“मैले अन्दाजी १५ बर्षको उमेरमा ‘किन तिमी मलाई आँखा तरी हिड्ने गर्छाै’ भन्ने बोलको गीतबाट मैले गीत लेखन तथा धुन भर्ने कार्यको प्रारम्भ गरेको हुँ । जबसम्म यो शरिरमा एकमुठी प्राण रहन्छ त्यतिन्जेल म यो क्षेत्रलाई केही न केही त्याग गर्ने नै छु ।”अठोट एल्बमबाट आफैले गीत रचना, संगीत र स्वर दिएर उदाएका गीतकार, संगीतकार तथा गायक राणा आकाङ्क्षा हुदंै इलाम एल्बमसम्ममा आफ्नो आत्मविश्वास र मेहेनतले सार्थक उपलब्धी पाएकोमा धेरै खुशी छन् । बुबा स्वर्गिय जनार्दन बिक्रम राणा र पद्यादेबी राणाको जेठो पुत्रको रुपमा जन्मिएका राणा बाल्यकालमा बुबाका साथीहरु गायक भएकाले पनि बुबाका साथ पाएको बताउँछन् । राणाको तिनैवटा एल्बममा समेटिएका गीतहरुमा माया प्रेमका बिम्बहरु पाइन्छन् । प्रकृतिको मिठो स्वाद उनको गीतको सुवास हो । स्वदेशगानमा उनले सास फेरेका छन् । र त, उनले आकाङ्क्षा एल्बममा भनेका छन् “स्वर्गझै सुन्दर यो मातृभूमि, अन्त कहाँ पाइन्छ । मुखको होइन मुटुको माया, देशलाई चाहिन्छ ।” यी र यस्तै गीतहरुको संग्रहित सबै गीतहरुमा भाव मात्र होइन संगीतमा माधुर्यता र गायनमा ओझ भएका सशक्त प्रतिभाको खानी हुन् सुदर्शन बिक्रम राणा । “दौलत होइन पाप र पुन्य, सधै साथमा बोकिन्छ । दैव छ चालक, जीवनको गाडी, रामजाने कुन मोडमा रोकिन्छ ।” प्रस्तुत गीतका हरफबाट पनि यो आँकलन गर्न सकिन्छ की उनका लेखाइमा निकै प्रष्ट वजनदार शब्दाहुतीको प्रयोग छ । संगीतमा पनि निकै मेहेनती राणा बिहान सधै रियाजमा ब्यस्त हुन्छन् । गायनमा त उनी भन्छन् “म साउँथ सुडानमा निरन्तर ५ घण्टा नेपालीहरु दाजुभाई, दिदीबहिनी तथा साउँथ सुडानीहरुबिच भब्य कार्यक्रममा आफ्नै एल्बमबाट तथा अन्य गीतहरु पनि गाएको हुँ म संगीतको नियमित बिद्यार्थी नभएपनि म अहिलेसम्म अनौपचारिक तवरबाट संगीतको बिषयका पढ्दै, बुझ्दै, लेख्दै, गाउँदै, र संगीत भर्दै आइरहेको छु ।” उनी सम्झन्छन् “मैले अन्दाजी १५ बर्षको उमेरमा ‘किन तिमी मलाई आँखा तरी हिड्ने गर्छाै’ भन्ने बोलको गीतबाट मैले गीत लेखन तथा धुन भर्ने कार्यको प्रारम्भ गरेको हुँ । जबसम्म यो शरिरमा एकमुठी प्राण रहन्छ त्यतिन्जेल म यो क्षेत्रलाई केही न केही त्याग गर्ने नै छु ।” केही समय अघि मात्रै उनले इलाम शिर्षकको एल्बम इलाम नेत्रहिन संघको सहयोगार्थमा बजारमा पस्केका थिए भने त्यस एल्बम नै सोही संस्थाको हितको लागि कपीराइट दिई संस्थालाई सहयोग गरेका थिए । साथै, थुप्रै पटक सामाजिक कार्यमा तलिन हुन रुचाउने र समाजप्रति आफ्नो दायित्व सदा सम्झने ब्यक्तिको जति नै बर्णन गरे पनि कमै होला । [caption id=\"attachment_123090\" align=\"alignleft\" width=\"647\"] लेखक: जीवन बानियाँ[/caption] त्यस्तै गरी उनले ढाका गीतिसंग्रहमा बंगाली भाषामा समेत गीत लेखन गरी कृतिमा केही गीत प्रकाशितसमेत गरेका छन् ‘ढाकाको सम्झना’ गीतमा ‘मिष्टी दही नखर्माउलीलाई, सुन्दरी मेलाई ईलिस, खाँटी साझोलाई देखेर, नठान्नु बोका फुलीस । ढाकाको गर्मीले, ओ बन्धु ढाकाको गर्मीले, बर्षाै भयो चिनजान भा’ को तर्किन्छौ के कमिले ।’ उक्त कृति नेपाली, अंगेजी तथा बंगाली भाषामा अनुबादित गरी प्रकाशित गरेका छन् । साहित्यिक क्षेत्रको लेखनीमा पनि उत्तिकै प्रखर राणाको उक्त कृतिमा अमूर्तकला प्रस्तुत गरिएको छ भने ओएक्को प्रकाशनी ढाका, बंगलादेशले प्रकाशित गरेको हो । भर्खरै मात्र चौथो एल्बमको गीत रेकडिङ् गरिरहेका राणालाई नव आगन्तुकलाई के भन्छन् ? भन्ने प्रश्नमा उनी भन्छन् नब आगन्तुक दाजुभाइ तथा दिदीबहिनीलाई सबै भन्दा पहिले त संगीत के हो बुझेर, टिक्ने र जित्ने गरी आउनुहोस् देखावटी होइन मन र मुटुमा हुनुपर्छ गीत संगीत र देशको माया ।” पेशाका हिसाबले सरकारी सेवामा कार्यरत भई विश्वका धेरै देश भ्रमण गरिसक्नु भएका राणा जहाँ जहाँ पुग्छन् त्यहाँत्यहाँ साथैमा गिटार लौजान्छन् र सम्भव भएसम्म साँगीतिक माहोल निर्माण गरिहाल्छन् । ४ सदस्य परिवारमा पत्नी लक्ष्मी राज्यलक्ष्मी राणा गृहिणी, छोरी सृष्टी राज्यलक्ष्मी राणा समार्टन पर्स (सामाजिक संस्था) र छोरा सुमित बिक्रम राणा क्राइसिस मेनेजमेन्टमा डिग्री गरिरहेका छन् ।
प्रतिकृया लेख्नुहोस्: