Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

न रह्यो घर, न रहे घरमूली ! परिवार बिचल्लीमा

म्याग्दी, २१ भदौ । म्याग्दीको बेगखोला–६ की टमायाँ सिञ्जालीको आँखा अझै ओभाएका छैनन् । गत भदौ १७ गते राति बेगखोलमा आएको भीषण बाढीले घरसँगै आफ्ना श्रीमान् पूर्णप्रसादलाई बगाएपछि उनीहरु अहिले सहाराविहीन वनेका छन् । मध्यरातमा आएको बाढीको बारेमा स्थानीयवासीलाई सूचना दिएर परिवारलाई भगाएका पूर्णप्रसाद आफै घरभित्रका कागजात लिन जाने क्रममा बाढीले घर नै बगाएर बेपत्ता बनाएपछि बिचल्लीमा परेका बाँकी परिवार शोकमा डुबेका हुन् । ‘‘हामीलाई भगाएर बचाएँ तर आफैँ बाँच्न सकेनन्, केही दिन बाढीले बगाएको बगरमा खोजी ग¥र्यौं, तर उहाँको केही पत्तो लागेन, टमायाँले भनिन् ।” पूर्णप्रसादलाई बाढीले बगाएको दुई दिनपछि उनका छोरा र श्रीमती बाढीले बगाएको बस्ती नजिकै चिलाउनेखर्कमा बस्तुभाउ राख्दै आएको छाप्रोमा किरिया बसेका छन् । “ घर पनि बगायो, घरमूली पनि रहनुभएन, हामी उनकै भरमा पालिएका थियौँ, अब कसरी छोराछोरी पाल्नेरु ” टमायाँले गहभरी आँसु निकाल्दै भनिन् – “अन्यत्र कहीँ घर र राम्रो जग्गा जमिन नभएपछि गोठमा आएर उहाँको किरिया गर्न लागेका छौ। ” बुबाको किरिया बसेका २० वर्षीय डिलु अहिले अरुसँग केही बोल्नै नसक्ने भएका छन् । रातदिन उनी भीषण बाढीले घर र बुबालाई बगाएको सम्झँदै भक्कानिएर रुने गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उनीसँगै दुई बहिनीले पहिले नै पढाइ छाडेका थिए । अहिले कान्छी छोरीले ५ कक्षामा पढ्दै छिन् । आर्थिक अवस्थाले थेग्न नसकेपछि उनलाई पनि विद्यालय पठाउने कि नपाउने सिञ्जालीको परिवार अन्योलमा छ । “मेरो पनि स्वास्थ्य कमजोर छ, अर्काकोमा काम गर्न सक्दिनँ, श्रीमान्ले नै मजदुरी गरेर हामीलाई पाल्नुभएको थियो, अब के गर्ने केही सोच्नै सकेको छैन, टमयाँले थपिन् ।” “न घर न घरमूली १ सिञ्जाली परिवारको आर्थिक स्रोत पनि केही छैन, उनीहरुले अरुको काम गरेरै जीविका चलाएका थिए, अब बसोबासको व्यवस्था गर्न निकै समस्या भएको छ ।” नेपाल रेडक्रस सोसाइटी बेग उपशाखाका पूर्ण परियारले भने । बेगखोलामा आएको भीषण बाढीले त्यहाँका ११ घरसहित पूरै बस्ती बगाउनुका साथै गाविसका विभिन्न स्थानका थप चार घरमा पूर्ण क्षति पु¥याएको थियो । बेगखोलाको बाढीले घरबार विहीन बनेसँगै त्यहाँका बाढीपीडितलाई विभिन्न निकायबाट राहत जुटाउन सुरु गरिए पनि उनीहरुको स्थायी बसोबासको व्यवस्था भने हुन सकेको छैन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies