छाला गोरो बनाउन मन छ? आजैदेखि त्यागिदिनुहोस यस्ता खाना
कार्तिक २८ गते, २०७३ आइतवार 13th November, 2016 Sun०९:०९:११ मा प्रकाशित
काठमााडौं ।धेरैले सुन्दरताको वर्णन गर्दा गोरो अनुहारलाई मुख्य मान्छन् । सबैजसो मानिसहरुलाई राम्रो बन्न मनलाग्ने भएकाले सबैले सेतो छालालाई नै चाहन्छन् । हुन त गोरो छाला जन्मजात नै पाइने कुरा हो । तर तपाईंको खानपिनको व्यवहारले पनि तपाईंको छालालाई कालो बनाइरहेको हुन्छ भन्दा सायद तपाईंलाई अचम्म लागेको होला । तर यस्ता केही खानेकुरा छन् जसले छालाको तन्तुमा नकारात्मक असर पर्दछ । यिनीहरुले छालालाई खराब गर्दछ र अनुहारको चमकमा कमी ल्याउँछ । यसका साथै डन्डिफोरको समस्या पनि निम्त्याउँछ । आज हामी तपार्ईंलाई यस्तै खानाबारे जानकारी दिँदैछौं ।
१. स्पाइसी फुडः
यसले शरिरको तापक्रम बढाउँछ जसले रक्तवाहिनी फैलाउँछ । यसैका कारण कम्प्लेक्सन डार्क हुनथाल्छ ।
२. कफीः
यसमा पाइजे क्याफिनले स्ट्रेस हर्मोनजस्ता कार्टिसोलको लेभल बढाउँछ जसका कारण छाला बिस्तारै बिग्रन्छ । यो क्रम बढ्दै गए तपाईंको फेयरनेसमा कमी आउँछ ।
३. ह्वाइट ब्रेडः
यसले इन्सुलिनको लेभललाई बढाउँछ जसले छालामा तेलको उत्पादनमा वृद्धि गर्दछ । यसैका कारण फेयरनेस कम हुन्छ ।
४. तारेको खानाः
यसमा फ्याटको मात्रा अत्यधिक हुन्छ जसले रक्तसंचारमा कमी ल्याउँछ र छालामा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुदैन । यसले पनि छाला कालो बनाउन सहयोग गर्दछ ।
५. पेय पदार्थः
यसमा चीनिको मात्रा बढी हुन्छ र स्वस्थ छालाको लागि चाहिने फाइबर नहुने भएकाले रक्तसंचारमा कमी ल्याउँछ ।
६. चीनिः
यसले रगतको चीनिको मात्रालाई बढाउँछ जसले स्किन टिस्युजजस्ता कोलेजन खराब हुन्छ र फेयरनेसमा कमी आउँछ ।
७. रक्सीरबियरः
यो पिउँदा पिसाब धेरै लाग्छ र शरिरमा पानीको कमी हुन्छ । यसले छालाको तन्तुलाई खराब गर्दछ र छाला बिस्तारै कालो हुने गर्दछ ।
यस्ता खानेकुरा खानुहोसःकेरा
केरा भिटामिन ए, बी र इले भरपूर हुन्छ । यसले छालालाई जवान बनाउनुका साथै चम्किलो पनि बनाउँछ ।
कागती पानीः
भिटामिन सी र एसिडले स्किनलाई ब्लिच गरेर गोरो बनाउँछ । यसले चाउरीपना र ब्ल्याकहेडलाई कम गर्न मद्दत गर्दछ ।
गोलभेडाः
यसमा पाइने लाइकोपिनले छालाको फेयरनेस बढाउँछ । यसले तौल कम गर्न पनि सहयोग गर्दछ ।
गाजरः
यसमा भिटामिन सी र क्यारोटिन पाइन्छ । गाजर र गाजरको जुस पिउँदा छाला र कपाल दुबै स्वस्थ हुन्छ ।
डार्क चकलेटः
यसले छालाको बनावटलाई निकै राम्रो बनाउँछ । यसले अल्ट्राभेयलेट किरणबाट पनि बचाउँछ । चकलेटमा पाइने कोको पोलिफेनाल्स र फ्लोवोजाइड्सले छालालाई गोरो बनाउन सहयोग गर्दछ ।
ग्रीन टीः
ग्रीन टीको नियमित सेवनले छालामा भएको दाग धब्बा हटाउन सहयोग गर्दछ । यसका साथै ट्यानिङलाई हटाएर छाला नरम हुन सहयोग गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: