Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

उत्तर कोरीयाले गर्‍यो शक्तिशाली पारमाणविक बम परिक्षण

\"north_korea_ap\"सोल, २४ भदौ । उत्तर कोरियाले गरेको पाँचौं पारमाणविक बम परिक्षणको कडा शब्दमा दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हाईले निन्दा गर्नु भएको राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको छ । राष्ट्रपति पार्क हाल लाओसको औपचारिक भ्रमणमा हुनुहुन्छ । लाओसको राजधानी भिएनटिएनमा पूर्वी एसियाली राष्ट्रहरुको शिखर सम्मेलन (इएएस) मा भाग लिने क्रममा त्यहाँ रहनु भएकी पार्कले यसै वर्ष भित्र उत्तर कोरियाले गरेको यो दोस्रो पटकको पारमाणविक बम परिक्षण भएको बताउनु भएको छ । यसअघि गत जनवरीमा पनि उत्तर कोरियाले यस्तै परिक्षण गरेको र संख्याका हिसाबले त्यस परीक्षण चौथो पटकको थियो । उत्तर कोरियाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदका संकल्प प्रस्तावको बारम्बार अवहेलना र उल्लङ्घन गर्दै अन्तर्राष्ट्रिय जगतलाई सशक्त चुनौति दिइ रहेको पनि राष्ट्रपति पार्कले आरोप लगाउनु भयो । उत्तर कोरियाले पुङग्येरी स्थित आफ्नो प्रमुख परीक्षण केन्द्रबाट शुक्रबार बिहान गरेको पारमाणविक शक्ति परीक्षण पाँचौं पटकको भएको दाबी गरिएको छ । सोलको सैनिक स्रोतका अनुसार यस परीक्षणको क्रममा पुङग्येरी क्षेत्र वरीपरी टाढासम्म ५.० रिक्टर स्केलको कृत्रिम भूकम्पको महसूस गरिएको थियो । उत्तर कोरियाले गरेको यस पारमाणविक परिक्षणले ल्याएको ५.० रिक्टर स्केलको कम्पनले १० हजार टन सम्मको विस्फोटन शक्ति उत्पन्न गर्ने दाबी दक्षिण कोरियाले गरेको छ । यसअघि चौथो पटकमा गरिएको परीक्षणमा ६ हजार टन सम्मको विस्फोटन शक्ति उत्पन्न भएको अनुमान गरिएको थियो । यस परमाणु बम परीक्षणपछि उत्तर कोरियामाथि द्विपक्षीय र बहूपक्षीय थप कडा प्रतिवन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायको सहयोगमा संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषदसँग आफ्नो सरकारले जोडदार आग्रह गर्ने राष्ट्रपति गेयुनले बताउनु भएको छ । संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषद तथा विश्वका शक्तिशाली राष्ट्रहरुले दवाव बढाएमा प्योङगयाङगले आफ्ना आणविक उत्पादन तथा परीक्षण त्याग गर्न बाध्य हुने विश्वास राष्ट्रपति गेयुनले लिनु भएको छ । यता उत्तर कोरियाले भने शुक्रबार गरेको परमाणु परीक्षणको पुष्टि गरेको छैन । उत्तर कोरियाले यसअघि सन् २००६, २००९, २०१३ र यसै बर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परिक्षण गरिसकेको छ । उत्तर कोरियाले गत सोमबार पनि आफ्नो पूर्वी सामुन्द्रिक तट बाहिर तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको थियो । उत्तर कोरियाको ह्वाङ्जु ग्रामीणक्षेत्रबाट जापानी सागर (सि अफ जापान)मा लगातार उक्त तीनवटै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ताले बताएका थिए । दुई हप्ता जति अघि अर्थात् अगस्ट २४ का दिन उत्तर कोरियाले पनडुब्बी जहाजबाट प्रहार गर्न सकिने ५०० किलो मिटर प्रहार क्षमता दूरी भएको क्षेप्यास्त्र यसैगरी परीक्षण गरेको थियो । गत सोमबार पनि जी–२० राष्ट्रहरुको शिखर सम्मेलन जारी रहेकै बखत् फुर्सदको समयमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाइ र चीनका राष्ट्रपति सि जिनपिङ्गका बीच भेटघाट र अनौपचारिक छलफल भएको केही घन्टामै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्नुभनेको आफ्ना छिमेकी मुलुकलाई तर्साउन सकिन्छ कि भन्ने कुनियत प्रदर्शन गर्नु हो दक्षिण कोरियाको दाबी रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies