Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक

काठमाडौं, १२ माघ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल दक्षिण एशीयाकै तेस्रो भ्रष्ट मुलुकको सूचिमा राखेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल दक्षिण एशीयाकै तेस्रो भ्रष्ट मुलुकको रुपमा देखिएको अध्ययण प्रतिवेदन सार्वजनिक गरेको हो। ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ मा नेपाल २९ अंक पाएर १ सय ३१ औं स्थानमा रहेको छ। १ सय ७६ देशलाई समावेश गरेर निकालिएको सुचकांकमा नेपाल १ सय ३१ स्थानमा परेको हो । गत वर्ष नेपाल २७ अंकसहित १ सय ३० औं स्थानमा थियो । अघिल्लो वर्ष भन्दा यस वर्ष नेपालमा भ्रष्टाचार कम भएको हो कि भन्ने देखिए पनि अध्ययणले नेपालमा नीतिगत भ्रष्टाचार भने झनै बढेर गएको औंल्याएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले बताए। उनले नेपालमा राजनीतिक दलहरुकै अग्रसरतामा भ्रष्टाचार हुने गरेको पनि उल्लेख गर्नु गरे । अध्यक्ष अर्यालले राजनीतिक रुपमा हुने भ्रष्टाचार नरोकी सुशासन कायम गर्न नसकिने पनि स्पष्ट पारे। ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचकांकका दक्षिण एशीयामा सबै भन्दा भ्रष्ट देशको सुचीका भुटान परेको छ। विश्वमा भ्रष्टाचार बढदै गएको र त्यसमा सुधारका लागि अझै प्रयास गर्नुपर्नेमा पनि जोड दिइएको छ। विश्वमा सबै भन्दा कम भ्रष्ट मुलुकको सूचिमा डेनमार्क र न्यूजिल्याण्ड रहेका छन्। दुवै मुलुकले कूल १०० मा ९० अंक प्राप्त गरी सबै भन्दा कम भ्रष्ट मुलुकको सूचीमा पर्न सफल भएका हुन्। त्यसै गरी सोमालिया सबैभन्दा भ्रष्ट मुलुकको सूचिमा रहेको छ । धेरैजसो मुलुक ५० अंक ल्याउन पनि सफल भएका छैनन्। विश्वमा भ्रष्टाचार बढ्दै गएको र समस्या समाधानका लागि गरिएका प्रयास पनि सफल हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ। दक्षिण एशीयाली राष्ट्रहरुमा भ्रष्टाचारको सूचकांकमा भारत र चीन ४० अंकसहित ७९ औं स्थानमा रहेका छन्। ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वभरका सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको मापन गर्दै आएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: