Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

फूलको मेलामा ३८ लाखबढीको कारोबार

\"floweer-1\" काठमाडौं, १३ कात्तिक । हिन्दु नेपालीहरुको चाड तिहारका अवसर पारेर ललितपुरको जावलाखेलमा गरिएको गोदावरी मेलामा ३८ लाख बढीको कारोबार भएको छ । फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजना तथा नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट चार दिनसम्म मेला आयोजना गरिएको थियो । १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ३६ हजारभन्दा बढी अबलोकनकर्ताले मेला अबलोकन गरेको र ३८ लाख बढीको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक रामजी प्रसाद तिमिल्सेनाले जानकारी दिए । गत बर्षहरुमा भन्दा यो मेलामा कारोबार उच्च भएको बताउँदै मुस्कान नर्सरीका संचालक तथा फ्यान सदस्य महेन्द्र सुवेदीले सोचेभन्दा राम्रो कारोबार गरको बताए । उनले गोदावरी, घरभित्र राखिने बिरुवा र फलफूलका बिरुवाको कारोबार धेरै भएको बताए । फ्लोरिकल्चर एसोशिएसन नेपालले हरेक बर्ष गर्ने गोदावरी मेलामा कारोबार र अबलोकनकर्ताहरुको बृद्धि भइरहेकोले पनि फूलमा जनमानसको चासो तथा आकर्षण बढ्दै गइरहेको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । दिपावली तथा छठ पर्ब लक्षित गोदावरी मेलामा प्रतिश्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक स्टल गरि ४२ वटा स्टल राखिएका थिए । मेलामा सहभागी व्यवसायीवीच इन्कर्भ, रिफ्लेक्स, स्पाइडर, मिनियचर र गोदावरीको कटफ्लावर बिधामा प्रतिश्पर्धा गराइ बिजयी हुनेलाई नगद, शील्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । आर्थिक बर्ष २०७२÷७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प ब्यवसायले ४१ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको र ३९ जिल्लामा यसको कारोबार भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies