Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्रचण्डलाई राष्ट्रघातीको बिल्ला भिराउनेहरु परिवर्तनका एजेण्डा मास्ने पक्षमा छन्-छिन्ताङ

\"\" काभ्रे, ५ माघ । तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव इन्द्रबहादुर थिङ छिन्ताङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रघातीको बिल्ला भिराउनेहरु परिवर्तनका एजेण्डा मास्ने पक्षमा रहेको आरोप लगाएका छन् । काभ्रे जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित टोकेदमारमा आयोजित डाँडापारि बृहत ल्होछार कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई राष्ट्रघातीको बिल्ला भिराउनेहरु अहिले परिवर्तित एजेण्डालाई कसरी मास्ने भन्ने योजना बनाउन व्यस्त रहेको आरोप लगाएका हुन् । उनले संघीयता र नयाँ संविधानले देश टुक्रियो भन्दै हल्ला गरी परिवर्तनका एजेण्डाहरु मास्न विरोधी शक्तिहरु लागिपरेको समेत बताए । ‘देशमा अहिले संघीयता आएको छ । तर पनि यो देशका जनजातिहरुलाई अधिकार दिनहुँदैन, तामाङहरुलाई तामाङ भाषा बोल्न दिनुहुँदैन, मगरलाई मगरको अधिकार दिनुहुँदैन भन्ने तत्वहरुले अझै संविधान संघीयता भन्ने कुरा चाहिँ देश टुक्र्याउने खेल हो भनेर यो संघीयता र संविधानलाई मास्ने प्रयत्न गरिरहेको छ’ उनले भने । माओवादी केन्द्र काभ्रेका सचिव समेत रहेका उनले माओवादीकै कारण देशमा समानुपातिक समावेशि सिद्धान्त लागू भएको दावी समेत गरे । ‘माओवादीकै कारण आज देशमा समानुपातिक समावेशि सिद्धान्त लागू भएको छ’ उनले भने, ‘त्यसैले अब सबै जातजाति या भाषाभाषीले राज्यको जुनसुकै निकायमा प्रतिष्पर्धा गर्न सक्ने व्यवस्था आएको छ’ उनले समावेशि समानुपातिकतालाई लखेट्ने तत्वहरु बुटवल, पाल्पा आन्दोलनको नाममा सल्बलाईरहेको समेत बताए । उनले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई राष्ट्रघाती भन्नेहरु वास्तवमा जनजातिलाई अधिकार नदिने पक्षमा अघि बढिरहेको दावी समेत गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: