Ntc summer Offer
Khabar Dabali ९ माघ २०८१ बुधबार | 22nd January, 2025 Wed
Investment bank

यस्तो छ प्रधानमन्त्री प्रचण्डको दशैं योजना

\"prachand-puspa-kamal-dahal-750\" काठमाण्डौ, २४ असोज । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटक पनि दशैंमा टिका टालो नगर्ने भएका छन । प्रधानमन्त्री पारिवारीक श्रोतका अनुसार कम्यूनिष्टको कुनै धर्म नहुने मान्यता भएकाले उनी दशैंलाई टीका जमरा लगाएर मनाउँदैनन । प्रधानमन्त्री प्रचण्ड पत्नि सीता दहालले आइतबार खबरडबलीसँग भनिन – ‘हामीहरु पुजा आजा गरेर,तामझामका साथ दशैं मनाउदैनौं ।’ उनले भनिन– ‘दशैं,तिहार,छट,जस्ता चाडपर्वहरुले नेपालको सांस्कृतिक पहिचान दिउँछ, तर चाडपर्वको नाममा कम्यूनिष्टहरुको कुनै धर्म नहुने भएको हुदा हामी धार्मिक संस्कार अनुसार दशैं मनाउदैनौ । दशैंलाई एउटा सामाजिक सद्भाव र सहिष्णुता बृद्धि गर्ने पर्वका रुपमा मात्र शुभकामना आदान प्रदान गरेर मनाउँने सोचेका छौ ।’ हुन त प्रधानमन्त्री प्रचण्ड जब पार्टीको राजतीतिमा संक्रिय भए, त्यसबेलादेखिनै दशैं तिहार जस्ता धार्मिक पर्वहरुलाई मनाएका छैनन । उनले धार्मिक चाडपर्वका बेला टीका टालो गर्ने भन्दा अरु महत्वपूर्ण काम गरेर त्यो दिनको समय सदुपयोग गर्दै आएको देखिन्छ । उनले धार्मिक पर्वहरुलाई फरक ढंगले खोजेको देखिन्छ । यो पटकको दशैंमा पनि प्रचण्डले धार्मिक पर्वलाई सामाजिक सद्भावका लागि शुभकामना आदान प्रदान गर्ने र सबै संम्प्रदायको सम्मान गर्ने बाहेक अरु विशेष टीकाको कार्यक्रम राखेका छैनन् । प्रधानमन्त्री प्रचण्डका स्वीकीय सचिव समेत रहेका उनका पुत्र प्रकाश दहालले खबरडबलीसँग फोनमा कुरा गर्दै भने–‘उहाँले २०३५ साल तिर जब भुमिगत जिवनमा प्रवेश गर्नु भयो त्यस यता धार्मिक मान्यतालाई भन्दा पर्वहरुमा सामाजिक सद्भाव बढाउने अवसरकाहरुमा सामान्य ढंगले मनाउने गरेका छन । यसपटकको दशैंमा पनि टीका जमारा गर्ने,धार्मिक मान्यता अनुसार पुजाअर्चना गर्ने कुनै योजना बनेको छैन ।’ प्रकाश दहालले भने–‘कम्यूनिष्टहरुले साझा धार्मिक मान्यता राख्नु पर्ने र देशको प्रधानमन्त्रीले राष्टका सबै धार्मिक,सामाजिक,सास्कृतिक पर्वहरुलाई समान महत्व दिनुपर्ने भएकाले उहाँले दशैमा नागरिकहरुलाई शुभकामना दिनुभएको छ । टीका लगाउने कार्यक्रम तय गरिएको छैन ।’ एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकोबेला उनले सर्वसाधरण नागरिकहरुलाई दशैंको टीका जमरा र आर्शिष दिएका थिए तर प्रधानमन्त्री प्रचण्डले भने त्यसलाई निरन्तरता नदिने भएका छन ।

दशैंको फुर्सदमा के छ, प्रचण्डको योजना ?

  प्रधानमन्त्री प्रचण्डले दशैंमा जनतालाई जम्मा गरेर टीका टालो,जमरा र आर्शिष दिने काम नगरेपनि यति बेला राजनीतिक भेटघाट र छलफल नहुने भएकाले फुर्सदको मौकालाई महत्वपूर्ण काममा प्रयोग गर्ने योजना बनाएको प्रकाश दहालले बताएका छन । प्रचण्ड पुत्र प्रकाशका अनुसार उनले दशैंको फुर्सदलाई मुलुकको राष्टिय निकासका लागि प्रयोग गर्ने योजना बनाएका छन । उनले दशैंको फर्सदमा मुलुकको राष्ट्रिय समस्या,त्यसको निकास र सम्भावना बारे एकान्तमा बसेर आफ्नो प्रधानमन्त्री कालका लागि महत्वपूर्ण कार्यगत योजना बनाउने छन । त्यसका साथै दशैं अवधिभरी प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्ने योजना आफ्ना निकटतम सहकर्मिहरुसँग बताएकोले उनका लागि केहि महत्वपूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रि पुस्तकहरु समेत खरिद गरिसकिएको छ । पार्टी शान्ति प्रकृयामा सामेल भएर सरकारको नेतृत्व गरिरहदा पनि युद्धकालिन मुद्धा र शान्तिप्रकृयाको पुर्णताको काम नभएको भन्दै पार्टी भित्र र बाहिर बाट समेत समय समयमा प्रधानमन्त्रीको आलोचना हुने गरेको छ । पार्टी भित्रको बढ्दो असन्तुष्टि पछि हिजोको माओवादी विभिन्न धारमा विभाजन समेत हुन पुग्यो । तर प्रचण्डले नेतृत्व गरेको आजको माओवादी केन्द्र सरकारको नेतृत्व गरिरहेको छ । स्वयम् प्रचण्ड प्रधानमन्त्री भएको बेला उनले कसरी मुलुकको समग्र समस्याको समाधान गर्न सकिन्छ ? हिजोका राजनीतिक मुद्धाहरुको कसरी कार्यान्वयन गर्न सकिन्छ ? शान्तिप्रकृया पछिको कार्यभारको व्यवस्थापन कसरी गर्ने ? भन्ने विषयमा चिन्ता गर्दै त्यसको निकास खोजि रहेको उनी निकटहरु बताउँछन ।

दशैंमा कस्ता पुस्तक पढ्दैछन प्रण्चड ?

प्रधानमन्त्री प्रचण्डले दशैंको फुर्सदमा महत्वपूर्ण पुस्तक पढेर बस्ने योजना बनाएका छन । उनले खास गरि हिजोका राजनीतिक मुद्धाहरुको पुर्न अध्ययन गर्ने छन । पार्टीको पछिल्लो कार्यनीति र त्यसको कार्यान्वयनको समिक्षा गर्दै आफ्नो प्रधानमन्त्री कालमै धेरै समस्याहरुको समाधानका लागि व्यक्तिगत धारणा वा कार्ययोजना समेत विकास गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले दशैंको बेला युद्ध,क्रान्ति र शान्तिप्रकृया सम्बन्धि केहि पुस्तकहरुको अध्ययन गर्ने छन । त्यसका साथै उनले युद्धपछि शान्ति प्रकृयाको उचित व्यावस्थापन गरि मुलुकको समग्र विकास गरेका देशहरुको बारेमा लेखिएका लेख,रचना वा पुस्तकहरु अध्ययन गर्ने योजना बनाएका छन । प्रधानमन्त्री प्रचण्डले दशैंको अवसरलाई पुस्तक अध्ययन गरि मुलुको राष्ट्रिय निकासको सूत्र पहिल्याउन प्रयोग गर्ने सोच बनाएको उनी निकटहरु बताउँछन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy