Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सार्वजनिक ठेक्का अब एकै अनलाइनबाट, अनियमितता र गुण्डागर्दी अन्त्य हुने

\"\" काठमाडौँ, १७ पुस । सार्वजनिक खरिद प्रक्रियामा अब कुनै पनि प्रकारको अनियमितता र गुण्डागर्दीले काम गर्ने छैन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आजदेखि सञ्चालनमा ल्याएको विद्युतीय खरिद प्रणालीले सबै प्रकारको सार्वजनिक खरिदलाई एउटै माध्यमबाट अगाडि बढाउने प्रणालीको विकास गरेको छ । सो प्रणालीलाई विद्युतीय खरिद प्रणाली(इजिपी) नाम दिइएको छ । विभिन्न अनलाइन पोर्टलका माध्यमबाट अगाडि बढाइँदै आएको सार्वजनिक खरिदलाई अबदेखि एउटै वेबसाइट बोलपत्र डट जिओभी डट इनपी कम (www.bolpatra.gov.np)बाट एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक आवमा विनियोजन गरेको कुल बजेटको ७० प्रतिशत बजेट सार्वजनिक खरिदमा खर्च हुने गरेको छ । सार्वजनिक खरिदलाई पारदर्शी, आर्थिक अनुशासन एवम् विकासमैत्री बनाउनका लागि नयाँ विद्युतीय प्रणालीको सुरुवात गरिएको सो कार्यालयका सचिव रमेशकुमार शर्माले जानकारी दिए । विद्युतीय खरिद प्रणाली(इजिपी)को भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आज सुभारम्भ गरे । यसअघि सार्वजनिक खरिदको काम विभिन्न मन्त्रालयले आफैँ तयार पारेको अनलाइन प्रणालीबाट अगाडि बढाउँदै आएको थियो । ती सबै प्रणाली बन्द गरेर एकद्वार प्रणालीबाट कार्य अगाडि बढाउन लागिएको सचिव शर्माको भनाइ छ । सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको समयानुकूल सुधार तथा नयाँ व्यवस्थाले सार्वजनिक खरिदलाई थप व्यवस्थित र मर्यादित बनाएको भन्दै सचिव शर्माले २०७१ सालबाट सुरु भएको विद्युतीय प्रणाली थप परिस्कृत र मर्यादित बनेको बताए । उक्त प्रणालीको उद्घाटन गर्दै मन्त्री लेखकले आर्थिक प्रशासनलाई पारदर्शी बनाउन, ठेक्काको बन्दोबस्तीलाई नियमसङ्गत बनाउन अगाडि ल्याइएको विद्युतीय प्रणाली नेपालको सन्दर्भभमा क्रान्तिाकारी कदम भएको बताए । छिटोछरितो रुपमा विकास निर्माण तथा भौतिक विकासको काम गर्न नयाँ प्रणाली सहयोगी सिद्ध हुने उल्लेख गर्दै उनले काम पन्छाउने, जिम्मेवारीबाट विमुख हुने तथा मनोमानी गर्न खोज्ने जोकोहीलाई पनि नयाँ प्रणालीले कर्तव्यप्रति जिम्मेवार बनाउने उल्लेख गरे । प्रविधिको सुरक्षा, त्यसको समयानुकूल परिवर्तन तथा साइबर सुरक्षाको विषय अह्म भए पनि विस्तारै सुधार हुँदै जाने भएकाले विद्युतीय प्रणाली आमचासोको विषयसमेत बन्नेतर्फ विशेष ध्यान दिन आग्रह गरे । मुलुकको विकास निर्माण प्रक्रियाले गति नलिएको, पुलपुलेसा, सडक तथा भौतिक पूर्वाधारका काममा भइरहेको ढिलाइप्रति सरकार गम्भीर रहेको भन्दै मन्त्री लेखकले कुनै पनि वाहना गरेर काम पर सार्ने, लागत बढाउने, काम नगर्न त्यसो भएको पाइए कडा कारबाही गरिने चेतावनी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending