Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

३० दलीय मोर्चालार्इ सरकारी कार्यलयलकाे वेवास्ता

उदयपुर, जिल्लामा रहेका विपक्षी ३० दलीय मोर्चालाई जिल्ला विकास समिति उदयपुर लगायतका सरकारी कार्यालयले वेवास्ता गर्दै गएको छ । सरकारी कार्यालयका जुनसुकै दलीय कार्याक्रमहरुमा विपक्षीलाई पछिल्लो समयमा वेवास्ता गर्दै गएको विपक्षी मोर्चाका नेताहरुले मुलुकीको कुराकानीमा बताएका छन् । मोर्चाका नेताहरुको भनाईमा सरकारी कार्यालयका दलीय कार्यक्रमहरुमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली काङग्रेसका प्रतिनिधिहरुलाई मात्र बोलाउने गरेका छन् । एक नेताको भनाईमा कुनै पनि दलीय निर्णय गर्नु पर्ने विषमा काङग्रेस र एमालेका प्रतिनिध बोलाई माईनोटमा सही गर्नलाई मात्र मोर्चाका प्रतिनिधिहरुलाई कार्यलयका प्रमुखहरुले बोलाउने गरेका छन् । गएको मंगलबार मुलुकी दैनिकको टेलिफोन कुराकानीमा सरकारी कार्यालयका प्रमुख र कर्मचारी मनोमानी रुपमा चल्दै गएको मोर्चाका नेताहरु बताउँछन्  । मोर्चाको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष भिमबहादुर अधिकारी(अनिल) ले कुराकानीको क्रममा कर्मचारी शक्तिको पुजारी हुन तर, बढीनै शक्तिको पुजारी हुन थालेको बताए । सरकारी कार्यालयका कर्मचारीको व्यवाहार वदलिदै गएको बताउँदै सवैभन्दा मोर्चालाई जिविसले वाईपास गर्न लगेको अधिकारीले बताए । अधिकारीका अनुसार आन्दोलनमा रहेका पार्टीहरुलाई ख्याल ख्याल गर्न हुँदैन तर, मोर्चाका नेताहरुलाई हेर्ने दृष्टीकोण त्यस्तै देखिएको छ । उनको भनाईमा कर्मचारी भनेको सवैनै सवैका साझा हुन । त्यसैगरी जिल्लामा रहेको ठूलो रुपमा रहेको विपक्षी मोर्चामा आवद्ध संघीय समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष सिद्धान्त राईले स्थानीय विकास अधिकारी (एडिओ) गोपाल पोखरेल र अहिलेका पिताम्वर अधिकारीबीच धेरै भिन्नता रहेको बताए । उनले जिल्लालाई सुहाउँदो र सम्झदारी एलडिओ गोपालनै भएको भन्दै विपक्षी मोर्चाका नेताहरुलाई सरकारी कार्यालयले फरक व्यावहार देखउन थालेको जानकारी दिए । गोपाल प्रसादको कार्यकालमा जुनसुकै विषमा सम्मानजनक रुपमा विवाद रहित ढंगले काम हुन्थ्यो तर पिताम्वरले सत्ताको आडमा काम गर्ने गरेको राईको अनुमान छ । यसरी जिल्ला विकासको काम कारवाहीको बारेमा विपक्षी मोर्चाले मात्र गुनासो गरेका छैनन । मुलुकीको गोप्य कुराकानीमा एलडिओ पिताम्वरबाट मोर्चामा आवद्ध दलाका कर्मचारी संगठनका कर्मचारीलाई समेत विभिन्न समयमा धाक धम्की समेत आउने गरेको छ । एक जना नाम नबताउने जिविसका कर्मचारीले एलडिओसाव काङग्रेस निकट भएकाले एमाओवादी लगायतका विपक्षी मोर्चामा  आस्था राख्ने कर्मचारीले गाली खानु परेको छ । उनले नाम बताए आफुलाई समस्या पर्ने भन्दै एमाले र काङग्रेसका कर्मचारीले एमाओवादी, ससपा, लगायतका पार्टीका छाप लागेका जनता भए जनताकै सेवा ठप्पा पार्ने ठोकुवा गरे । यसै सन्र्दभमा एलडिओ अधिकारीले मोर्चामा आवद्ध दलले वा अन्य दलले जस्तोसकुकै आरोप लगाए पनि आपूmले सवैसँग मिलेरै काम गरेका बताए । जिविससँग आवद्ध गाँउ विकास समितिका सचिवलाई गाँउ फर्काएकोले सचिवहरु असन्तुष्टी भन्दै उनले को सत्ता पक्ष र विपक्षी कसैलाई पनि भेदभाव नगरेको एलडिओ अधिकारीको भनाई छ । उनले जिविसको दलीय कार्यक्रममा जिल्ला सवै दल तथा सरोकारवालकोबीच छलफल गरेर गर्ने गरेको जानकारी दिए । केही दिन अगाडि मात्र ३० र ३३ दलीय मोर्चाको तर्फबाट सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्ति र शिक्षा कार्यलयले मानोमानी रुपमा काम गरेको आरोप लगाएका थिए । जिल्लाका ३० दलीय मोर्चाका संयोजक राजन किराती बासुले अहिले शिक्षा कार्यालयले अनौपचारिक रुपमा वर्ता गरिरहेको जानकारी दिदैँ आन्दोलनरत दललाई फरकपन देखाउन संयोजक किरातीको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE