Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दुग्ध व्यवसायबाट आत्मनिर्भर बन्दै काभ्रेका युवा

\"\"काभ्रे, १६ माघ । बालुवापाटी गाविस– ९ का ३८ वर्षीय उद्धव ढकाल करिव दुई दशक अघिदेखि दूध सङ्कलन गरी बिक्री वितरण गर्दै आएका छन् अन्य पेशका दाँजोमा दूधको व्यापार निकै नै राम्रो भएकाले सन्तुष्ट हुनुका साथै आफूलाई रोजगारी मिलेको पनि उनी बताउँछन् । “दूध सङ्कलन केन्द्र सञ्चालन गरेको निकै वर्ष बितिसक्दा मैले दूधका विषयमा धेरै जानकारी पाएको छु ”। ढकालले भने । दैनिक झन्डै ३०० लिटर दूध सङ्कलन गर्दै आएका उनले आफ्नो प्रमुख पेसा नै दूध सङ्कलन भएको र यसबाटै राम्रै अर्थोपार्जन समेत भएको उनी बताउँछन् । बालुवापाटी गाविसका– १, २ र ९ नं वडाको दूध सङ्कलन गर्दै आएका ढकालले यो पेसाबाट मासिक रु ५० हजारसम्म आम्दानी हुने गरेको बताए । बालुवापाटी गाविसकै अर्का व्यापारी बद्री ढकालले पनि भारतमा दुःख पाएर फर्किसकेपछि मात्र नेपालमा नै केही गर्न सकिन्छ भन्ने ठानेर दूध सङ्कलन केन्द्र स्थापना गरेका हुन । दूध व्यापार सुरु गरिसकेपछि नेपालमा नै राम्रोसँग मिहेनत गरे प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने धारणा आफूमा भएको उनले बताए । ‘नेपालमा आएको केही समयपछि नै दूध व्यवसाय सञ्चालन गरेको हुँ र यहाँ कम मेहनतमा मनग्य आम्दानी गर्न सकेको छु ।’ उनले भने । बालुवापाटी गाविसका सिमानामा पर्ने नयाँगाउँ गाविस र गैरबिसौना गाविसका सिमाना र बालुवापाटी गाविस गरी दैनिक रुपमा यहाँ ६ हजार ५०० लिटर दूध दैनिक रुपमा सङ्कलन हुने गरेको छ । जसमध्ये नगरकोटमा भएका विभिन्न होटल र दुईवटा निजी क्षेत्रबाट सञ्चालित दूध चिस्यान केन्द्रमा एक हजार ५०० लिटर दूध खपत हुने गर्दछ भने बाँकी पाँच हजार लिटर दूध भक्तपुर हुँदै काठमाडाँै सम्म पुग्ने गर्दछ । यो वर्ष मात्रै काभ्रे जिल्लालाई दूधमा आत्मनिर्भर जिल्लाका रुपमा घोषणा समेत गरिसकिएको छ । यस जिल्लाका प्रायः सम्पूर्ण मानिस पशुपालन गरी दूध बिक्री गर्दै आइरहेका छन् । पर्याप्त चरन क्षेत्र पशुका लागि आवश्यक कच्चा पदार्थ सहजै उपलब्ध हुने भएकाले प्राय जिल्लाका सबै घर परिवार दूध व्यवसायमा आत्मनिर्भर भएका हुन् । बालुवापाटी गाविसमा मात्रै ४० व्यापारीले दूध व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । काभ्रे जिल्लालाई दूधमा जस्तै मासुलगायत अन्य क्षेत्रमा पनि आत्मनिर्भर बनाउने योजना रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy