Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

तेजिलो दिमाग चाहनुहुन्छ ? यसरी गर्नुहोस दिमागको व्यायम

१. आँखा सलबलाउने कुनै काममा आफ्नो ध्यानलाई एकतृत बनाउन चाहनुहुन्छ भने, करीब ३० सेकेण्डसम्म आफ्नो आँखालाई दायाँ–बायाँ गरी सलबलाउनुहोस् । हाम्रो मस्तिष्कको दायाँ र बायाँ भागले भिन्दाभिन्दै काम गर्दछ , त्यसैले दिमागका यी भागको बीचमा सञ्चार गराउन सक्यो भने मस्तिष्कको काम गर्न सक्ने क्षमता वृद्धि हुन्छ । २. झ्याल बाहिर टोलाएर हेर्ने अरूले तपाईँलाई पागल भन्लान अथवा दिउँसै सपना देख्यो भन्लान् तर सत्य कुरो के भन्दा एकछिनसम्म झ्यालबाट बाहिर टाढाटाढासम्म टोलाएर हेरिराखेपछि कुनै काममा दिमागको एकाग्रता बढ्दछ। यस्तो किन हुन्छ भन्दा, कुनै पनि दृश्यात्मक बाधा नभएको बेला जस्तै टिभी वा कम्प्यूटरको स्क्रीनमा नहेरेको बेला दिमागले नयाँ विषयको बारेमा खुलेर सोच्न सक्दछ। ३. नयाँ ठाउँ जाने घुमघाम गर्दा, कुनै नयाँ ठाउँमा यात्रा गर्दा दिमाग फ्रेस हुन्छ। तर, अमेरिकाका मनोवैज्ञानिकहरू भन्छन, यसले दिमागको काम गर्न सक्ने क्षमतामा पनि वृद्धि गर्दछ । कुनै नौलो ठाउँमा यात्रा गर्दा मानिसमा मनोवैज्ञानिक कायापलट (परिवर्तन) हुन्छ जसले मस्तिष्कको क्षमतालाई विस्तार गराउँदछ । तर यात्रा गर्ने व्यक्तिले नयाँ ठाउँको वातावरण र संस्कृतिलाई पनि आफ्नै घरजस्तो ठानेर व्यवहार गर्यो भने मात्रै दिमागमा यस्तो परिवर्तन आउने मनोवैज्ञानिकहरू बताउँछन् । ४.धेरै गन्थनमन्थन नगर्ने चाँडै चाँडै नतिजा निकाल्नुपर्ने कार्यालयहरूमा सबैजना बसेर कुनै निश्चित विषयमा गन्थनमन्थन गर्ने गरिन्छ । तर अनुसन्धानले के देखाउँछ भन्दा, यसले झन् दिमागलाई लाटो बनाउँदछ । यसको सट्टा एक्लै बसेर सोच्दा बरु नवीन अनि रचनात्मक आइडियाको विकास हुन्छ । यसरी सामुहिक रूपमा गन्थनमन्थन गर्दा कतिपयले आफ्नो मनको विचारलाई पोख्न सकिराखेका हुँदैनन् जसले गर्दा त्यहाँ कुनै नयाँ धारणा प्रस्तुत हुन सक्दैन । त्यसैले कुनै पनि जटिल समस्याको समाधान चाहनुहुन्छ भने आफ्नै ज्ञान र बुद्धिलाई खेलाउनुहोस्, अरूसँग गन्थनमन्थन नगर्नुहोस्। ५. कोठाको भित्तामा रातो अथवा नीलो रङ्ग लगाउने वरिपरीको वातावरणले पनि मानिसको दिमाग र सोच्ने मनस्थितीलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ, तर मानिसहरूले यो कुरालाई त्यति मतलब गर्दैनन् । विशेष गरी विभिन्न प्रकारका रङ्गले दिमागमा पनि त्यस्तै किसिमको प्रतिक्रिया हुने गर्दछ। अनुसन्धानबाट कोठाको भित्तामा रातो अथवा नीलो रङ्ग लगाउँदा दिमागको क्रियाकलाप गर्न सक्ने क्षमतामा वृद्धि हुने तथ्य पत्ता लागेको छ। ६.हरीयो रूखमा नियाल्ने भनिन्छ, प्रकृति नै सबैभन्दा महान् गुरु हुन् । लियोनार्दो दा भिन्चीले पनि प्रकृतिलाई नै नियालेर पहिलो विमानको डिजाइन तयार पारेका थिए। न्यूटनले पनि प्रकृतिकै प्रसिक्षणबाट गुरुत्वबलको रहस्य पत्ता लगाएका थिए। यसको मतलब यहि हुन आउँछ कि, कहिलेकाहिँ बाहिरी प्रकृतिलाई नियालेर हेर्दा दिमागको एकाग्रशक्ति बढ्दछ। फेरि हरीयो वनजङ्गलको बाटो हिँड्दा कति फ्रेस हुन्छ भनेर त सायद भनिराख्नुनपर्ला। अनुसन्धानले के बताएको छ भन्दा, एकछिनसम्म हरीयो रूख अथवा हरीयो वनलाई ध्यान दिएर नियाल्यो भने त्यसपछि जस्तो सुकै झ्याउलाग्दो अनि कठीन काम पनि सजिलै गर्न सकिन्छ। नजिकै रूख उपलब्ध छैन भने, हरीयो रूखको तस्विर हेर्दा पनि उस्तै प्रभाव हुने मनोवैज्ञानिकहरूले सुझाब दिन्छन्। यस्तो किन हुन्छ भन्दा हरीयो रङ्गले मस्तिष्कलाई क्रियाशील बनाउँदछ। ७. महत्वपूर्णः मीठो निन्द्रा लिने अधिकांश अन्धविश्वासीहरू के पनि विश्वास गर्छन् भन्दा ‘धेरै सुत्ने मानिसले कुनै पनि प्रगति गर्न सक्दैनन् । अब यसमा ‘प्रगति’ केलाई भन्ने कुरा आउँछ । नसुती नसुती शरीरलाई दास बनाएर पैसा कमाउनु ‘प्रगति’ कि, आरामले मीठो निन्द्रा लिएर शरीर र दिमागलाई स्वस्थ बनाएर फ्रेस भै काम गर्नु ‘प्रगति’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies