Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यसरी बनाइयो ‘तरकारीवाली’ लाई ‘तिघ्रावाली’

\"tarkaliwali_kusum\" काठमाडौं, २७ कात्तिक । ‘तरकारीवाली’को नाममा इन्टरनेटमा भाइरल बनेकी गोरखा भुम्लिचोककी १८ वर्षीया कुसुम श्रेष्ठ एकाएक चर्चामा आइन् । अप्रत्याशित ढंगले उनको तस्विर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भाइरल बनेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार समेत बन्यो । किसानको प्रतिनिधित्व गर्ने कुसुमको तरकारी बोक्दै गरेको तस्विर भायरल बनेपछि रुपका ब्यापार गर्नेहरु उनका पछि लागे । मोडल बनाइदिनेदेखि चलचित्रमा हिरोइन बनाइदिने प्रस्ताव लिएर उनका घरसम्म ताँती लाग्न थाल्यो । भर्खरै प्लस टु पढ्दै गरेकी कुसुमको यसरी चर्चाको आउनुको ताज उनी स्वयंले पनि चाल पाएकी छैनन् । तर यसले सामाजिक सञ्जालको प्रभावकारिता भने औंल्याइदिएको छ । तिनै किसानको प्रतिनिधित्व गर्ने तस्विरले आफ्नो भाग्य बनाएको ठानेर काठमाडौं आइपुगेकी कुसुमको रंगिविरंगी तस्विर ‘मोडल वाच’का रुपमा साप्ताहिक पत्रिकामा छापिएपछि भने सामाजिक सञ्जालमा कुसुमको आलोचना हुन थालेको छ । कुसुमलाई ‘तरकारीवाली’बाट ‘तिघ्रावाली’ बनाइएको छ । सामाजिक सञ्जालमा अन्य पेशामा आकर्षित गर्नेहरुलाई पनि सत्तोसराप गरिएका छन् भने अधिकांशले अब कुशुमलाई नङग्याउन शुरु गरिएको भन्दै ‘तरकारीवाली’बाट ‘तिघ्रावाली’को उपमा दिन थालेका छन् । \"kusum-shrestha-2\" गत कात्तिक १२ गते कीर्तिपुरका रुपचन्द्र महर्जनले कुसुमले क्रेटमा गोलभेंडा बोकेर झलुङ्गेपुल हुँदै फिस्लिङतिर ल्याउँदै गरेको तस्विर खिचेर आफ्नो फेसबुकमा पोष्ट गरेका थिए । पाकिस्तानको चियावालासँग प्रतिष्पर्धा गर्ने गरी स्थापित भएकी ‘तरकारीवाली’ कुसुम कान्तिपुरको साप्ताहिक पत्रिकामा मोडलका रुपमा देखापरेकी थिइन् । यसअघिकाे खबर मोडलिङतिर लागिन् ‘तरकारीवाली’ 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: