Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सुन्तलामा अात्मनिर्भर बागलुङः बार्षिक १३ करोड बढी अाम्दानी

\"\"बागलुङ, २३ पुस । जिल्लामा यो वर्ष तेह्र करोड रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले उत्पादन बढेको छ । जिल्लाभरी तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषिप्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिए । सरदर रु ४० प्रति किलोमा बिक्री भएको सुन्तलाबाट किसानले रु १३ करोड ६० लाख आम्दानी गरेको अधिकृत अधिकारीले बताए । कात्तिक–मङ्सिरमा रु ३५ देखि ४० मा बिक्री हुने सुन्तलाको मूल्य अहिले बढेर रु। ६० देखि ७० पुगेको छ । कुल उत्पादनमध्ये ७० प्रतिशत जिल्ला बाहिर निकासी र ३० प्रतिशत सुन्तला जिल्लामै खपत हुने गरेको अधिकृत अधिकारीले बताए । यसरी बाहिर निकासी भएको दुई हजार ३८० टन सुन्तलाबाट रु नौ करोड ५२ लाख रकम जिल्लामा भित्रिएको छ भने रु चार करोड आठ लाखको सुन्तला जिल्लाभित्रै बिक्री भएको छ । यो वर्ष जिल्लामा पाँच सय ९८ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको छ । अघिल्लो वर्षसम्म चार सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको थियो । बगैँंचा, रोग, कीराको व्यवस्थापन, प्रविधि, सामग्रीको प्रयोग, उतपादनशील बोटको वृद्धि, अनुकुल मौसम जस्ता कारणले यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘यो वर्ष मौसम पनि अनुकुल प¥र्यो, फूल खेल्दा असिना, हावा, हुरी चलेन’ अधिकृत अधिकारीले भन्नुभयो– ‘उत्पादनशील बिरुवा पनि योवर्ष बढे ।’ गत वर्ष चार सय ९७ हेक्टर क्षेत्रफलमा जम्मा दुइृ हजार ९९६ मेट्रिक टन सुन्तला फेलेको थियो । बागलुङमा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, चितवन, बुटबल, गुल्मीलगायतका ठाउँमा निर्यात हुने गरेको छ । यहाँका किसानले सुन्तला भण्डारणसमेत गरेर पछिसम्म बिक्री गर्ने गरेका छन् । फागुन–चैतमा प्रतिकिलो सुन्तला रु एक सय भन्दा बढीमा बिक्री हुने गरेका छन् । सुन्तला व्यापारी किसानको बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीले सुन्तलाको बोट नै ‘ठेक्का’ मा लिने गरेको बिहुँ गाविसका अगुवा किसान बालानन्द कँडेलले बताउनुभयो । एकै किसानले सुन्तला बिक्रीबाट लाखाँैं रुपैयाँ आम्दानी गरेका छन् । जिल्लाका दर्जन बढी गाविसलाई जिल्ला कृषि विकास कार्यालयले सुन्तलाको ‘पकेट क्षेत्र’को रुपमा घोषणा गरेको छ । सबैभन्दा बढी बिहुँ गाविसमा सुन्तलाखेती विस्तार भएको छ । उक्त गाविसमा मात्र १२ हजार भन्दा बढी बोटले फल दिइरहेको कृषक बताउँछन् । वर्षमा रु चार करोड बराबरको सुन्तला बिहुँ गाविसमा मात्र उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले उक्त गाविसलाई ‘सुन्तला गाउँ’को रुपमा घोषणा गर्ने योजना पनि बनाएको छ ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending