Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

वैद्यलाई आफ्नो भन्दा ‘साइनिङपाथ’को चिन्ता !

\"\"काठमाडौं, १८ चैत । नेकपा क्रान्तिकारी माओवादी आगामी वैशाख ३१ का लागि सरकारले तोकेको स्थानीय तहको निर्वाचनमा भाग लिने तयारीमा छ । निर्वाचनमा भाग लिनका लागि पार्टीको खुल्ला मोर्चाका रुपमा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गर्यो । तर मोर्चा गठन भइ पार्टीका बरिष्ठ नेता तथा मोर्चाका संयोजक बनाइएका सीपी गजुरेल निर्वाचन आयोगमा पुग्दा दल दर्ताको म्याद घर्किसकेको थियो । गजुरेल नेतृत्वको मोर्चा केन्द्रमा दर्ता नभएपछि जिल्लामा पनि दर्ता हुने कुरा भएन । निर्वाचन आयोगले दल दर्ता गर्ने बाटो नै बन्द गरे पनि क्रान्तिकारी माओवादीले निर्वाचनमा जाने ढोका बन्द गरेन । निर्वाचनबारे एउटै एजेण्डामा छलफल गर्न चैत १४ गते क्रान्तिकारी माओवादीले केन्द्रीय समितिको विस्तारित बैठक नै डाक्यो । पार्टीलाई निर्वाचनमा जान निर्वाचन आयोगले ढोका बन्द गरे पनि पार्टीले निर्वाचनमा जसरी पनि जाने निश्कर्षमा पुग्यो । गजुरेलको नेतृत्वमा निर्वाचनमा जाने पार्टीको पूर्ण बैठकले निर्णय नै गर्यो । त्यसलगत्तै गजुरेलले मोर्चाको बैठक पनि बोलाए । मोर्चाले निर्वाचनमा होमिने निर्णय गर्दै जिल्ला जिल्लामा नेता कार्यकर्ता परिचालन गरिए । वैठकपछि पार्टी अध्यक्ष वैद्यले २० बुँदे समसामयिक प्रस्ताव सार्वजनिक गरे । तर २० बुँदे प्रस्तावमा निर्वाचनबारे केही शब्द उच्चारण गरिएका छैन । निर्वाचनलाई कार्यनीतिक रुपमा उपयोग गर्दै मोर्चाका तर्फबाट देशैभर स्वतन्त्र रुपमा नै भए पनि निर्वाचनमा भाग लिने निश्कर्षमा पुगेको वैद्य माओवादीले सार्वजनिक गरेको सामसायिक प्रस्तावमा आफ्नो भन्दा अर्काको चिन्ता छ । क्रान्तिकारी माओवादीको पूर्ण वैठकको समसामयिक प्रस्ताव हेर्दा राष्ट्रिय राजनीतिलाई भन्दा अन्तर्राष्ट्रिय राजनीतिलाई बढी चासो दिएको देखिन्छ । दश वर्षे जनयुद्ध हुँदै आएको तत्कालिन एमाओवादीबाट विभाजित भएका वैद्यबाट पनि विभिन्न समूह छुट्टिएर गइसकेका छन् । अहिले पार्टीलाई बचाउन नै मुश्किल परिरहे पनि वैद्यले भने पेरुको साइनिङपाथको चिन्ता गरेका छन् । निर्वाचन केन्द्रित क्रान्तिकारी माओवादीको उक्त विस्तारित बैठकले २५ वर्षदेखि कारागारमा राखिएका साइनिङपाथका अध्यक्ष गोञ्जालोलाई बिनाशर्त रिहाइ गर्न पेरुभियाली सरकारसँग माग गरेको छ । साइनिङपाथका अध्यक्ष गोञ्जालो सन् १९९२ देखि कारागारमा छन् । हतियारको बलले मात्रै राज्यसत्ता लिन सकिने अहिले पनि प्रवचन दिँदै हिड्ने वैद्यले सिरिया र यमन लगायतका पश्चिम एशियाली देशहरुमा भइरहेको युद्धको समेत चिन्ता ब्यक्त गरेका छन् । ती देशहरुमा अन्तरर्राष्ट्रिय साम्राज्यवादीहरु र क्षेत्रीय शक्तिहरुद्वारा युद्ध थोपरेर निहत्था जनताको निर्मम हत्या, अपहरण र विस्थापन भएको भन्दै वैद्यले संयुक्त राष्ट्रसंघ गुहारेका छन् । त्यतिमात्र होइन, नेपाली भूमिमै पसेर भारतीय सुरक्षाकर्मीले गोली चलाएर नेपालीको हत्या गर्दा समेत आन्दोलन चर्काउन नसकेका वैद्यले युक्रेन र उत्तर कोरिया लगायतका देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै हस्तक्षेप रोक्न माग गरेका छन् । यस्तै, भारतीय माओवादीविरुद्ध भारत सरकारले चलाएको ‘अपरेशन ग्रीन हन्ट’ अपरेशनको पनि वैद्यले भत्र्सना गरेका छन् । आदिवासी उत्पीडित जनतामाथि चलाएको सैन्य अभियान चलाएको भन्दै विना सर्त अपरेशन रोक्न वैद्यले भारत सरकारसँग माग गरेका छन् भने दिल्ली विश्व विद्यालयका प्राध्यापक जीएन साईबाबामाथिको कारबाहीप्रति पनि वैद्यको चिन्ता छ । गत मार्च ७ मा महाराष्ट्र, गाडचिरोली जिल्ला अदालतले साईबाबा लगायत ४ जनालाई आजिवन कारावासको सजायँ सुनाएको थियो । (तस्विरः पेरूरिपोर्ट डटकमबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies