Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

महिलाको हकमा नेपालले निकै फड्को मारेको छ – सभामुख घर्ती

काठमाडौँ, १२ माघ । सभामुख ओनसरी घर्तीसँग मोरिससका पूर्वराष्ट्रपति एवम् वल्र्ड लिडरसिप एलायन्स क्लब दि म्याड्रिडका उपाध्यक्ष कासाम उत्तिमको नेतृत्वमा नेपाल भ्रमणमा रहेका टोलीले शिष्टाचार भेट गरेको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज बिहान भएको भेटमा उनीहरुबीच द्वन्द्व समाप्तिपछि समाजका सबैपक्षलाई कसरी समान अवसर दिएर अघि बढ्न सकिन्छ भन्नेबारेमा अनुभव आदानप्रदान भएको थियो । भेटका अवसरमा सभामुख घर्तीले नेपालको संविधानका प्रमुख विशेषताकाबारेमा जानकारी गराउँदै कठिन अवस्थालाई पार लगाएर नेपालले अब विकास र समृद्धिको बाटो तय गरिसकेको बताइन । सो अवसरमा पूर्व राष्ट्रपति कासामले महिलाको हक अधिकार स्थापित गर्ने कार्यमा नेपालले निकै फड्को मारेकोमा त्यसको प्रशंसा गरेको सभामुख घर्तीले जानकारी दिइन । कासामले भने – “संसारका विकसित भनेका देशमा पनि तपाईंहरुको जस्तो महिलाको हक स्थापित हुन सकेको छैन, महिलाका कतिपय हकलाई अझै पनि उनीहरुले स्वीकारेको कुरा पनि परिणामले देखाउँदैन । उक्त क्लबले विश्वभरका अल्पसङ्ख्यक समुदाय जो पछि परेका छन् उनीहरुलाई विकासको प्रवाहमा ल्याउन कसरी अघि बढाएर अवसर दिलाउने भन्ने सन्दर्भमा राज्य र अरु निकायसँग मिलेर काम गर्दै आएका छन् । दश वर्षको सशस्त्र द्वन्द्वबाट नेपाल पनि भर्खरै शान्ति प्रक्रियामा अघि बढिरहेको अवस्थामा पछि परेका तथा विगतको द्वन्द्वबाट प्रभावित समुदायलाई के कसरी सम्बोधन गर्न सकिन्छ भन्ने आफ्नो अनुभव बाँड्न तथा त्यसका लागि मिलेर कार्यक्रम बनाएर काम गर्न चाहेको कुरा पनि टोलीले सभामुखसमक्ष जानकारी गराएको छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने सिलसिलामा थुप्रै मेहनत गरेको, सबैखाले कठिनाइलाई पार गरेर एउटा प्रक्रियामा अघि बढ्दै नेपालको शान्ति प्रक्रिया यहाँ आइपुगेको हँुदा अब सरासर हिँड्ने बाटो तय गरिसकेको सो अवसरमा सभामुखले टोलीलाई जानकारी गराइन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: