Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मध्य र सुदूरपश्चिमाञ्चलः महिलामा प्रजनन् स्वास्थ्य समस्या बढ्दो

\"prajanan\"नेपालगन्ज, २७ कात्तिक । पुरुषको तुलनामा सूचना, आर्थिक स्रोत र परिवारको निर्णायक तहमा महिलाको पर्याप्त पहुँच नहुँदा विशेषतः ग्रामीण क्षेत्रका महिला स्वास्थ्य समस्याबाट बढी प्रभावित हुने गरेको पाइन्छ । महिलालाई अन्य स्वास्थ्य समस्या भन्दा प्रजनन् स्वास्थ्य समस्याले बढी गाँजेको पाइएको छ । मध्य तथा सुदूरपश्चिमाञ्चलका हुम्ला, जुम्ला, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, दाङलगायतका जिल्लाको सुदूर क्षेत्रमा बसोवास गर्ने महिलाले प्रजनन् स्वास्थ्यमा भोग्दै आएको समस्यामध्ये पाठेघर (आङ खस्ने) समस्या सबैभन्दा बढी छ । ‘कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै बिहे गर्नु र असुरक्षित रुपमा सुत्केरी गराउने कारणले पनि महिलामा पाठेघर समस्या जटिल हँुदै गएको छ’—स्वास्थ्यकर्मी अङ्गतबहादुर शाहीको कथन छ । आङ खस्ने समस्याबाट पीडित नेपालगन्जमा उपचार गर्न आएकी तीन सन्तानकी आमा कैलाली जिल्ला अत्तरिया निवासी ३० वर्षीया भगवती सिंहको दुःखेको छ—‘काममा दिनभरि खटिनुपर्छ, समयमा खान पाइदैँन, मेलापात पनि गर्नुपर्छ, त्यसैले आफनो स्वास्थ्यको विषयमा ध्यान दिने समय नै हुँदैन।’ बाँके जिल्लाका विभिन्न गाविसमा विभिन्न समयमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामा सबैभन्दा बढी आङ खस्ने समस्याबाट पीडित देखिनुले पनि यसको उचित निदानका लागि ठोस तथा प्रभावकारी कार्यक्रम आवश्यक रहेको सरोकारवाला बताउँछन् । ‘शिविर, स्वास्थ्यचौकी र अस्पतालमा उपचारका लागि आउने महिलामध्ये एक चौथाइ महिलाको पाठेघर जटिल अवस्थामा पुगिसकेको हुन्छ, उनीहरुको शल्यक्रिया गर्नुबाहेक अन्य उपचार सम्भव नै हुदैँन’—स्वास्थ्यकर्मी मल्लको भनाइ छ । कम उमेरमा विवाह गरेका, असुरक्षित रुपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा आङ खस्ने समस्या बढी देखिने गरेको तथ्याङ्कले देखाएको छ । सरकारले यस क्षेत्रका जिल्लामा बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमार्फत जिल्ला जनस्वास्थ्य कार्यालयले गर्भवती, सुत्केरी तथा शिशुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएपनि ग्रामीण क्षेत्रमा सडक यातायातको अभाव, बजेट अपर्याप्त, स्वास्थ्यचौकीमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुनु, जनस्वास्थ्य कार्यालय र जिल्लाका अस्पतालबीच समन्वयको अभाव लगायतका कारणले सो सेवा प्रभावित समेत हुने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies