Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

३० दलीय मोर्चालार्इ सरकारी कार्यलयलकाे वेवास्ता

उदयपुर, जिल्लामा रहेका विपक्षी ३० दलीय मोर्चालाई जिल्ला विकास समिति उदयपुर लगायतका सरकारी कार्यालयले वेवास्ता गर्दै गएको छ । सरकारी कार्यालयका जुनसुकै दलीय कार्याक्रमहरुमा विपक्षीलाई पछिल्लो समयमा वेवास्ता गर्दै गएको विपक्षी मोर्चाका नेताहरुले मुलुकीको कुराकानीमा बताएका छन् । मोर्चाका नेताहरुको भनाईमा सरकारी कार्यालयका दलीय कार्यक्रमहरुमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली काङग्रेसका प्रतिनिधिहरुलाई मात्र बोलाउने गरेका छन् । एक नेताको भनाईमा कुनै पनि दलीय निर्णय गर्नु पर्ने विषमा काङग्रेस र एमालेका प्रतिनिध बोलाई माईनोटमा सही गर्नलाई मात्र मोर्चाका प्रतिनिधिहरुलाई कार्यलयका प्रमुखहरुले बोलाउने गरेका छन् । गएको मंगलबार मुलुकी दैनिकको टेलिफोन कुराकानीमा सरकारी कार्यालयका प्रमुख र कर्मचारी मनोमानी रुपमा चल्दै गएको मोर्चाका नेताहरु बताउँछन्  । मोर्चाको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष भिमबहादुर अधिकारी(अनिल) ले कुराकानीको क्रममा कर्मचारी शक्तिको पुजारी हुन तर, बढीनै शक्तिको पुजारी हुन थालेको बताए । सरकारी कार्यालयका कर्मचारीको व्यवाहार वदलिदै गएको बताउँदै सवैभन्दा मोर्चालाई जिविसले वाईपास गर्न लगेको अधिकारीले बताए । अधिकारीका अनुसार आन्दोलनमा रहेका पार्टीहरुलाई ख्याल ख्याल गर्न हुँदैन तर, मोर्चाका नेताहरुलाई हेर्ने दृष्टीकोण त्यस्तै देखिएको छ । उनको भनाईमा कर्मचारी भनेको सवैनै सवैका साझा हुन । त्यसैगरी जिल्लामा रहेको ठूलो रुपमा रहेको विपक्षी मोर्चामा आवद्ध संघीय समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष सिद्धान्त राईले स्थानीय विकास अधिकारी (एडिओ) गोपाल पोखरेल र अहिलेका पिताम्वर अधिकारीबीच धेरै भिन्नता रहेको बताए । उनले जिल्लालाई सुहाउँदो र सम्झदारी एलडिओ गोपालनै भएको भन्दै विपक्षी मोर्चाका नेताहरुलाई सरकारी कार्यालयले फरक व्यावहार देखउन थालेको जानकारी दिए । गोपाल प्रसादको कार्यकालमा जुनसुकै विषमा सम्मानजनक रुपमा विवाद रहित ढंगले काम हुन्थ्यो तर पिताम्वरले सत्ताको आडमा काम गर्ने गरेको राईको अनुमान छ । यसरी जिल्ला विकासको काम कारवाहीको बारेमा विपक्षी मोर्चाले मात्र गुनासो गरेका छैनन । मुलुकीको गोप्य कुराकानीमा एलडिओ पिताम्वरबाट मोर्चामा आवद्ध दलाका कर्मचारी संगठनका कर्मचारीलाई समेत विभिन्न समयमा धाक धम्की समेत आउने गरेको छ । एक जना नाम नबताउने जिविसका कर्मचारीले एलडिओसाव काङग्रेस निकट भएकाले एमाओवादी लगायतका विपक्षी मोर्चामा  आस्था राख्ने कर्मचारीले गाली खानु परेको छ । उनले नाम बताए आफुलाई समस्या पर्ने भन्दै एमाले र काङग्रेसका कर्मचारीले एमाओवादी, ससपा, लगायतका पार्टीका छाप लागेका जनता भए जनताकै सेवा ठप्पा पार्ने ठोकुवा गरे । यसै सन्र्दभमा एलडिओ अधिकारीले मोर्चामा आवद्ध दलले वा अन्य दलले जस्तोसकुकै आरोप लगाए पनि आपूmले सवैसँग मिलेरै काम गरेका बताए । जिविससँग आवद्ध गाँउ विकास समितिका सचिवलाई गाँउ फर्काएकोले सचिवहरु असन्तुष्टी भन्दै उनले को सत्ता पक्ष र विपक्षी कसैलाई पनि भेदभाव नगरेको एलडिओ अधिकारीको भनाई छ । उनले जिविसको दलीय कार्यक्रममा जिल्ला सवै दल तथा सरोकारवालकोबीच छलफल गरेर गर्ने गरेको जानकारी दिए । केही दिन अगाडि मात्र ३० र ३३ दलीय मोर्चाको तर्फबाट सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्ति र शिक्षा कार्यलयले मानोमानी रुपमा काम गरेको आरोप लगाएका थिए । जिल्लाका ३० दलीय मोर्चाका संयोजक राजन किराती बासुले अहिले शिक्षा कार्यालयले अनौपचारिक रुपमा वर्ता गरिरहेको जानकारी दिदैँ आन्दोलनरत दललाई फरकपन देखाउन संयोजक किरातीको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending