Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सबै मानिस शाकाहारी भए कस्तो होला संसार ?

[caption id=\"attachment_96411\" align=\"aligncenter\" width=\"750\"]\"फार्इल फार्इल तस्वीर[/caption] काठमाडौं, २५ असोज । कुनै पनि मानिसले के खाने वा के नखाने भन्ने कुरा उसको रुचीको विषय हो । कोही मानिस शाकाहारी हुन्छन् त कोही मानिस मांशाहारी । जो मानिस शाकाहारी हुन्छन् उनीहरुले चाहन्छन् कि सारा दुनिया शाकाहारी होस् । यदि कोही मानिस शाकाहारी हुन्छ त ऊ आफ्नै कारणले शाकाहारी भएको हुन्छ । कतिपय मानिसहरु जनावरले पाएको दुख देखेर पीडा हुन्छ र शाकाहारी हुन्छन् । कोही मानिस आफ्नो रहन सहन बदल्नका लागि शाकाहारी हुन्छन् । शाकाहारी हुनुको उनीहरुको आफ्नो तर्क हुन्छ । तर के सारा दुनिया शाकाहारी हुन सम्भव छ,पहिलो कुरा के भने यो सम्भव नै छैन । र दोश्रो कुरा यदि यसो भैहाल्यो भनेपनि त्यो निकै हानिकारक हुन्छ । कोलम्बियामा इन्टरनेसनल सेन्टर फर ट्रपिकल एग्रिकल्चरमा काम गर्ने एन्ड्रयू जर्बिसका अनुसार विकशित देशमा शाकाहारी हुनुका धेरै फाइदा हुन्छन् । यो पर्यावरण र स्वास्थ्य दुबैका लागि फाइदाजनक हुन्छ । तर विकाशशी देशमा यो गरिबीलाई बढाउने कारक बन्न सक्दछ । यदि पूरै विश्वबाट रातारात मासु खाने मानिसहरुलाई हटाइयो भने के होला रु यस विषयमा जर्बिस र अरु जानकारहरु धेरैखाले तर्क दिन्छन् । उनका अनुसार हाम्रो खाना खाने आदतले हाम्रो माहौलमा असर पार्दछ । तर मानिसहरुले यसलाई गम्भीरतापूर्वक लिँदैनन् । उदाहरणका लागि अमरिकामा चारजना सदस्यहरुको एक मांशाहारी परिवारले दुइवटा कारले भन्दा पनि धेरै हरितगृह ग्यास उत्सर्जन गर्दछ । तर जब विश्व उष्ण्िाकरणको कुरा आउँछ त केवल कारहरुले फ्याँक्ने धुवाँको मात्रै कुरा गरिन्छ । मासु खाने मानिसहरुको होइन । जसका कारण हरितगृह ग्यास उत्सर्जन बढिरहेको छ । बेलायतका खाद्य सुरक्षा विज्ञ टिम बेन्टन पनि हाम्रो खाने आदतले हाम्रो माहौलमा असर पार्ने बताउँछन् । तर यसमा कसैको पनि ध्यान जाँदैन । यदि विश्वमा अहिले सबै मांशाहारीले मासु खान बन्द गर्ने त होइन मासुको खपत कम गर्ने हो भनेपनि यसले निकै सकारात्मक नतिजा दिन्छ । अक्सफोर्ड मार्टिन स्कूलका मार्को स्प्रिंगम्यानका अनुसार यदि केवल रेड मिटलाई हटाइदिने हो भनेपनि खानाबाट निस्किने ग्रिन हाउस ग्यासमा ६० प्रतिशतले कमी आउँछ । यदि सन् २०५० सम्ममा सबै मानिसहरु शाकाहारी भए भनेमात्रै पनि यसमा ७० प्रतिशतले कमी आउनेछ । स्प्रिंगम्यानका अनुसार विश्वका सबै मानिसहरु शाकाहारी हुने भन्ने कुरा एउटा कल्पना मात्रै हो । तर यसमा कुनै शंका छैन की भविष्यमा खानपानबाट पैदा हुने हरित गृह ग्यास चिन्ताको एउटा मुख्य विषय बन्ने पक्का छ । विश्वमा मांशाहारीहरुका लागि ठूलो परिमाणमा जनावरहरु पालिन्छ । जसका लागि पर्याप्त मात्रामा जग्गाको आवश्यकता पर्दछ । एक अनुमान अनुसार विश्वमा बाह्र अर्ब एक्कड जमिन कृषिकार्य र त्यससँग सम्बन्धित कामका लागि प्रयोग गरिन्छ । यसको ६८ प्रतिशत भाग जनावरहरुका लागि प्रयोग हुन्छ । त्यसैले यदि सबै मानिस शाकाहारी भए भने ८० प्रतिशत जमिन चरिचरन तथा जंगल बन्नेछ । यो अवस्थामा कार्वनडाइअक्साइडको मात्रामा कम हुनेछ र जलवायु परिवर्तनको समस्या समाधानमा समेत सहयोग मिल्नेछ । ेबचेको १० देखि २० प्रतिशत जमिन खाद्यपदार्थ उब्जाउनमा प्रयोग गर्न सकिनेछ । अहिले जति जमिनमा खेतिपाती भैरहेको छ त्यसको एक तिहाइ हिस्सा त जनावरहरुको लागि घाँस तथा दाना उत्पादनमा खर्च भैरहेको छ । पर्यावरण राम्रो बनाउन तथा खेतीका लागि लायक जमिन तयार गर्नका लागि ठूलो परिमाणमा योजना तथा पूँजीको आवश्यकता पर्दछ । साथै चरिचरनका लागि उपलब्ध जमिनलाई खेतीका लागि लायक बनाउन समेत निकै मेहेनत गर्नुपर्छ । यसमा ठूलो रकमको आवश्यकता पर्दछ । विश्वमा मासु खाने मानिसहरुको कमी छैन । त्यसैले यसको कारोबार पनि ठूलो परिमाणमा हुने गरेको छ । क्याम्ब्रिज विश्वविद्यालयका बेन फालानका अनुसार विश्वमा साढे ३ अर्ब जनावर काटमारका लागि उपलब्ध छन् । त्यस्तै १० अर्ब भन्दा बढि कुखुरा छन् । उत्तिकै संख्यामा यी जनावर मासुका लागि काटिन्छ । एकछिन सोँच्नुहोस् त यति ठूलो संख्यामा जनावर तथा चराहरु पाल्न, काट्न तथा मासु आपूर्ति लगायतमा कति धेरै मानिस खटिएका होलान् । एडिनवर्ग विश्वविद्यालयका पिटर एलेक्जेन्डरका अनुसार मासुको कारोबारमा संलगन मानिसहरुलाई नयाँ रोजगारी सिर्जना गर्नु आवश्यक छ । तबमात्र हामी विश्वलाई मांशाहारीबाट शाकाहारी बनाउनेतर्फ अघि बढ्न सक्छौँ । यदि यसो गरिएन भने ठूलो मात्रामा बेरोजगारीको संकट पैदा हुन्छ । सबैभन्दा पहिले यो बुझ्नुपर्छ की उनीहरु जनावरको पालन गर्नुका साथसाथ पर्यावरणका लागि कस्तो सहयोग गर्न सक्दछन् । उनीहरु आफ्ना जनावरका लागि जुन दानाको प्रयोग गर्छन्, त्यसबाट कसरी बायो इनर्जी उत्पादन गर्न सकिन्छ । अर्थात् चरन क्षेत्रलाई कसरी राम्रो बनाएर पर्यावरणलाई बचाउन सकिन्छ । यसले उनीहरुलाई रोजगारीको अर्को अवसर प्राप्त हुन्छ भन्ने कुरा उनीहरुलाई बुझाउन सक्नुपर्दछ । विश्वको कुल जमिनको एक तिहाइ हिस्सा पूर्ण रुपमा वा आंशिक रुपमा बाँझो रहेको छ । त्यस्तो जमिनलाई जनावर चराउने काममा मात्र प्रयोगमा ल्याउन सकिन्छ । यस्ता बाँझो जमिनलाई खेतीका लागि उपयुक्त बनाउने कोसिस कतिपय अप्रिmकी देशहरुले गरेका छन् । तर यस्तो हुन सकेको छैन । शोधकर्ता बेन फालानका अनुसार विश्वमा धेरै यस्ता ठाउँहरु छन् जहाँ जनावर विना मानिसहरु बस्नु सम्भव नै छैन । फिरन्ते जातिहरुका लागि त यो धेरै हदसम्म लागू हुन्छ । जनावर उनीहरु रहन सहनको अटूट हिस्सा को रुपमा रहेको छ । यदि यी जातिहरुलाई सहरमा लगेर बसालियो भने उनीहरुको सांस्कृतिक पहिचान नै नामेट हुन्छ । मानव इतिहासमा जबसम्म मानिसले खेती गर्न सिकेको थिएन उनीहरुले धेरैजसो मासु नै खान्थे । विवाहमा समेत उपहारको रुपमा जनावर नै दिइन्थ्यो । जसले धेरै जनावर पालेको हुन्थ्यो उसलाई नै धेरै शक्तिशाली मानिन्थ्यो । त्यसैले मासु खानु हाम्रो इतिहासको जरामै बसेको छ । सोही कारण यसलाई सजिलो सँग अलग गर्न सकिँदैन । यद्यपि शाकाहारी हुनुका आफ्ना फाइदा छन्, यसमा कुनै शंका छैन । स्प्रिंगम्यानको कम्प्युटर मोडेल स्टडीका अनुसार यदि सन् २०५० सम्म पूरै विश्वका मानिसहरु शाकाहारी बने भने अकालमा मृत्यु हुने मानिसको संख्यामा ६ देखि १० प्रतिशतले कमी आउनेछ । मानिसहरुमा क्यान्सर, चिनीको रोग, हृदयाघात जस्ता रोगहरु पनि कम हुनेछन् । मानिसहरु विरामी कम भएमा स्वास्थ्यमा हुने खर्च पनि कम हुनेछ । उक्त पैसाको प्रयोग जिवनका अरु आवश्यकता पूर्ति गर्नमा गर्न सक्छन् । यो कुरा सुन्दा निकै राम्रो लाग्दछ । तर यो कुरालाई पनि भुल्नु हुँदैन कि दाल चामल तथा सागसब्जी हामीलाई चाहिने सबैखाले प्रोटिनको विकल्प हुन सक्दैन । जनावरको मासुमा पोषक तत्व धेरै हुन्छ । सरीरका लागि अरु तत्वजस्तै प्रोटिन पनि उत्तिकै आवश्यक हुन्छ । गरिबहरुका लागि त प्रोटिनको सबैभन्दा सुलभ र सस्तो श्रोत जनावरको मासु नै हो । यदि पूरै विश्व शाकाहारी हुने हो भने सबैभन्दा ठूलो पोषण संकट विकाशशील देशका मानिसहरुमा पर्नेछ । एक अध्ययन अनुसार बेलायतले विश्व स्वास्थ्य संगठनको मानक अपनाउँदा ग्रिन हाउस ग्यास उत्पादनमा १७ प्रतिशतले कमी गरेको छ । यदि हामीले पनि हाम्रो खानपानमा थोरै परिवर्तन गर्न सक्यौँ भने पर्यावरण तथा स्वय हाम्रै लागि पनि फाइदाजनक हुनेछ । यसका लागि एक अर्को काम पनि गर्न सकिन्छ । मासु तथा मासुजन्य पदार्थको मूल्य बढाइदिने । फलफूल तथा सागसब्जीको मूल्य घटाइदिने । यस्तोमा जो मानिसको गोजीले साथ दिन्छ उनीहरुले मासुजन्य खानेकुरा खरीद गर्नेछन् । मांशाहारबाट जुन हरितगृह ग्यास उत्सजन हुन्छ त्यसमा नियन्त्रण गर्नका लागि यस्ता स साना उपायहरु ऋपनाउन सकिन्छ । तर सबैभन्दा महत्वपूर्ण भनेको इच्छाशक्ति हो । यसका लागि विश्वका सबै मानिस शाकाहारी हुनुैपर्छ भन्ने छैन । स्रोतः बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy