Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

गर्लफ्रेन्डका लागि चन्द्रमामा घडेरी !

\"abramovich-750\"एउटा अनाथ बालक जो आफ्नै पौरख र कडा संघर्षबाट रुसकै सर्वाधिक शक्तिशाली कुलीन वर्गमा दरिए । सुन्दा आश्चर्य लाग्न सक्छ । तर, ४९ वर्षीय रोमन अब्रामोभिच सानै उमेरमा अनाथ भएर पनि अर्बपति बनेका छन् । लिथुआनियामा यहुदी आमाबुबा इरिना र अर्काडीबाट जन्मेको उनी चार वर्षका छँदा टुहुरो भए । हजुरबुबा र हजुरआमा पर्नेले उनको पालनपोषण गरे । हुर्कंदै स्कुले शिक्षा त जसोतसो पूरा गरे उनले । कलेजमा भने पढ्न पाएनन् । दुई पटकसम्म भर्ना भएर पनि ड्रपआउट गरे । आजको कान्तिपुर दैनिकमा खबर छ– मस्कोमा तत्कालीन राष्ट्रपति बोरिस येल्सीनका सहयोगी बोरिस बेरेजोभ्स्कीको दाहिने हात बन्नुअघि उनले सेनामा जागिरसमेत गरे । तत्कालीन सोभियत संघको औद्योगिक सम्पत्तिमा बेरेजोभ्स्कीको बलियो पकड थियो । त्यसअघि अब्रामोभिचले आफ्नो गुजारा गर्न मस्कोस्थित एक अपार्टमेन्टमा प्लास्टिक डक्स बेच्ने गर्थे । त्यसबाट भएको आम्दानी सञ्चय गर्दै केही वर्षभित्रै उनले आफ्नै विभिन्न तेल सँगठन र सुँगुर फार्म खोले । तेलकै कारोबार गर्ने क्रममा बेरेजोभ्स्कीको नियन्त्रणमा रहेको रुसकै सबैभन्दा ठूलो तेल कम्पनी सिबनेफ्टकामा भएको ठगीमा अनुसन्धान हुँदा उनलाई दोषी पाइएपछि २००१ मा बेलायतमा शरण लिनुपर्‍यो । त्यसपछि उनको भाग्य झनै चम्कियो । बेरेजोभ्स्की लन्डन गएपछि अब्रामोभिचको प्रभाव बढ्दै गयो, उनी तत्कालीन राष्ट्रपतिका ‘इनर सर्कल’ मा जोडिन पुगे । पावर नजिक पुगेपछि उनी शक्तिशाली पनि बन्दै गए । सिबनेफ्टको कारोबार आफ्नो हातमा आएपछि उनको व्यापार र आम्दानी बढ्दै गयो । अन्य रसियन कम्पनीसँग गरेको सम्झौतापछि उनीसँग १ दशमलव ८ अर्ब पाउन्डको सम्पत्ति पुग्यो । अन्तर्राष्ट्रिय फुटबलका एक फ्लोअरसमेत रहेका उनको आफ्नै आइस हकी टिम थियो । सन् १९९९ मा भ्लादिमिर पुटिन रुसको प्रधानमन्त्री र त्यसको एक वर्षपछि राष्ट्रपति बनेपछि, अब्रामोभिच राजनीतिमा प्रवेश गरे । त्यसपछि त झनै प्रभावशाली बने । सत्ताको निकट हुँदै उनले व्यापार र राजनीति सँगसँगै लग्न खोज । पछि उनी चेल्सी फुटबल क्लबका मालिक बने । अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार उनको कुल सम्पत्ति ८ दशमलव ४ अर्ब अमेरिकी डलर ९रियल टाइम २१ अक्टोबर ०१६० रहेको छ । ९० दशकताकाका सुरुमा शृंखलाबद्ध विवादास्पद तेल आयात सम्झौतापछि सम्पत्ति जोडेका अब्रामोभिच यो वर्ष फोब्र्सको विश्वका अर्बपति सूचीमा १५१ औं र रुसमा १३ औं स्थानमा छन् । हाल धरातलीय वास्तविकताबाट निकै माथि उठिसकेका उनी आफ्ना साथीहरूका लागि बेलाबेलामा आयोजना गर्ने पार्टीहरूमा एकै रातमा करोडौं रुपैयाँ खर्च गर्ने हैसियतमा पुगेका छन् । संसारकै सबैभन्दा महँगा जहाजका मालिकसमेत उनी बनिसकेका छन् । दुबईको क्षेत्रफलभन्दा ठूलो आकारको उक्त जहाज उनले अर्बौं रुपैयाँमा खरिद गरे । सबै विलासिता सेवाहरू पाइने ‘एक्लिप्स’ नामक जहाजमा ११ वटा गेस्ट क्याबिन छन्, जसमा ६ फुटको सिनेमा स्क्रिन जडान गरिएका छन् । स्विमिङ पुल, डिस्को हल, हेलिप्याडसमेत त्यसमा छ । बुलेटफ्रुफ ग्लास र मिसाइल डिटेक्टरसमेत जडान गरिएको यो जहाज सुरक्षाको दृष्टिले सबैभन्दा सुरक्षित मानिन्छ । यति मात्रै होइन जहाजमा तीन वटा लन्च बोट्स र पानीभित्र घुम्नका लागि मिनी सबमरिनले पनि राखिएका छन् । स्पोट्र्स कार र विलासी कारका सौखिन अब्रामोभिचसँग फरारी एफएक्सएक्स, मेबीच ६२ लेम्बोर्गिनी, बुगाटी भेभरोन, मर्सडिज बेन्ज सिएलएक्स, जीटीआर, फरारी ३६०, पोर्से र रोयलस्ल क्रोनिकलजस्ता कार पनि छन् । उनीसँग बोइङ एयरक्राफ्टसँगै कयौं हेलिकप्टर पनि रहेको छन् । फुर्सदमा घुम्नका लागि यसको प्रयोग उनी गर्छन् । रेयर आर्ट कलेक्टरसमेत रहेका अब्रामोभिचसँग पाब्लो पिकासो, फ्रांसी बेकोनलगायतका ऐतिहासिक पेन्टर्सको आर्टवर्क संग्रहित छन् । यी आर्टवर्कलाई सुरक्षित राख्न उनले रुसको तीन सय वर्ष पुरानो आइल्यान्ड ४० अर्ब रुपैयाँभन्दा बढीमा खरिद गरेका थिए । उनीसँग विश्वभरमा ६ भन्दा बढी लग्जरियस प्रोपर्टी छन् । यसका लागि उनी विश्वमै चर्चित छन् । तेलबाट व्यापार बढेसँगै उनको रुचि पनि बढदै गयो । अब्रामोभिचको विलासी जीवन र खुलेर रकम खर्च गर्ने बानी यतिमै सीमित छैन । उनले तीन श्रीमती भित्र्याइसके । सम्बन्ध विच्छेदपछि अर्को विवाहमा बाँधिने गरेका थिए । केही वर्षअघि उनले स्पेनिस गर्लफ्रेन्डका लागि चन्द्रमा सय एकड जमिन खरिद गरेका थिए । ‘बिजनेस इन्साइडर’ अनलाइनका अनुसार अब्रामोभिचले २००८ मा तत्कालीन मोडेल गर्लफ्रेन्ड डारिया झुकुभाका लागि चन्द्रमा जग्गा खरिद गरेका हुन् । मिलहाउस एलएलसी कम्पनीका मालिक, विभिन्न कम्पनीका लगानीकर्ता, राजनीतिज्ञ र एक सफल उद्यमीसमेत रहेका उनले आफूसँग रिसाएकी महिला साथीलाई फकाउन चन्द्रमामा उनकै लागि घडेरी जोडिदिए । अन्तरिक्षमा जमिनको कारोबार गर्ने ‘द लुनार एम्बेसी’ मार्फत उनले जग्गा किनेका थिए । उनका सात सन्तान छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy