यीनै हुन् सरकारी गाडीमा आगजनी गर्ने एमाले कार्यकर्ता : सरकारी कर्मचारीदेखि राष्ट्रपतिको सहयोगीसम्म
पौष १६ गते, २०७३ शनिवार 31st December, 2016 Sat०८:५८:०८ मा प्रकाशित
काठमाडौं, १६ पुस ।शुक्रबार एमाले युवा संघका उपाध्यक्ष रमेश पौडेलको नेतृत्वमा बानेश्वरको इन्द्रेणी कम्प्लेक्स अगाडी भएको आगजनिमा सरकारी कर्मचारी समेत संलग्न भएको पाइएको छ ।
इन्द्रणी कम्प्लेक्स सँगै रहेको एमाले युवासंघको केन्द्रिय कार्यालयमा बैठक बसेर आगजनिको निर्णय भएको यस आगजनिमा राष्ट्रपतिकी सहयोगी सुमित्रा थापा, सरकारका प्राविधिक रमजी सापकोटा, कृषि अनुसन्धान केन्द्र खुमलटारकी कर्मचारी सरस्वति खड्का र गुप्तचर अनुसन्धान व्युरोका कर्मचारी अशोक रावल संलग्न रहेको देखिएको छ ।
[caption id=\"attachment_110216\" align=\"alignleft\" width=\"955\"] तोडफोडमा संलग्नहरु, तोडफोडपछि युवा संघको कार्यालयमा । फोटो स्रोत : नेपालआज[/caption]
स्रोतका अनुसार एमाले युवा संघका केही नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटा कार्यक्रममै बानेश्वर आगजनिबारे अनुमति लिएका थिए । शुक्रबार दिउसो तुलसीलाल अमात्य स्मृति भवनमा गोपीरमण उपाध्याको किताव बिमोचन कार्यक्रममा पुगेका ओलीलाई एमाले युवा संघका केही नेताले कानमा खुशुक्क केही सल्लाहा गरेको केही समयमै भएको बानेश्वर आगजनिमा ओलीको समेत अनुमति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
[caption id=\"attachment_110217\" align=\"alignleft\" width=\"311\"] राष्टपतिकी सहयोगी । फोटो स्रोत : नेपालआज[/caption]
आगजनिपश्चात चौतर्फी विरोध मात्रै भएको छैन । स्वंयम एमालेका युवा नेताहरु रविन्द्र अधिकारी र रामकुमारी झाक्रीले समेत यस्तो घटनाको विरोध मात्रै गरेका छैनन् , सरकारलाई कारवाही गर्न समेत भनेका छन् ।
तर स्रोतका अनुसार बन्द, हड्ताल र तोडफोडको बारेमा बाहिर जति नै विरोध गरेपनि अधिकारी र झाक्रीहरुले पार्टीभित्र कुरा भने उठाउँदैनन् । बुटवल बन्द, गाडी तोडफोड लगायतका घटनामा पनि अधिकारीले विरोध गरेका थिए ।
सरकारका कर्मचारी लगायतका एमाले युवा संघका कार्यकर्तालाई यसघटनापश्चात सरकारले के कारवाही गर्छ ? विप्लव माओवादीका कार्यकर्तालाई नेपाल बन्द गर्दा समेत नछोड्ने सरकारले एमाले कार्यकर्ताको यस्तो उदण्डता माथि सहन गर्छ या कारवाही ?
प्रहरीको वान्टेड पनि सहभागी
साथै याँहा उल्लेखित फोटोमा कालो ज्याकेट सहित देखिएका विपिन ढकाल, मोरङ पुलिसका वान्टेड हुन् । उनले दर्जनौं सार्वजनिक मुद्दा खेपीरहेकामात्रै छैनन् २ वर्ष अघि कान्तिपुरका पत्रकार माधव बस्नेतमाथि हातपात समेत गरेका अपराधि पृष्ठभुमिका मानिस हुन् । उनी युवा संघका सामान्य कार्यकर्ता रहेको तर अपराधिक पृष्ठभुमि भएकाले मोरङ प्रहरीले खोजी गरिरहेको प्रहरीले बतायो ।
यसरी जलाइएको थियो सरकारी गाडी ( फोटो – माधव सापकोटा )
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: