Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

इसाई धर्मावलम्बीहरु ‘क्रिसमस डे’ मनाउँदै

\"\"काठमाडौं, १० पुस । इसाई धर्मावलम्बीहरु आइतबार क्रिसमस डे मनाइरहेका छन् । क्रिश्चियन धर्मका प्रर्वद्धक येशु ख्रीष्टको जन्मोत्सवका दिन डिसेम्बर २५ तारिखमा विश्वभरका इसाई धर्मालम्वीहरुले क्रिसमस डेका रुपमा मनाउने गरेका हुन् । उनीहरुले एकआपसमा शुभकामना आदान प्रदान गरी क्रिसमस डे मनाउँछन् । नेपालमा पनि इसाई धर्मावलम्बीहरुको संख्या बढ्दै जाँदा क्रिसमस डेको महत्व बढाइँदै गएको छ । इसाई धर्मालम्वीहरुले नजिकैको चर्चमा भेला भई आज क्रिसमस शुभकामना आदान प्रदान गरिरहेका छन् । नेपालमा आठ हजार ५ सय चर्च र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको सरकारी तथ्याङ्क छ । राजधानीका होटलहरुमा शनिबारदेखि नै क्रिसमस डेको रमझम चलिरहेको छ । क्रिसमसको अवसर पारेर राष्ट्रिय ख्रिष्टियन महासङ्घले राष्ट्रिय नाँचघरमा आइतबार दिउँसो बिशेष कार्यक्रम आयोजना गरेका छन् । क्रिसमस डे का अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । अघिल्लो सरकारले भने क्रिसमस डेको सार्वजनिक विदा कटौती गरेको थियो । को हुन् सान्ता क्लस ? सान्ता कलस जो सय वर्ष अगाडि सेन्ट निकोलसका नामले चिनिन्थे भनी विश्वास गरिन्छ । सेन्ट निकोलसको जन्म २८० एडी मा टर्कीको पटरा भएको हो । सेन्ट निकोलसको जन्म जिससको निधन भएको २८० वर्षपछि भएको मानिन्छ । उनले बाल्यकालमा नै आमा बाबु गुमाएका थिए । सानैदेखि उनी यशुप्रति आस्था राख्थे । ठूलो भएपछि उनी इसाई धर्म गुरु बनेका थिए । उनी उनको दयाभावका कारण सवैको प्रिय पात्र रहेको कुरा पौराणिक कथाहरुमा पाइन्छ । उनले आफ्नो सम्पूर्ण लगाव, धन, सम्पति सवै त्यतिबेलाका गरीब, असहाय र विपन्नहरुका लागि खर्चिएका थिए । सेन्ट निकोलसको कथाबाट अर्को उनको अनुकरणीय कार्य के देखिन्छ भने उनले आफ्नै बाबुबाट दाइजोसहित बिवाह गरेको भन्दै दासको रुपमा बेचिएका तीन जना गरिब दिदीबहीनीहरुको उद्धार गरेका थिए । जसका कारण धेरै वर्षसम्मको निकोलसको प्रसिद्धि बालबालिकाहरुको संरक्षकको रुपमा रह्यो । सान्ताले केटाकेटीहरुका लागि खेलौनाहरु लिएर आउने भएकाले केटाकेटीहरुले पनि औधि मन पराउँथे । अहिले पनि केटाकेटीहरु सान्तालाई निकै मन पराउँछन् । हरेक डिसेम्बर ६ मा उनको सम्झना मनाउने गरिन्छ । परम्परागत रुपमा डिसेम्बर ६ लाई भाग्यशाली दिन अर्थात सवैका लागि विवाह स्वीकार्य भएको दिनको रुपमा लिइन्छ । त्यस मानेमा सेन्ट निकोलस युरोपका साथै विशेषगरी उनी हल्यान्डमा निकै चर्चित रहेका छन् । होल्याण्डमा उनी सिन्टर क्लस उपनामले चिनिन्थिे । क्रिसमससँग कुनै सम्बन्ध नरेका सान्तालाई परमेश्वरले पठाएको दूत भन्ने पनि विश्वास गरिन्छ भने कतिपयले सान्ता क्लस येशुका पिता भएको समेत बताउँछन् । त्यसकारण क्रिसमस डेका दिन उनको सम्झनामा विश्वकै इसाई धर्मावलम्बीहरु बालकदेखि वृद्धसम्म सेतो बोर्डरमा रातो रंगको कपडा लगाउँछन् । सान्ताले जिंगल बेल गीत गाउँदै सेतो बोर्डरमा रातो रंगको कपडा लगाउने भएकाले उनीजस्तै बन्न इसाई धर्मावम्बीहरु क्रिसमस डेम यस्तो कपडामा रमाउन चाहन्छन् । सान्ताको सेता लहलहाउँदो दाह्री भएकाले कतिपयले उनको जस्तै नक्कली सेतो दाह्री बनउने गर्दछन् । तुर्किमिनिस्तानको मीरा नामक शहरमा सन्त निकोलासको नामबाट सान्ता क्लसको नाम राखिएको मान्यता छ । इसाको चौथो शताब्दीमा सान्ता क्लस प्रचलनमा आए । उनको भेषमा सन्तहरूले गरीब र असहाय बच्चाहरूलाई उपहार दिने गर्थे । हिजोआज भने क्रिसमस डे सान्ता क्लसमय हुने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending