Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कपाल झरेर हैरान हुनुहुन्छ ? खानामा नछुटाउनुहोस यस्ता चीज

\"\"काठमाडौं, १३ माघ । कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिनुका साथै झरेको ठाउँमा कपाल पनि आउँछः फ्याटी एसिड फ्याटी एसिडले कपालका जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ । जिंक जिंकयुक्त खाना खानाले शरीरमा टेस्टोस्टेरोनलगायत हार्मोनका मात्रा सन्तुलनमा रहन्छन् । साथै, टाउकोमा चिप्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीलाई पनि यसले सक्रिय गराउँछ, जसले गर्दा टाउको र कपाल स्वस्थ हुन जान्छ । त्यही भएर जनावरको कलेजो, फर्सीको बियाँ, हाडेबादम, कुखुराको छाती, च्याउजस्ता जिंकयुक्त खाना खाने गर्नुपर्छ । प्रोटिन शरीरमा प्रोटिनको अभाव भएमा कपाल कमजोर हुनुका साथै फुल्ने पनि गर्छ । त्यही भएर खानामा दही, अण्डाको पहेँलो भाग, बदाम, राजमा, मटरकोसा, मुसुरो दाल, तोफु, कुखुराको मासुजस्ता प्रोटिनजन्य खाना खाने गर्नाले कपाल झर्न रोकिनुका साथै थप कपाल पलाउँछ । आइरन आइरनयुक्त खाना खानाले शरीरका टाउकोलगायत शरीरका कोषिकामा रगत, अक्सिजन, पोषक तत्व आदिको आपूर्ति बढेर जान्छ, जसले कपाललाई स्वस्थ र बलियो बनाउँछ । गाढा हरियो पात भएका सागपात, गेडागुडी, राजमा, खसीको मासु, अण्डाको पहेँलो भागजस्ता खानामा आइरनको मात्रा उच्च हुन्छ । भिटामिन ए र सी भिटामिन ए र सीले कपालको जरालाई बलियो बनाउँछ । भिटामिन सीले शरीरभित्र आइरनको मात्रालाई पनि बढाउँछ, जुन कपालको स्वास्थ्यका लागि उपयोगी हुन्छ । त्यही भएर ब्रोकाउली, गाजर, सखरखण्ड, फर्सीजस्ता भिटामिन ए र सी प्रशस्त मात्रामा पाइने खाना दिनहुँ खाने गर्नुपर्छ । म्याग्निसियम शरीरमा म्याग्निसियमको मात्रा घट्यो भने कपाल तीव्र गतिमा झर्ने गर्छ । हाडे बदाम, मुसुरो दाल, उसिना चामलको भात, ओखर, कोसे तरकारी, एभोकाडो, केराजस्ता म्याग्निसियमयुक्त खाना दिनहुँ खाने गर्नुपर्छ । कम गर्नुपर्ने खाना  – चिल्लोचाप्लो, तारेको खानेकुरा – मदिरा, चुरोट, कफी, चिया – केमिकेल हाली गुलियो बनाइएको खाद्य – फास्टफुड तथा जंकफुड – मसलादार तथा शरीरलाई बढी तातो बनाउने खाना
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies