Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मध्य सोमालिया झडप, नब्बे हजार नागरिक विस्थापित : राष्ट्रसङ्घ

\"somaliya-750\"सोमालिया, ३० कात्तिक । सोमालियाको मध्य क्षेत्रस्थित गल्कायो सहर र वरपरका इलाकामा भएको सङ्घीय राज्यका दुई प्रतिद्वन्द्वी समूहबीच भएको द्वन्द्वका कारण विगत छ हप्ताको समयमा ९० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका सोमालियास्थित अधिकारीले मङ्गलबार जनाएका छन् । यसरी विस्थापित हुनेमा करिब २० हजार बालबालिकासमेत रहको राष्ट्रसङ्घको तथ्याङ्क छ । सोमालियास्थित राष्ट्रसङ्घ बालबालिका कोष (युनिसेफ) का प्रतिनिधि लाउबेरियरका अनुसार विस्थापित अधिकांश बालबालिका विभिन्न बस्तीमा शरणलिई बसेका छन् । उनीहरु प्रायः असुरक्षित अवस्थामा रहेका छन्, उनले थपे । द्वन्द्वका कारण गल्कायोका बालबालिकाको शिक्षा तथा दैनिकीमा व्यापक नकारात्मक प्रभाव परेको राष्ट्रसङ्घ प्रतिनिधिद्वारा मोगादिसुबाट जारी विज्ञप्तिमा जनाइएको छ । गल्कायो सहर अहिले दुई जिल्लामा विभाजित छ । गाल्मुडग राज्य दक्षिणी क्षेत्रमा पर्दछ भने पुन्टल्यान्ड राज्य उत्तरी इलाकामा पर्दछ । दुवै सङ्घीय राज्यले आफ्नो प्रभाव सहरमाथि पार्ने प्रयासमा भएका पछिल्ला भिडन्तमा ४५ जनाको मृत्यु भइसकेको छ । मर्नेहरु प्रायः दुई सङ्घीय राज्यका सेना भए पनि कैयौँ सर्वसाधारण पनि द्वन्द्वबाट ज्यान गुमाउन पुगेका बताइएको छ । भिडन्तपछि स्थितिलाई सामान्यीकरण गर्न गाल्मुडग र पुन्टल्यान्डका नेताहरुबीच संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा युद्धबिरामका लागि दुवै पक्षले सम्झौता गरेका छन् । युसद्धबिरामपछि पहिलेको तुलनामा गाल्कायो सहर सामान्य देखिए पनि यहाँका बासिन्दामा त्रासको अवस्था अझै कायम रहेको पाइन्छ । द्वन्द्वका क्रममा कैयौँ शिक्षकशिक्षिका घाइते भएका छन् भने सहर बाहिरका पाँच वटा विद्यालय बन्द छन् । यहाँ विस्थापित मानिस शिविर खडागरी बस्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies