Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

स्थानीय तहमा कर्मचारी व्यवस्थापनः नगरपालिका र गाउँपालिकामा ७० कर्मचारी

\"karmachari-500\" काठमाण्डौं, २१ मंसिर ।सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको पुनःसंरचनासँगै स्थानीय तहको शीघ्र कार्यान्वयनका लागि प्रशासनिक जटिलता आउन नदिन आवश्यक कर्मचारी व्यवस्थापनलगायत प्रशासनिक कार्यको आन्तरिक तयारी सुरु गरेको छ । पुनःसंरचनापश्चात स्थानीय निकायहरु स्वतः भङ्ग हुनेछन् र अधिकारसम्पन्न स्थानीय तह क्रियाशील रहनेछन् । त्यस्तो अवस्थामा नयाँ दरबन्दी र संरचनाको सिर्जना गर्नुपर्ने हुन्छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन आएपछि तत्काल स्थानीय तह कार्यान्वयनमा जाने हुँदा नयाँ संरचनाअनुसार कार्य सम्पादनका लागि समस्या नआओस् भनेर कर्मचारीको व्यवस्थापन गर्न गृहकार्य सुरु गरिएको बताए । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण आयोगले स्थानीय तहको सङ्ख्याका बारेमा केही दिनभित्रै सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ । मन्त्रालयले कर्मचारी व्यवस्थापनबारे बृहत अध्ययन गर्न प्रशासन महाशाखाका सहसचिव चक्रबहादुर बुढाको संयोजकत्वमा विभिन्न शाखाका १० उपसचिवसहितको एक कार्यदल गठन गरेको छ । कार्यदललाई स्थानीय तहका कर्मचारीको कसरी व्यवस्थापन गर्ने, कर्मचारीको संरचना कस्तो हुने र सेवा गठनबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने कार्यदेश दिइएको छ । कार्यदलले छिट्टै नै अध्ययन प्रतिवेदन बुझाउने संयोजक बुढाले बताए । “हामी अब यही साताभित्र कर्मचारी व्यवस्थापनको प्रारम्भिक खाकासहितको प्रतिवेदन बुझाउँछौँ ”  उनले भने । मन्त्रालयले महानगर र उपमहानगरपालिमा सहसचिव कार्यकारी प्रमुख रहने व्यवस्थाको तयारी गरेको छ । अहिलेको एक मात्र काठमाडौँ महानगरपालिकामा सहसचिव नै कार्यकारी प्रमुख रहेका छन् भने उपमहानगरपालिकामा उपसचिव कार्यकारी प्रमुख रहँदै आएका छन् । त्यस्तै नगरपालिका र गाउँपालिकामा उपसचिव कार्यकारी प्रमुख रहने व्यवस्था गर्न लागिएको छ । यसअघि नगरपालिकाको कार्यकारीमा केही उपसचिव र अधिकांश अधिकृतस्तरका कर्मचारी तथा गाविस सचिवमा केही अधिकृत र अधिकांश नायब सुब्बा, खरिदार तहका कर्मचारी रहँदै आएका थिए । अब महानगरपालिकामा ९ देखि १२ वटा विभाग तथा महानगर र उपमहानगरपालिकामा ९ देखि १२ वटा महाशाखा रहेनछन् । नगरपालिका र गाउँपालिकामा भने १० देखि १५ वटा शाखा रहनेछन् । महानगर र उपमहानगरका वडा सचिवमा अधिकृतस्तरको कर्मचारी रहने अनिवार्य व्यवस्था गर्न लागिएको छ भने नगरपालिका र गाउँपालिकाको वडा सचिवमा नायब सुब्बास्तरका कर्मचारी रहनेछन् । अहिलेको संरचनामा गाविस सचिवको नेतृत्व अधिकृत, नायब सुब्बा र खरदार तहका कर्मचारीले गर्दै आएका छन् । महानगर र उपमहानगरपालिकामा हाल कार्यरत कर्मचारीबाट नै सेवा प्रवाह गराउने मन्त्रायको योजना छ । नगरपालिका र गाउँपालिकामा भने शिक्षा र स्वास्थ्य सेवाबाहेक अधिकृत र सहायकस्तर गरी करिब ५० देखि ७० जना कर्मचारी रहनेछन् । अहिले जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिमा करिब १७ हजार कर्मचारी कार्यरत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending