Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

रसुवा पुगेका धुर्मुस सुन्तलीलाई हाकुको पहिरोले पिरलो

\"img_0267\"रसुवा, २० मंसिर । बालमैत्री देश निर्माणको अभियान लिएर देश दौडाहामा रहेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई रसुवास्थीत हाकुको पहिरोले पिरलेको छ । बालमैत्री फिल्म ‘ज्योति’ प्रर्दशनका लागि रसुवाको धुन्चे पुगेका उनीहरुलाई स्थानीय पत्रकारले हाकु र डाँडा गाउँबासीको पहिरो पिडाबारे बताएपछि बिस्थापित परिवारसँग भेट समेत गरेका छन् । धुन्चे पुगेका धुर्मुस सुन्तलीले हाकुबाट बिस्थापित भएकाहरुलाई प्रत्यक्ष रुपमा भेट गरेर उनीहरुको पिडा र समस्याबारे बुझेका छन् । भूकम्प पश्चात पहिरोका कारण ७ सय परिवारभन्दा बढी बिस्थापित भएकाहरुको अहिलेसम्म पुर्नस्थापित हुन नसकेको स्थानीयले बताएका छन् । गुठीको जग्गा भएका कारण लालपुर्जा समेत नभएकाले भूकम्प पिडितले पाउने राहात रकम पाउन मुस्किल परेको हाकुबासीले बताएका छन् । एक वर्षसम्म विभिन्न संघ,संस्थाले खाद्यान्नहरु उपलब्ध गराएकाले सजिलो भएपनि अहिले निकै समस्या भएको उनीहरुको भनाई छ । सरकारले निर्धक्कका साथ टाउको लुकाउने बासको व्यवस्था गर्न जग्गा उपलब्ध गराएमा परिश्रम गरेर जिविका चलाउने भूकम्प एवं पहिरो प्रभावित दोर्जे विन्जोको योजना छ । “घर छ, जग्गा छ हेर्दा माया लाग्छ तर, पहिरोको डरले धुन्चेको डाँडाबाट घरबारी हेरेर बस्नुपर्ने बाध्यता छ”, भावुक हुँदै दोर्जेले धुर्मुसलाई सुनाए । जिविकोपार्जका बारेमा धुर्मुसले जिज्ञासा राख्दा पहिरो प्रभावित दार्जेले ज्याला मजदुरी गरेर परिवार पालिरहेको दुखेसो पोखेका थिए । उनले भने, “खानको लागि त दैनिक काम गरेर पनि जोहो गरिरहेका छौँ, सुरक्षित ठाउँमा जग्गा नहुँदा सुकुबासी बन्नु परेको छ ।” उनीहरुको समस्या सुनेपछि धुर्मुसले हाकुबासीको समस्यालाई सरोकारवाला निकायसम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् । पत्रकारसँग छलफल गर्दै कुञ्जना घिमिरेले, हाकु र डाडाँगाउँका भूकम्प र पहिरोबाट बिस्थापित भएकाहरुलाई कुनै सुरक्षित ठाउँमा एकिकृत बस्ती बनाएर राख्ने सकिने सम्भावना औँल्याएकी छिन् । त्यसका लागि सरकार र सरोकारवाला निकायसँग पत्रकारले समन्वय गर्न सुझाव दिएकी छिन् । धुर्मुस सुन्तली फाउण्डेशन पिडितको पिडामा मल्हम लगाउने कार्यमा सम्बन्धित निकायलाई घच्घचाएर अघि बढ्ने उनीहरुले बताएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy