Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

च्याउ खेतीमा कृषकको आकर्षण बढ्यो

\"\"पाल्पा, २० फागुन । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा च्याउघर निर्माण सामग्री, प्यास्ट्रिक, पराल काट्ने चापकटर मेसिन कृषकलाई उपलब्ध गराएकाले अहिले च्याउ खेतीमा कृषकको आकर्षण बढ्न थालेको छ । विगत पाँच वर्षयता जिल्लाका कृषकले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका हुन् । यहाँ अहिले कन्ये, गोब्रे र सिताके जातका च्याउ उत्पादन हुँदै आएको छ । जिल्लामा हाल झन्डै तीन सयभन्दा बढी कृषक च्याउ खेतीमा संलग्न भएकामा करिव ५० जनाले व्यावसायिक रुपमा च्याउ खेती गरेर मनग्य आम्दानी लिन सफल भएका हुन् । विसं २०७०÷७१ मा १५ हजार ४०० प्याकेट च्याउबाट ६० मेट्रिक टन, २०७१÷७२ मा २२ हजार प्याकेट च्याउबाट ८० मेट्रिक टन च्याउ उत्पादन भएको छ । विसं २०७२÷७३ मा २६ हजार ५०० प्याकेट च्याउबाट ११२ मेट्रिक टन उत्पादन भई रु दुई करोड २४ लाख बराबरको आम्दानी जिल्लामा भित्रिएको छ । विसं २०७३÷७४ को हालसम्मको अवधिमा १८ हजार प्याकेट च्याउबाट ८१ मेट्रिक टन च्याउ उत्पादन भइ रु एक करोड ६० लाख बराबरको आम्दानी भएको उक्त कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमले जानकारी दिए । यहाँका कृषकले च्याउ बिक्री गरेर एक वर्षमा न्यूनतम एक लाखदेखि रु १० लाखसम्म आम्दानी लिन सफल भएको उनले बताए । कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका सेवा केन्द्र तथा सम्पर्क केन्द्रमार्फत च्याउ उपलब्ध गराएपछि कृषकलाई व्यवसाय गर्न सहज भएको रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर रानाको भनाइ छ । कार्यालयले जिल्लाका विभिन्न गाउँ गाउँमा पुगेर समय समयमा च्याउ खेतीसम्बन्धी तालिम, गोष्ठी, छलफल, घुम्ती शिविरसमेत गर्दै आइरहेको छ । अहिले यसको प्रभाव गाउँमा मात्र नभई सहरमा पनि पर्न थालेको छ । सहरमा बसोवास गर्दै आएका बासिन्दाले पनि पनि घरायसी प्रयोजनका लागि १० देखि १५ वटा बल्बमा च्याउ खेती गर्दै आइरहेका छन् । आर्गनिक रुपमा उत्पादित च्याउको अहिले बजारमा माग बढ्दो छ । जिल्लाका सबैजसो स्थानका कृषक च्याउ खेतीमा आबद्ध छन् । कम मेहनत र लगानीमा छोटो समयमा धेरै आम्दानी लिन सकिने भएपछि च्याउ खेतीमा कृषकको आकर्षण बढेको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy