Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

सहमति मार्फत अघि बढ्न सत्तारुढ दलबीच सहमति

काठमाडौं, वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच शनिबार भएको भेटवार्तामा सहमतिलाई नै अगाडि बढाउने निर्णय भएको छ । ओली निवास बालकोटमा डेढ घन्टा भएको वार्तामा सहमतिलाई नै प्राथमिकता दिएर अगाडि जाने बारेमा छलफल भएको हो । वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री कोइरालाले ओलीसँगको भेटमा सहमतिकै आधारमा जानेबारेमा कुराकानी भएको बताए । उनले भने– ‘संविधान निर्माणका लागि सहमतिमै जुटौँ, सहमतिलाई पहिलो प्राथमिकता दिएर सहमतिकै आधारमा संविधान निर्माण गरौँ भन्नेबारेमा छलफल भयो, सहमति नभए बहुमतीय प्रक्रिया त छँदैछ ।’ भेटवार्तापछि प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीको भेटमा संविधान निर्माणकै विषयमा केन्द्रित भएर छलफल भएको बताए । सहमतिमै संविधान निर्माण गर्ने र घोषणा गर्नेबारेमा छलफल भएको उनको भनाइ थियो । ‘संविधान सहमतिमै निर्माण गर्ने र सहमतिमै जारी गर्ने भन्नेबारेमा छलफल भयो, सहमतिबाटै प्रक्रियामा जाने कुरा भयो ।’– बैठकपछि पाण्डेले पत्रकारहरुलाई बताए । विपक्षीले सुरु गरेको आन्दोलनको औचित्य नभएको बताउँदै उनले विपक्षी दलले आन्दोलन फिर्ता गरेर सहमतिमा आउनुपर्नेबारेमा पनि छलफल भएको बताए । सभाध्यक्षले दिएको समयसीमा आइतबार सकिँदैछ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले आइतबारसम्ममा सहमति नभए एक दुई दिन पर गएर भए पनि सहमति हुने विश्वास व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy