Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

विद्युत चोर्ने समूहबाटै कर्मचारी बन्धक

काभ्रे, चोरी गरिरहेको बिजुलीको लाइन काट्न गएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई चोरी गर्ने समूहले तीन घन्टासम्म बन्धक बनाएको छ । आजको राजधानी दैनिकमा खबर छ–विद्युत् चोरी गरेको सूचना आएपछि काभ्रेको पातलेखेत पुगेका नेपाल विद्युत् प्राधिकरणका नौजना कर्मचारीलाई फार्म सञ्चालकले तीन घन्टा अपहरणशैलीमा नियन्त्रणमा लिएर बन्धक बनाएका हुन् । सरकारी कर्मचारी बन्धक बनेको थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी निरीक्षक नेतृत्वको कमान्डो फोर्सले विद्युत् कर्मचारीलाई मुक्त बनाएको छ । एक साताअघि मात्रै उद्घाटन गरिएको १५ करोडको फार्मले चोरीको बिजुली प्रयोग गरेको सूचनाका आधारमा पुगेको टोलीमाथि गुरिल्ला शैलीमा गेटभित्र लगेर बन्धक बनाएको कर्मचारीले बताएका छन् । विदेशबाट गाई मगाएर नेपालमै नमुना गाई फार्म स्थापना गर्ने भन्दै काभ्रेको पातलेखेतमा लगानी सुरु गरेका एमाओवादी नेता रामबहादुर गौतमको फार्मका कर्मचारीले प्राधिकरणको गाडीसहित नौजनालाई करिब तीन घन्टा बन्धक बनाएका थिए । बन्धक पर्ने कर्मचारीले आफूहरूले तीन घन्टा सयौं वर्ष बिताएको जस्तो भएको बताए । बन्धक बनाइएका कर्मचारीमा प्राधिकरणका इन्जिनियर राजमान श्रेष्ठ, सरोज ढुंगाना, सहायक प्रशिक्षक केशव शर्मासहित नारायण पण्डित, ध्रुव खड्का, हरिराम वन, भीमबहादुर गुरुङ रहेका छन् । उनीहरूले प्रयोग गरेको विद्युत् प्राधिकरणको बा१य १२९३ नम्बरको सवारीसमेत नियन्त्रणमा लिइएको थियो । करिब १५ करोडको लगानीमा सञ्चालन गरिएको गाई फार्ममा चोरीको बिजुली प्रयोग भएको पाएपछि विद्युत् काट्न पुगेका विद्युत् प्राधिकरणका कर्मचारीहरूले करिब तीन घन्टापछि बन्धकमुक्त भएसँगै पुनर्जीवन पाएको महसुस गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: