Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

रसुवा पुगेका धुर्मुस सुन्तलीलाई हाकुको पहिरोले पिरलो

\"img_0267\"रसुवा, २० मंसिर । बालमैत्री देश निर्माणको अभियान लिएर देश दौडाहामा रहेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई रसुवास्थीत हाकुको पहिरोले पिरलेको छ । बालमैत्री फिल्म ‘ज्योति’ प्रर्दशनका लागि रसुवाको धुन्चे पुगेका उनीहरुलाई स्थानीय पत्रकारले हाकु र डाँडा गाउँबासीको पहिरो पिडाबारे बताएपछि बिस्थापित परिवारसँग भेट समेत गरेका छन् । धुन्चे पुगेका धुर्मुस सुन्तलीले हाकुबाट बिस्थापित भएकाहरुलाई प्रत्यक्ष रुपमा भेट गरेर उनीहरुको पिडा र समस्याबारे बुझेका छन् । भूकम्प पश्चात पहिरोका कारण ७ सय परिवारभन्दा बढी बिस्थापित भएकाहरुको अहिलेसम्म पुर्नस्थापित हुन नसकेको स्थानीयले बताएका छन् । गुठीको जग्गा भएका कारण लालपुर्जा समेत नभएकाले भूकम्प पिडितले पाउने राहात रकम पाउन मुस्किल परेको हाकुबासीले बताएका छन् । एक वर्षसम्म विभिन्न संघ,संस्थाले खाद्यान्नहरु उपलब्ध गराएकाले सजिलो भएपनि अहिले निकै समस्या भएको उनीहरुको भनाई छ । सरकारले निर्धक्कका साथ टाउको लुकाउने बासको व्यवस्था गर्न जग्गा उपलब्ध गराएमा परिश्रम गरेर जिविका चलाउने भूकम्प एवं पहिरो प्रभावित दोर्जे विन्जोको योजना छ । “घर छ, जग्गा छ हेर्दा माया लाग्छ तर, पहिरोको डरले धुन्चेको डाँडाबाट घरबारी हेरेर बस्नुपर्ने बाध्यता छ”, भावुक हुँदै दोर्जेले धुर्मुसलाई सुनाए । जिविकोपार्जका बारेमा धुर्मुसले जिज्ञासा राख्दा पहिरो प्रभावित दार्जेले ज्याला मजदुरी गरेर परिवार पालिरहेको दुखेसो पोखेका थिए । उनले भने, “खानको लागि त दैनिक काम गरेर पनि जोहो गरिरहेका छौँ, सुरक्षित ठाउँमा जग्गा नहुँदा सुकुबासी बन्नु परेको छ ।” उनीहरुको समस्या सुनेपछि धुर्मुसले हाकुबासीको समस्यालाई सरोकारवाला निकायसम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् । पत्रकारसँग छलफल गर्दै कुञ्जना घिमिरेले, हाकु र डाडाँगाउँका भूकम्प र पहिरोबाट बिस्थापित भएकाहरुलाई कुनै सुरक्षित ठाउँमा एकिकृत बस्ती बनाएर राख्ने सकिने सम्भावना औँल्याएकी छिन् । त्यसका लागि सरकार र सरोकारवाला निकायसँग पत्रकारले समन्वय गर्न सुझाव दिएकी छिन् । धुर्मुस सुन्तली फाउण्डेशन पिडितको पिडामा मल्हम लगाउने कार्यमा सम्बन्धित निकायलाई घच्घचाएर अघि बढ्ने उनीहरुले बताएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: