Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

एभोकाडोको एउटै बोटबाट ५० हजार आम्दानी

\"\"पोखरा, २४ पुस । पोखरा उपमहानगरपालिका–१७ विरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष रु ५० हजार आम्दानी गरेकी छन् । नौ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर दुई सय केजी फल बिक्री गरेको उनले बताइन । “उत्पादन भएको फल बिक्री हुँदैन कि भन्नु पर्दैन, घरबाटै प्रतिकेजी रु दुई सय ५० का दरले बिक्री हुने गरेको छ,” उनले भनिन्, “स्वास्थ्य र आम्दानीको हिसाबले राम्रो हुने भएकाले दुई वर्षअघि दुईवटा बिरुवा थपेकी छु ।” जेठ–असार महिनामा फुल्ने र पुस महिनामा पाक्ने गरेको यो फल टिपेको चार–पाँच दिनपछि मात्र खान उपयुक्त हुने बताउँदै उनले नयाँ फल उत्पादनसँगै बिक्री गरेर आम्दानी हुन थालेकामा खुसी व्यक्त गरिन । एक महिनाको अवधिमा लगभग ७० केजी एभोकाडो बिक्री गरेको बताउने विरौटाका व्यापारी वसन्त भण्डारीका अनुसार एकपटक स्वाद लिएको ग्राहकले पटकपटक खोज्ने गरेका छन् । एभोकाडो पोखराको बजारमा रु तीन सय ५० देखि छ सयसम्ममा बिक्री हुने गरेको छ । नेपालमा घिउ फलको उपनामले परिचित एभोकाडोको फल बाहिरबाट बिक्रीका लागि ल्याइए पनि उत्पादनको हिसाबले कास्की जिल्लाका लागि भने नौलो मानिन्छ । आँपजस्तो आकारमा तर गोलो फल्ने प्रोटिनयुक्त एभोकाडोको फल मधुमेह र मुटु रोगका बिरामीलाई समेत उपयोगी हुने भएकाले यसको माग बढ्दै गएको छ । संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ । बहुगुणी बहुमूल्य यस फलको विस्तार र व्यावसायिक उत्पादनका लागि सरकारीस्तरबाट समेत चासो दिन थालिएको छ । कृषि अनुसन्धान केन्द्र बागवानीमा परीक्षणका लागि लगाइएका १२ वटा बोटले उत्पादन दिन थालेको बताउँदै बागवानी प्रमुख तीर्थराज पोख्रेलले प्रत्येक वर्ष बागवानीबाट दुई सय बिरुवा वितरण हुँदै आएको जानकारी दिए । उनका अनुसार कास्की जिल्लाका साथै स्याङ्जा, लमजुङ, तनहुँ लगायतका जिल्लामा पनि पछिल्ला वर्षमा एभोकाडोको खेती विस्तार हुँदै गएको छ । पाकेपछि गिलो हुने यो फलको स्वाद भने खल्लो तर बासनायुक्त हुन्छ । यसको पात र डाँठ भने काउलोसँग मिल्दोजुल्दो हुन्छ । एभोकाडो मध्यअमेरिका र मेक्सिकोमा उत्पत्ति भएको यो उष्ण प्रदेशीय फल हो । प्रशस्त रेशा हुने एभोकाडो फल आँखाको दृष्टि र पाचन प्रणालीका लागि लाभदायी मानिन्छ । क्यान्सर रोगी र गर्भवती महिलाका लागि एवम् मोटोपन घटाउनसमेत यो फल उपयोगी मानिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy