Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सिन्धुलीमा पहिलो पटक सामुदायिक होमस्टे

\"\"काठमाडौं, २६ पुस । सिन्धुली जिल्लामा पहिलो होमस्टे संचालनमा आउने भएको छ । होमस्टेको पूर्वाधार तयार गर्न समृद्ध सिन्धुली अभियानले सिन्धुली उद्योग बाणिज्य संघ र पर्यटन बोर्डसँग मिलेर स्थानीय बासिन्दालाई तालिम दिएको छ । ऐतिहासिक सिन्धुलीगढी घुम्न जाने पर्यटक लक्षित गरेर त्यस वरपरका क्षेत्रमा सामुदायिक होमस्टे संचालन गर्न लागिएको हो । संमृद्ध सिन्धुली अभियान र सिन्धुली उद्योग बाणिज्य संघको सहकार्यमा सिन्धुलीगढी वरपरका गाउँमा पहिलो चरणमा ३० घरधुरीमा होमस्टे संचालन हुनेछन् । होमस्टे संचालन पूर्वाधार स्थापना लगायतका काम गर्न सिन्धुलीगढी होमस्टे ब्यबस्थापन समिति गठन गरिएको छ । गोविन्द लुंगेलीको अध्यक्षतामा गठित ब्यवस्थापन समितिले पूर्वाधार तयार गर्न सदस्यहरुलाई सहयोग गर्ने छ । सिन्धुलीगढी वरिपरिका चिसापानी, रतनचुरा, कालिका, भद्रकाली र तिनकन्या क्लस्टर बनाएर पूर्वाधार तयार गर्न लागिएको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठले बताए । सिन्धुली जिल्ला पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । जिल्लामा रहेको सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक बर्षको कात्तिक २४ गते गोर्खालीले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ । यस क्षेत्र जुनार उत्पादनका लागिसमेत प्रख्यात रहेकाले होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने सिन्धुली उद्योग बाणिज्य संघका उपाध्यक्ष अमरेशचन्द्र बैदारले बताए । \"\"   आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । आउँदो बर्षभर २५० आंै बिशेष बर्षका रुपमा मनाउन आवश्यक पूर्वाधार तथा तालिमहरुमा लगानी गर्न सिन्धुली उद्योग बाणिज्य संघले समृद्ध सिन्धुली नागरिक अभियानसँग मिलेर एक बर्षे कार्य तालिकामा काम गरिरहेको समृद्ध सिन्धुली नागरिक अभियानका अभियन्ता सौरभ ढकालले जानकारी दिए । अभियानले स्टोरी साइकल र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा गत कात्तिक २३ र २४ गते काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म ‘राइट टु सिन्धुलीगढी’ साइकलयात्रा आयोजना गरेको थियो । अभियानले हरेक बर्षको विजयोत्सवका बेला काठमाडौंबाट सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने योजना बनाएको छ । आउँदो कात्तिक २३, २४ र २५ गते सिन्धुलीगढीसम्म गरिने साइकलयात्रामा २५० भन्दा बढी यात्रीलाई सहभागी गराउने लक्ष लिएर पूर्वाधार तयार गर्न लागिरहेको ढकालले बताए । नेपाल पर्यटन बोडसँगको सहकार्यमा अभियानले स्थानीय बासिन्दालाई दिएको ३ दिने घरबास अभिमुखीकरण तथा अतिथ्यता तालिम सोमबार सम्पन्न भएको छ । तालिममा होमस्टे एसोसिएसनका उपाध्यक्ष केशव बराल र कोषाध्यक्ष सुरज बस्कोटाले होमस्टे संचालन कार्यबिधि तथा ब्यबस्थापनबारे सहभागीलाई जानकारी गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending