Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

च्याउ खेतीमा कृषकको आकर्षण बढ्यो

\"\"पाल्पा, २० फागुन । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा च्याउघर निर्माण सामग्री, प्यास्ट्रिक, पराल काट्ने चापकटर मेसिन कृषकलाई उपलब्ध गराएकाले अहिले च्याउ खेतीमा कृषकको आकर्षण बढ्न थालेको छ । विगत पाँच वर्षयता जिल्लाका कृषकले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका हुन् । यहाँ अहिले कन्ये, गोब्रे र सिताके जातका च्याउ उत्पादन हुँदै आएको छ । जिल्लामा हाल झन्डै तीन सयभन्दा बढी कृषक च्याउ खेतीमा संलग्न भएकामा करिव ५० जनाले व्यावसायिक रुपमा च्याउ खेती गरेर मनग्य आम्दानी लिन सफल भएका हुन् । विसं २०७०÷७१ मा १५ हजार ४०० प्याकेट च्याउबाट ६० मेट्रिक टन, २०७१÷७२ मा २२ हजार प्याकेट च्याउबाट ८० मेट्रिक टन च्याउ उत्पादन भएको छ । विसं २०७२÷७३ मा २६ हजार ५०० प्याकेट च्याउबाट ११२ मेट्रिक टन उत्पादन भई रु दुई करोड २४ लाख बराबरको आम्दानी जिल्लामा भित्रिएको छ । विसं २०७३÷७४ को हालसम्मको अवधिमा १८ हजार प्याकेट च्याउबाट ८१ मेट्रिक टन च्याउ उत्पादन भइ रु एक करोड ६० लाख बराबरको आम्दानी भएको उक्त कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमले जानकारी दिए । यहाँका कृषकले च्याउ बिक्री गरेर एक वर्षमा न्यूनतम एक लाखदेखि रु १० लाखसम्म आम्दानी लिन सफल भएको उनले बताए । कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका सेवा केन्द्र तथा सम्पर्क केन्द्रमार्फत च्याउ उपलब्ध गराएपछि कृषकलाई व्यवसाय गर्न सहज भएको रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर रानाको भनाइ छ । कार्यालयले जिल्लाका विभिन्न गाउँ गाउँमा पुगेर समय समयमा च्याउ खेतीसम्बन्धी तालिम, गोष्ठी, छलफल, घुम्ती शिविरसमेत गर्दै आइरहेको छ । अहिले यसको प्रभाव गाउँमा मात्र नभई सहरमा पनि पर्न थालेको छ । सहरमा बसोवास गर्दै आएका बासिन्दाले पनि पनि घरायसी प्रयोजनका लागि १० देखि १५ वटा बल्बमा च्याउ खेती गर्दै आइरहेका छन् । आर्गनिक रुपमा उत्पादित च्याउको अहिले बजारमा माग बढ्दो छ । जिल्लाका सबैजसो स्थानका कृषक च्याउ खेतीमा आबद्ध छन् । कम मेहनत र लगानीमा छोटो समयमा धेरै आम्दानी लिन सकिने भएपछि च्याउ खेतीमा कृषकको आकर्षण बढेको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE