८५ हजार २०४ र महिला ६ हजार ३३० छन् । प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कबाट देखिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies