Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बौद्धमा सार्वजनिक सुनुवाई, अग्निपीडितलाई सहयोग

काठमाडौ, १० पुस । राजनीतिक अस्थिरताका कारण स्थानीय निकायमा जनप्रतिनिधि विहिन भइरहेको परिप्रेक्ष्यमा स्थानीय शान्ति सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम बौद्धस्तुप परिसरमा सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बौद्धको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरीवृत्त बौद्धका प्रमुख प्र.ना.उ. विपिन रेग्मी थिए भने कार्यक्रमका सभापतित्व सामुदायिक सेवा केन्द्र, बौद्धका संस्थापक अध्यक्ष/वर्तमान संरक्षक जयमंगल लामाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि महानगरीय प्रहरीवृत्त बौद्धका प्रमुख विपिन रेग्मीले समुदायको शान्ति सुरक्षाको अभिङ्ग अङ्ग समुदायका प्रत्येक व्यक्ति सजक रहनु हो, तसर्थ प्रहरीलाई सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवाका व्यक्तिहरुले सही र सत्य सूचना दिएकै आधारमा हामीले समुदायमा शान्ति सुरक्षाको प्रत्याभूति दिन सक्ने कुरामा जोड दिँदै यस्ता कार्यक्रमहरु समुदायमा बारम्बार आयोजना हुन सकेको खण्डमा थप प्रभावकारी हुने बताए । ‘विगतमा भन्दा अहिले बौद्धमा स्थानीय शान्तिसुरक्षाको अवस्थामा निकै सुधार आइसकेको बताउँदै सामुदायिक सेवा केन्द्रले अझैं पनि यस्ता गलत क्रियाकलापहरु न्यूनीकरण गर्नको लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेको छ ।’ मन्तव्यका क्रममा स्थानीय समाजसेवी गजेन्द्रकुमार लामा बताए । त्यस्तै मन्तव्यकै क्रममा वित्तीय क्षेत्रको तर्फबाट झ्यारुङ खस्योर सहकारीका अध्यक्ष टासिकुमार लामाले ‘स्थानीय शान्ति सुरक्षाको सवालमा नयाँ प्रविधिहरुको प्रयोग गरी नयाँ प्रविधिमा प्रवृष्ट भएका आधारमा दोषीलाई कारवाही गर्न सकिने भएकाले प्रविधिको अधिकतम रुपमा सहयोग लिन सक्नुपर्ने कुरालाई जोड दिए । त्यस्तै, ‘बौद्धस्तुप राज्यको मात्र सम्पत्ति नभई विश्वकै सम्पत्ति हो, त्यसलाई हामीले सुव्यवस्थित ढंगबाट राख्नुपर्छ । यहाँका समस्याहरुलाई समाधान गर्नको लागि सम्बन्धित पक्षबाट ध्यान नदिएको हो कि जस्तो लाग्छ,’ स्थानीय समाजसेवी नेपालजीत लामाले बताए । उक्त अवसरमा सामुदायिक सेवा केन्द्र, भोजपुरका अध्यक्ष लिलामाया तामाङलाई भोजपुर सदरमुकाममा आगलागी भएका अग्निपीडितहरुको सहयोगार्थ रु. ६० हजार संकलन गरी हस्तान्तरण गरिएको जानकारी सामुदायिक केन्द्रका महासचिव वीरबहादुर वाइवाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending