Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जानकारीको अभावमा अधिकारबाटै वञ्चित छन् अपाङ्गता भएकाहरु

काठमाडौँ, २१ चैत । शारीरिक रूपमा अपाङ्गता भएका झापाका सुमन पोखरेल अपाङ्गता भएका व्यक्तिको अधिकारबारे अनभिज्ञ हुँदा सरकारबाट प्राप्त हुने सुविधा लिन असमर्थ भएका छन् । सात वर्ष पहिले सवारी दुर्घटनामा परी एउटा हात गुमाएका २७ वर्षीय सुमनलाई सरकारले वितरण गर्ने अपाङ्गता भएका व्यक्तिको परिचयपत्रबारे समेत थाहा छैन । सरकारले परिचयपत्र वितरण गर्दै आएको छ भन्नेबारे जानकारी नहुँदा सुमन अपाङ्गता भएका व्यक्तिले पाउने धेरै अधिकारबाट बञ्चित हुनुपरेको छ । सुमन मात्र होइन, सूचनाको अभावमा राज्यबाट प्राप्त हुने सेवा, सुविधा, अवसर एवम् सहुलियत र अधिकारबाट अपाङ्गता भएका धेरै व्यक्ति वञ्चित भएका छन् । अपाङ्गता भएका व्यक्तिलाई सरकारले अपाङ्गताको प्रकृतिअनुसार पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, माध्यम अपाङ्गता र सामान्य अपाङ्गता गरी चार वर्गमा विभाजन गरेको छ । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण निर्देशिका, २०६५ अनुसार परिचयपत्र पनि वितरण गर्दै आएको छ । अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ अनुसार शरीरका अङ्ग र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक, सामाजिकका साथै दैनिक क्रियाकलापमा सामान्य रूपमा सञ्चालन गर्न एवम् सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई अपाङ्गता भनिन्छ । राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदी अपाङ्ग भएका व्यक्तिलाई सामाजिक तथा पारिवारिक रूपमा विभेद गरिएको तथा सूचनाको अभावमा राज्यबाट पाउनुपर्ने सेवा सुविधानबाट समेत वञ्चित हुनुपरेको गुनासो गर्छन् । परिचयपत्रका आधारमा अपाङ्गताको प्रकृति हेरेर अपाङ्गता भएका व्यक्तिले पाउने सेवासुविधा र अवसरको प्राथमिकीकरण गरिएको हुन्छ । प्रचलित ऐनअनुसार अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा, न्याय, अधिकार र समानता प्रदान गरी उपयुक्त अनुकूलतासहित विकास प्रक्रिया र राज्यका संयन्त्रमा समावेश गराउने उद्देश्यले परिचयपत्र वितरण भएको हो । अपाङ्गतासम्बन्धी काम गर्ने सङ्घ/संस्था तथा अधिकारकर्मीले लामो समयदेखि राज्यका हरेक संरचनामा अपाङ्गता भएकाहरुको समान सहभागिता हुनुपर्ने, अपाङ्गमैत्री भवन, अपाङ्गमैत्री सडक हुनुपर्नेलगातयत माग गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies