संविधान संशोधनको प्रस्ताव पारित हुन्छ कि हुँदैन ? यस्तो छ संसदको अंक गणित
पौष २५ गते, २०७३ सोमवार 9th January, 2017 Mon०९:३५:३० मा प्रकाशित
काठमाडौं, २५ पुस । आइतबार सरकारले संसदमा संविधान संशोधन विद्येयक टेबल गराएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका ९ अन्य साना दलहरुको लगातार ४० दिन लामो संसद अवरोधको सम्भवत अन्त्य पनि भएको छ ।
तर टेबल भएको संविधान संशोधन विद्येयक पारित गर्नका लागी संसदमा हाल कायम रहेको संख्याका आधारमा ३९८ मतको दुईतिहाइ आवश्यक हुन्छ ।
मधेशवादी दल लगायतले संशोधनप्रति समर्थन जनाइसकेपश्चात एकताबद्द भएको राप्रपाको ३७ मत नै निर्णायक मत रहेकोले सरकार र प्रमुख प्रतिपक्षी एमालेले राप्रपालाई आआफ्ना कित्तामा ल्याउन प्रयत्न गरिरहेको भएपनि राप्रपाका अध्यक्ष कमल थापाले भने प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डलाई संशोधनको पक्षमा मत हाल्ने बचन दिइसकेको बताइन्छ ।
संशोधनलाई सुधार गर्नुपर्ने बताईरहेको राप्रपा एमालेजस्तो संशोधन प्रस्तावकै खिलापमा आजसम्म छैन । राप्रपाको मत बाहेक सरकारलाई दुईहिाई पुर्याउन ठुलो मेहेनत गर्नुपर्ने अवस्था छैन । नेपाली कांग्रेस २०७, नेकपा माओवादी केन्द्र ८०, मधेसवादी दल ४३, राप्रपा ३७ र गच्छदार फोरम १४ गरी ३८१ मतको सहज अवस्थामा सरकार छ भने बाँकी मतका लागी साना दलहरुसँग प्रधानमन्त्री प्रचण्ड तथा नेपाली कांग्रेस नेता शेर बहादुर देउवाले छलफल चलाईरहेका छन् ।
सना दलहरुमध्यका केही दलका नेताहरुले संशोधनको पक्षमा मतदान गर्ने करिब पक्का जस्तै हुँदा सरकारलाई ३ मत नपुगेको र त्यो पनि पुर्याउने सरकारका एक मन्त्रीले खबरडबलीसँग बताए ।
यता संशोधनको विपक्षमा रहेको नेकपा एमालेले भने राप्रपा नेपाल लगायतका साना दलहरुलाई संशोधनको विपक्षमा मतदान गराउनका लागी प्रयत्न गरिरहेको छ ।
केके मा छ संशोधन ? भाषा : भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजका भाषा निर्धारण गर्ने विषय संविधानको अनुसूचीमा समावेश हुनेछ ।
नागरिकता : नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि संघीय कानुनबमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्नेछन् ।
राष्ट्रिय सभामा प्रतिनिधित्व : प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचनमण्डलद्वारा संघीय कानुनबमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा एकजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित तीनजनाका दरले २१ र बाँकी ३५ जना प्रत्येक प्रदेशको जनसंख्याको अनुपातमा निर्वाचित हुने गरी जम्मा ५६ जना निर्वाचित हुनेछन् । तर, प्रदेशबाट ३५ जना सदस्य निर्वाचित गर्दा सम्बन्धित प्रदेशको जनसंख्याको अनुपातमा १४ जना महिलाको प्रतिनिधत्व हुने गरी निर्वाचित गरिनेछ ।
मातृभाषा : नेपालमा बोलिने सबै मातृभाषाहरूको सूची तयार गरी भाषा आयोगले सरकारलाई सिफारिस गर्नेछ ।
सीमांकन : प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रोल्पा, प्युठान, रुकुमको पूर्वी भाग गरी १७ जिल्ला रहने छन् भने । प्रदेश नम्बर ५ मा नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्ला समावेश गरिएको छ ।
सरकारले दर्ता गरेको संशोधन प्रस्ताव
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: