Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

ग्रहदशा कटाई चोखिन पारस पूजापाठमा

काठमाडाैं, लागूऔषध प्रयोगमा थाइल्याण्डको जेलबाट छुटेर आएका पूर्व युवराज पारस निर्मल निवासमा प्रवेश नपाएपछि धर्मकर्ममा व्यस्छ बनेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– चोखिनका लागि पारसले एकै दिन आधा दर्जन मन्दिरमा पूजाआजा गरेका छन् । पूर्वयुवराज पारस शाहले सोमबार राजधानीका आधा दर्जन मठमन्दिर र शक्तिपीठको दर्शन गरेका हुन् । शिव सेनाका पदाधिकारीको सल्लाहमा पारसले पशुपतिनाथदेखि संकटा मन्दिरसम्मको दर्शन र पूजापाठ गरेका हुन् । बिहान ६:३० बजे गुह्येश्वरी मन्दिर पुगेका पारस पशुपति मन्दिर दर्शन गरेर हनुमानढोकास्थित तलेजु मन्दिर पुगेका थिए । हरेक वर्ष महानवमीमा खुल्ने तलेजु मन्दिरको बाहिरबाट दर्शन गरेपछि उनी न्युरोडछेउको संकटा मन्दिर गएका थिए । पारसले परिवारसँग सम्बन्ध राम्रो होस् भन्दै मठमन्दिरमा पूजाअर्चना गरेको उनका सहयोगीहरूले बताएका छन् । ‘ग्रहदशा कटाउन र परिवारसँगको सम्बन्ध सुमधुर बनाउन पारस सरकारले पूजाअर्जना गर्नुभएको हो,’ पारससँगै मन्दिर पुगेका एक सहयोगीले भने, ‘विगतमा गरेका गल्तीका लागि क्षमायाचनासहित उहाँले पूजापाठ गर्नुभयो ।’ भित्र पूजापाठ, बाहिर नाराबाजी मन्दिर दर्शन तथा पूजापाठमा पारससँगै उनका निकट सहयोगी प्रभन्जन सिंहलगायत करिब १२ जना सहभागी थिए । ढाकाटोपी, कमिज, सुरुवालमा पारस मन्दिर गएका थिए । उनी मन्दिर पुग्दा समर्थकले समर्थनमा नाराबाजी गरेका थिए । विभिन्न मन्दिरको दर्शन गरेर उनी बिहान १० बजेतिर चन्डोलको कुण्डलिनी क्लब पुगेका थिए । थाइल्यान्डबाट फर्केपछि पारसले बाबुआमा र श्रीमतीसँग भेट गरेका छैनन् । श्रीमती हिमानी भारततिर लागेकी छिन् भने बाबु–आमा पनि जाँदै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: