Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

बलि प्रथाः शास्त्र सम्मत कि विरुद्ध ?

\"bali-gadhimai\"काठमाडौंं, २१ असोज । पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने बलिको विपक्षमा रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन् । दशैंको मुख्य दिन नजिकिँदै जाँदा यसरी पशु बलिको पक्ष र विपक्षमा तर्क गर्ने क्रम बढेको छ । गृहस्थाश्रममा बसेर सुख सुविधा भोग गर्नेले अनिवार्य बलि दिनुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । “राज्य सञ्चालनका लागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्तिको आवश्यकता पर्छ, यी शक्ति प्राप्तिका लागि राज्यले दुर्गा यज्ञका बेलामा अनिवार्य बलि दिनुपर्छ, प्रभुशक्ति राज्यको कोषवृद्धिसँग सम्बन्धित छ, राज्यमा राम्रो नीति निर्धारणका लागि मन्त्रशक्तिको आवश्यकता पर्छ, राज्यको रक्षा गर्ने सेना र प्रहरीको उत्साह बढाउन उत्साहशक्ति बढाइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ”–उनले भने । दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्छ । दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलि प्रथाको सुरुवात् भएको प्रा डा गौतमले बताए । महाकाली शक्तिकी अधिष्ठात्रीदेवी भएकाले बलिको आवश्यकता पर्ने शास्त्रीय मान्यता भएको एकथरि धर्मशास्त्रविद्को भनाइ छ । राज्य सञ्चालन गर्ने क्षत्रीयमा बलि दिनैपर्ने मान्यता छ । बलि पनि तीन प्रकारका हुन्छन् । सात्विक बलि, राजस बलि र तामस बलि । चन्दन, अक्षता, फूल, अघ्र्य, पञ्चामृत र पायसले पूजा गर्ने विधिलाई सात्विक बलि भनिन्छ । सात्विकका साथै पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बलि भनिन्छ । सात्विक र राजस दुबै विधिसहित रक्सीसमेत चढाएर गरिने पूजा विधिलाई तामस बलि भनिन्छ । गुह्येश्वरी मन्दिरमा तामस विधिबाट बलि दिने परम्परा छ । पशुबलि दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर सङ्कल्प र प्रार्थना गरी दिने विधि छ । मासु नखाने (शाकाहारी) ले पनि बलि दिएर सुँघेर छोड्ने परम्परा समेत छ । केही वर्षअघि शाकाहारी अग्निहोत्री तीर्थराज आचार्यले पशुपति मन्दिर परिसरमा सोमयोग यज्ञ गर्दा बोकाको बलि दिई सुँघेर छोडिदिनुभएको घटना धर्मशास्त्रविद् प्रा डा गौतमको स्मरणमा अझै ताजा छ । अहिले नेपालमा चलेको तन्त्र र वैदिक मिश्रित विधि भएकाले शक्तिपीठमा बलि दिनुपर्छ भन्ने मान्यता प्रबल छ । पशु अविवेकशील प्राणी हो, उसले मुक्तिको चाहना गरेको हुन्छ । विवेकशील प्राणी मानवले मुक्ति पाउन तीर्थ, व्रत, दान, धर्म, उपकार अनेक साधना गर्नसक्छ तर अविवेकशील प्राणीलाई विधिपूर्वक बलि नदिने हो भने कहिल्यै मुक्त हुन नसक्ने धार्मिक विश्वास छ । “अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बलि दिनुपर्छ, मुक्त हुनका लागि बलि हुन पाउनु पशुको अहोभाग्य हो, अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नुहुँदैन, विकृति रोक्नुपर्छ”– प्रा डा गौतमले भने । कालिका पुराणमा भनिएको छ – यज्ञार्थे बलयः सृष्टाः स्वयमेव स्वयम्भुवा । अतस्त्वां घातयान्येद्य तस्माद्यज्ञे बधोऽबधः ।। अर्थात, पशुलाई बलि यज्ञका लागि सृष्टिकर्ता ब्रह्माले सृष्टि गरेका हुन् । म तिमी पशुलाई छेदन गर्छु, यो तिमीलाई बध गरेको होइन । बलि अघि शस्त्र अस्त्रको पूजा गरी राम्रोसँग छेदन गर्नुपर्छ भन्ने मान्यता छ । पूर्व नायब बडा गुरुज्यू एवम् राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराई पशुबलिको विरोध गर्ने हो भने गाउँ टोलदेखि शाकाहारी अभियान चलाउनुपर्ने बताउँछन् । “३६५ दिन गाउँ सहरमा काटिने पशुको विरोध नगर्ने तर दशैं र मठ मन्दिरमा विधिपूर्वक गरिने पशुबलिको विरोध गर्नु संस्कृतिमाथिको आक्रमण हो, म जन्मसिद्ध शाकाहारी हुँ, तर पशुबलि शास्त्रसम्मत छ”– उनले भने । हजारौँ वर्ष अघिदेखि बलि प्रथा चलेको हो । देवपूजा, पितृपूजा र विशिष्ट अतिथिको सत्कार गरी तीन सन्दर्भमा बलि दिने परम्परा चल्दै आएको हो । शास्त्रमा जहाँ बलिको प्रशङ्ग छ, त्यहाँ मासु नखानु राम्रो भनिएको छ । खाने हो भने देवता र पितृलाई चढाएर खाए दोष लाग्दैन भनी उल्लेख गरिएको उनले बताए । ‘देवान् पितृन् समभ्यच्र्य खादन् मांसम् न दोषवाक’ भरसक काटमार नगर्नु, मासु नखानु महा फलदायक हुन्छ तर मानिसको प्रवृत्ति मासु खाने हुनेभएकाले विधिपूर्वक बलि दिएर चढाएर खाने शास्त्रीय व्यवस्था भएको हो । बलिप्रथाको विरोधमा अभियान चलाइरहनुभएका संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डन शास्त्रले बलि प्रथालाई हटाउनुपर्छ भन्ने मान्यतालाई प्रोत्साहन दिएको बताउँछन् । “मानिसमा हुने बोकाको जस्तो काम भावना, भेँडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य र मानिसमै हुने मदजस्ता पशुतालाई बलि दिने भनिएको हो, पशुलाई होइन, राणा र राजाको दरबारमा बलि प्रथाको साक्षी बसेकाले बलिलाई शास्त्रसम्मत भनी व्याख्या गरिरहेका छन्” – उनले भने । बलि प्रथाका नाममा धर्म निरपेक्ष राज्यले निर्दोष पशु बलि दिनु नहुने डा टण्डनको भनाइ छ । बलि प्रथाविरुद्ध अभियान सुरु भएपछि हाल बजारमा खसीबोका भन्दा नरिवलको सङ्ख्या बढेको देखिन्छ । पशु बलि यथावत् रहे पशुसँग भन्दा मानिससँग डराउनुपर्ने अवस्था आउने भएकाले वर्षभर पशुबलिविरुद्धको अभियान चलाइएको संयोजक विकेश श्रेष्ठले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending