Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

थाई राजकुमारको गद्दी अरोहण संकटमा

\"thai-500\"बैंकक, २ कात्तिक । थाइल्यान्डका राजकुमार महावजिरोलोन्कोर्नको गद्दी आरोहण तत्काल नहुने देखिन्छ । थाइल्यान्डका सरकारी अधिकारीहरुले रजकुमार वजिरोलोन्कोर्न गद्दी सम्हाल्ने अवस्थामा नरहेको जानकारी दिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– गत साता राजा भूमिबोलको निधनपछि वजिरोलोन्कोर्नलाई उत्तराधिकारीका रुपमा हेरिएको छ । तर, राजकुमार वजिरोलोन्कोर्न मर्यादाविपरीत काम गर्न रुचाउने र महिलासँग बढी समय बिताउने भएकाले तत्कालै गद्दी आरोहण सम्भव नभएको ती अधिकारीहरुले बताएका हुन् । दरबार छाड्न चेतावनी थाई राजपरिवारले राजकुमार वजिरोलोकोर्नलाई दरबार छाड्न पटक–पटक चेतावनी दिएको खुलासा भएको छ । राजकुमार वजिरोलोकोर्न बढी समय महिलासँग बिताउने र दरबारको मर्यादाविपरीत कार्य गर्ने भएकाले चेतावनी दिइउको हो । यता थाई प्रधानमन्त्री प्रयुथ चान ओचाले राजकुमारको व्यवहारमा सुधार आउने विश्वास दिलाएका छन् । सँधै विवादित राजकुमार अन्य महिलासँगको सम्बन्धका कारण ६४ वर्षीय राजकुमार वजिरोलोन्कोर्न अक्सर थाई तथा अन्तर्राष्ट्रिय मिडियामा चर्चामा आउने गर्छन् । वजिरोलोन्कोर्नको नराम्रो बानी भनेको एकैपटक रिसाउने हो । थाई मिडियाका अनुसार वजिरोलोन्कोर्न राति डिस्को जाने र अन्य महिलासँग रमाइलो गर्ने सामान्य दिनचर्या नै हो । उनले बारम्बार दरबारको नियम कानुन तोडेका छन् । सात सन्तानका बुबा वजिरोलोन्कोर्नले तीनपटक विवाह गरे पनि वैवाहिक जीवन सफल बनाउन सकेनन् । उनले तीन श्रीमतीसँग सम्बन्ध तोडेका छन् । आमा नै विपक्षमा महारानी सिरिकितले सँधै छोरा वजिरोलोकोर्नको विरोध गर्छिन् । आमा सिरिकितले बारम्बार राजकुमार वजिरोलोन्कोर्नलाई मर्यादाअनुसार काम गर्न सुझाव दिन्छिन् । तर, बाहिरी संसारमा रमाउने खालका उनले कहिल्यै आमाको सुझाव पछ्याएनन् । छोराको कर्तुतबाट दिक्क भएकी सिरिकितले एकपटक विवादास्पद अभिव्यक्तिसमेत दिएकी थिइन् । सन् १९८२ मा महारानी सिरिकितले आफ्नै छारो वजिरोलोकोर्नलाई लिएर यस्तो भनिन्, ‘मेरो छोरा महिलाको पछाडि दौडने पुरुष हुन् ।’ गत वर्ष महारानी सिरिकतले एक कार्यक्रममा वजिरोलोकोर्नलाई दरबार छाड्न चेतावनी दिएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy