Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अब के होला डिभी ?

\"\"काठमाडौं, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न ७ मुस्लिम बाहुल्य मुलुकका नागरिकसहित आप्रवासीलाई सो मुलुक प्रवेश र बसोबासमा कडा नीति अख्तियार गरेसँगै त्यसको प्रभाव नेपाली समुदायमा समेत परेको छ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसामार्फत त्यहाँ बसोबास गर्दै आएका नेपालीहरूसमेत ट्रम्पको कदमप्रति सशंकित हुन थालेका छन् । डीभीमार्फत अमेरिका पुगिसकेकाहरू बारे ट्रम्पको धारणा नआए पनि केही फरक व्यवहार हुन सक्ने नेपालीहरूको आशंका छ । यसअघि पनि ओबामा कार्यकालमा डीभी चिठ्ठा खारेज हुने कुरा चलेको भए पनि त्यहाँको संसद्बाट पारित हुन सकेन । ‘यहाँ आएर स्थायी बसोबास गरिसकेकालाई तत्कालै समस्या नहोला तर आउने तयारीमा रहेका नेपालीहरूलाई अन्योल हुन सक्छ, आगामी वर्षदेखि डीभी भिसा र अन्य प्रकृतिको भिसा सरल र सहज नहोला।’ नेप्लिज एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाका अध्यक्ष तेज राईले भने । नेप्लिज अमेरिकन पपुलेसन इस्टिमेसनले गरेको पछिल्लो अध्ययनअनुसार २०१६ को डिसेम्बर अन्त्यसम्ममा विभिन्न प्रकृतिको भिसामा २ लाख ३१ हजार १ सय ४३ नेपाली अमेरिका पुगेका छन् । पछिल्ला केही वर्षयता हरेक वर्ष १५ हजार ५ सयका हाराहारीमा नेपाली अमेरिका पुग्ने गरेको सो अध्ययनले जनाएको छ । अध्ययन टोलीका सदस्य विकासराज न्यौपानेका अनुसार सन् २००५ पछि ग्रिनकार्ड लिने नेपालीहरूको संख्या बढिरहेको छ । आप्रवासीहरू माथिको ट्रम्पको कदमपछि त्यहाँको व्यापार व्यवसायमा असर देखिन थालेपछि त्यसको असर आफूले पाएको रोजगारीमासमेत पर्नसक्ने नेपालीहरूको आशंका क्यालिफोर्नियाका अध्यक्ष राईले बताए । त्यस्तो आशंका र चिन्ता अमेरिकामा रहेकाहरूलाई भन्दा बढी नेपालमा रहेका आफन्तलाई पर्न थालेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारीहरू बताउँछन्। आफ्नो नाम खुलाउन नचाहने अमेरिकाको ड्यालस निवासी एक नेपालीले भने– ‘ठूलो सपना लिएर यहाँ आएका छौं, आफन्तहरूले हाम्रोबारेमा चिन्ता लिनु स्वाभाविक पनि हो, अब अमेरिका आउन चाहनेहरूका लागि अमेरिकी नीति पक्कै पनि सहज नहोला।’ ट्रम्पको पछिल्लो नीतिबारे उनको आफ्नै पार्टी र देशविदेशबाट चर्को विरोध भइरहेको अवस्थामा नेपाली समुदायमाथि तत्काल असर परिहाल्ने अवस्था नरहेको उनको तर्क छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: