Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बाख्रापालनबाट फेरियो जीवन

\"\"बागलुङ, ९ फागुन । जिल्लाको दमेक–८ की टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीका रुपमा गनिएको छ । पाँचवर्षअघि व्यावसायिकरुपले सुरु गरेको बाख्रापालनले उनलाई यथेष्ट आम्दानी दिन थालेकाले उनी सफल उद्यमी बनेकी हुन । हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लबले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको जीवनमा परिवर्तन आएको छ । क्लबले दिएका १२ वटा पैँचो बाख्राबाट उनले सुरु गरेको बाख्रापालन फस्टाएर अहिले वार्षिक लाखौँ रुपैयाँ बराबरको आम्दानी भएको हो । “मुख्य पेसा बाख्रापालन ने हो, राँगो र कुखुरा पनि छ”, टुल्कीले भनिन् – “योसँगै तरकारी उब्जाएर बेच्ने पनि गरेका छौँ, आम्दानी राम्रो छ ।” पशुपालन र कृषिबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको छ भने सहयोगी व्यवसायका रुपमा मौरीपालन पनि गर्दै आएको छु, उनले भनिन् । सानो खरले छाएको घर, थोरै जग्गा–जमिन भए पनि टुल्कीका परिवारले परिश्रमबाटै राम्रो उन्नती गरेको छिमेकी बताउँछन् । “म मगरकी छोरी, ब्राह्मण समुदायको पतिसँग विवाह गर्दा ठूलो अपमान र दुव्र्यवहार सहनुप¥यो”, टुल्कीले भनिन् – “घरपरिवारले हामीलाई अलग्गै राखे, ठूलो दुःख, पीडा झेल्यौँ ।” पति भैरवप्रसाद सापकोटामा बच्चाको पालनपोषण र घरव्यवहार चलाउन नसक्ने अवस्था आएपछि रोजगारीका लागि भारत पनि पुग्नुपरेको उनले बताइन । तर, विदेशमा टिक्न नसकेपछि घरमै फर्की मजदुरी गरेर परिवार धान्दै आएको भैरप्रसादले बताए। “श्रीमती मेलापात जाने गर्थिन्, म भारी बोक्ने र हलो जोत्ने गर्थे” उनले भने – “घरको बिहान–बेलुकाको छाक टार्नै गाह्रो थियो, त्यसमाथि छोरीहरुलाई पढाउन झन समस्या थियो ।” पछि, दमेकमा हेफरको परियोजना आएपछि समूहमा आबद्ध भएर टुल्कीले परिवारको नै मुहार फेर्ने काम गरेकी हुन् ।” “घरको काममा श्रीमानले पनि पूर्णरुपमा सघाउँदै आएका छन् । । घरमा रहेका पाँच छोरी पनि परिश्रमी छन् । उनीहरुको पढाइ–लेखाइ पनि राम्रो चलेको छ, घरव्यवहार गरेर बचत पनि गर्न थालेका छौँ” – टुल्कीले भनिन् । स्थानीय सिर्जना महिला समूहमा आबद्ध टुल्कीको गाउँकै सहकारीमा रु पाँच लाख बचत छ । अहिले उहाँसंग रहेका ३० वटा बाख्रामध्ये आठवटा ब्याउने भएका छन् । “एउटा बाख्रा ९÷१० महिना पुगेपछि बेच्छौँ, एउटा बोका–खसी रु १५ देखि २० हजार मूल्यमा बिक्री हुन्छ” – टुल्कीले भनिन् । बाख्रासँगै कुखुरा, मह, भाँगो, तरकारी बेचेर पनि राम्रो आम्दानी भएको छ । टुल्की हेफरले नेपालले दिने ‘स्वर्णीम प्रतिभा पुरस्कार’ बाट समेत गतवर्ष पुरस्कृत भएकी थिइन । हेफर परियोजनाले बाख्रापालनसम्बन्धी सीप, ज्ञान र प्रविधि सिकाएपछि टुल्कीजस्ता दमेकका अन्य किसानले पनि व्यावसायिक सफलता पाएका छन् । हेफरको सहयोगमा दीपज्योति युवा क्लबले दमेकमा उद्यमशीलता प्रवद्र्धनमा काम गर्दै आएको क्लबका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy