Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

के कारवाही हुन्छ, सामाजिक संजालमा मनमर्जी बोल्ने लाई ?

[caption id=\"attachment_96773\" align=\"alignleft\" width=\"642\"]\"bhim-adhikari\" भिडियो सन्देश मार्फत मनलाग्दी बोल्ने भिम अधिकारी[/caption] काठमाडाैं, २९ असाेज । गत १२ अक्टोबरका दिन दुबईमा एक ब्यक्तिले फेसबूक मार्फत १९ मिनेट लामो आफ्नो भनाइ सहित प्रधानमन्त्री प्रचण्डलाई मार्ने धम्की दिएका छन । कारण थियो प्रचण्डले दशैमा टिका नलागएको । उनको नाम हो भीम प्रसाद अधिकारी । धादिङ समाज युएईका बर्तमान अध्यक्ष तथा नेपाली समाज युएईका आउने कार्यकालको अध्यक्षका दाबेदार । उनको बोलाई र लेखाइको भाषा, शैली र शब्द चयनलाई हेर्ने हो भने खासै पढालेखा भएको ब्यक्ति भने होइनन । उनी थरले अधिकारी तथा जातले ब्राह्मण या छेत्री हुन । आफुलाई कट्टर हिन्दूबादी भन्न रुचाउँछन् । उनी यसपालीको दशैमा प्रचण्डले टीका नलगाएकोमा धेरै दुखी छन । त्यसो त प्रचण्ड प्रधानमन्त्री भएकोमा पनि त्यती खुशी भएका त थिएनन । प्रचण्डले गत ३५ बर्ष देखी दशैमा टीका लगाएका छैनन । एक मल्ल राजाले चाडबाडमा जनताको घरबाट धुँवा आयो भने मात्र आफुले खाने र चाडबाड मनाउने गरेको कुरा हामीले ईतिहास पढेका छौं । ती मल्ल राजालाई जनताप्रेमी राजा भनेर मान्छौ । प्रचण्डले सबै जनताले खुशी हुने दिन कहिले आउला भनेर गरेको यो तपस्यालाई भने केही राष्ट्रबादी भनाउँदाहरुले भने अपव्याख्या गरेर आत्मरतीमा रमाए । बिशेष गरी आफुलाई भौतिकबादी कम्युनिस्ट दर्शनका हिमायती मान्ने एमाले यो कार्यमा अग्रपन्क्तीमा उभियो । अधिकारी बिचारले केही हैनन । समर्थन गर्ने आधारले भने उनी काङ्रेस हुन भनेर आँफै भनेका छन । उक्त दिन उनले देश प्रतीको ममतालाई फेसबुक लाइब मार्फत छताछुल्ला पारे । नेपालीहरु खाडीमा आउनु परेको दोश पनि सबै प्रचण्डलाई नै लगाए र कुकुर, भुत्रो, हत्यारा जस्ता अपशब्द प्रयोग गरेर गाली गरे । भिडियो देख्नेहरुले उनले रक्सी खाएर फेसबूकमा लाईब गरेका हुन भन्ने आरोप लगाएका छन । तथापी उनले भने आफु सुगरको बिरामी भएकोले रक्सी कहिल्यै नपिउने गरेको बताएका छन । भिडियोको अन्तिम तिर पनि उनले पशुपतीको कसम खाएर जाँड खाएको हैन भनेका छन । तर भिडियो हेर्नेहरुले भने उनको देशप्रेम प्रचण्डको आक्रोशमा पुगेर रक्सीले ठोकाएको भन्छन । दुबईका एकजना नेपाली पत्रकारले उनलाई श्री ८ को सङ्ज्ञा दिएका छन । उनले अधिकारीको उक्त लाइभलाई प्रबचन, महाबाणी भनेका छन । सामाजिक सन्जालमा उनको बारेमा कमेन्ट्सगर्नेलाई कारबाही गर्ने धम्की अधिकारीले दिएका छन । कस्तो कारबाही भनेर उनले खुलाएका छैनन । त्यसैगरी उनले अर्को ५ मिनेटको भिडियो सार्वजनिक गर्दै पत्रकारहरुलाई समेत गाली गरेका छन । उनले उक्त भिडियोमा समेत कारबाही गर्ने धम्की दिएका छन । श्रोतका अनुसार उक्त भिडियोको बारेमा प्रधानमन्त्रीको स्वकिय सचिबलायमा समेत छलफल भएको छ । देशको प्रधानमन्त्रीलाई सामाजिक सन्जाल मार्फत खुलमखुला गोली हानेर मार्छु भन्ने अभिब्यक्ती दिने ब्यक्तिलाई कसरी कारबाहीको दायारामा ल्याउने भनेर छलफल भएको बुझिएको छ । देशको कार्यकारी राजनैतीक पार्टीबाट नै छानिने हो । भोली अर्को पार्टीको कुनै नेता प्रधानमन्त्री भयो र आफुलाई मन परेन भन्दैमा सम्मानिय ब्यक्तिलाई अपशब्द प्रयोग गरी गोली हान्छु र मार्छु भन्दै सामाजिक सन्जालमा लाइभ भिडियो गर्नेलाई कानुनी दायारामा ल्याउन सकिने राय कानुनबिदहरुले दिएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy