Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

स्क्रब टाइफसबाट ६ महिनामा नौजनाको मृत्यु

\"scrub-typhus-patient-in-dam-750\"चितवन, ३ कात्तिक । देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ । विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ । महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले सङ्क्रमण भएका मध्ये दुईवटै रोगका बिरामी सबैभन्दा धेरै चितवनमा देखापरेको जानकारी दिए । “केही जिल्लाको पछिल्लो विवरण आउन बाँकी भए पनि अहिलेसम्म प्राप्त विवरणअनुसार नेपालका ३८ जिल्लामा टाइफसको सङ्क्रमण भएको छ”, शर्माले भने, “चितवनलगायत केही जिल्लामा डेङ्गु सङ्क्रमणसमेत बढेको छ ।” चितवनसहित नवलपरासी, कपिलवस्तु, मकवानपुर जिल्लामा समेत डेङ्गु देखिएको छ । डेङ्गु र स्क्रब टाइफस रोगबाट चितवन जिल्लामा मात्रै पाँच सय २६ जना सङ्क्रमित भएका छन् । बाँकी एक सय पाँचजना मात्रै अन्य जिल्लाका अस्पतालमा उपचार गरिएका बिरामी हुन् जसमा डेङ्गुका २७ र स्क्रब टाइफसका ७८ जना चितवनबाहिर रोग पुष्टि भएका बिरामी छन् । अरू सबै चितवनमा पुष्टि भएका बिरामी हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले डेङ्गुबाट चितवनमा उपचार गरेका दुई सय १९ र स्क्रब टाइफसबाट हालसम्म तीन सय सातजना सङ्क्रमित भएको जानकारी दिए । उनले डेङ्गुको सङ्क्रमण बढ्दो रहे पनि स्क्रब टाइफसको सङ्क्रमण दरमा केही घटेको पाइएको बताए । इपिडिमियोलोजी शाखाप्रमुख डा शर्माका अनुसार २०७३ सालको वैशाखदेखि अहिलेसम्म नेपालमा स्क्रब टाइफसबाट नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई, सङ्खुवासभाका दुई, कैलालीका दुई, तनहुँका एक, गुल्मीको एक र भोजपुरका एकजना छन् । अघिल्लो वर्ष एक सय एकजनामा टाइफस सङ्क्रमण हुँदा आठजनाको मृत्यु भएको डा शर्माले जानकारी दिए । स्क्रब टाइफस एक वर्षअघि मात्रै नेपालमा सङ्क्रमण पुष्टि भएको रोग हो भने डेङ्गु रोग २०६७ सालमा चितवनमा महामारीका रुपमा फैलिएको थियो । चितवनमा दुईवटै रोगको परीक्षणमा चितवनमा नेपाल सरकारले निःशुल्क कीटको व्यवस्था गरेको छ भने जिल्लामा नियन्त्रण अभियानसमेत सञ्चालन गरेको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसूदन कोइरालाले जानकारी दिए । चितवनको पनि रत्ननगरमा अहिले डेङ्गुको प्रकोप बढ्दो रहेको उनको भनाइ छ । चितवनमा भएको मध्ये रत्ननगरमा मात्र ८० प्रतिशत डेङ्गुको सङ्क्रमण फैलिएको छ । एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग सर्छ भने उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा हुर्कन्छ । रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नु र कुनै पनि खुला भाँडो या बट्टामा पानी जम्न दिन नहुने चिकित्सकले बताएका छन् । यस्तै, स्क्रब टाइफस रोग मुसाको कानमा बस्ने माइट नामको सूक्ष्म किराले टोकेमा सर्छ । मुसाको कानमा बसेर अघाइसकेपछि झार या झाडीमा झर्ने र त्यहाँ मानिस पुग्दा टाँसिएर टोक्छ र टाइफस रोग सर्ने गर्छ । चितवनमा अघिल्लो महिना मुसा र माइटमा गरिएको परीक्षणमा समेत दुवैमा टाइफसको सङ्क्रमण भएको पाइएको इपिडिमियोलोजी महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताए । डेङ्गु हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, प्लेटलेट घट्ने हुन्छ । स्क्रब टाइफस रोग लाग्दा भने एकसय चार डिग्रीभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, विभिन्न टोकेको ठाउँमा रातो डाबर आउने र शरीरका विभिन्न अङ्ग दुख्ने हुन्छ । यस्ता लक्षण देखिने बित्तिकै चिकित्सकसँग परामर्श गरेर मात्रै औषधि लिन जनस्वास्थ्य कार्यालय चितवनले सर्वसाधारणमा अनुरोध गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies