Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भैँसी पालेरै महिनाको रु ६५ हजार आम्दानी

\"\"नुवाकोट, २१ चैत । ककनी गाउँपालिका–६ चौताराका भीमसेन पनेरुले भैँसी पालेर मासिक रु ६५ हजार कमाउँछन् । गाउँमा काम नपाएपछि ११ वर्षको विदेश बसाइपछि घर फर्केर भैँसीपालन सुरु गरेका हुन दूध बिक्रीबाटै त्यती आम्दानी गर्न सफल भएका हुन । “विदेशी भूमिमा गरेको दुःखले गाउँ फर्केर सुरु गरेको भैँसीपालनबाट छोटो समयमै मनग्य आम्दानी गर्न सफल भएको छु”, ३६ वर्षीय युवा किसान पनेरुले भने, “रोजगारका लागि साउदी अरब पुगेर बगाएको पसिना र भोगेको दुःख देख्दा आफ्नै देशमा पसिना बगाए राम्रो कमाउन सकिन्छ भनेर उतै योजना बनाएको थिए, अहिले पाँचवटा भैँसीबाट महिनाको रु ४५ हजार बचत गर्दै आएको छ ।” रु एक लाखका दरले पाँच लाखको लगानीमा पाँचवटा भैँसी पाल्नुभएका पनेरुको पिपलबोट पशुपक्षी फार्म सुरु गरेको एक वर्ष भएको छ । दैनिक ४० लिटर दूध बिक्री गरी रु ६५ हजार आम्दानी हुने गरेकामा भँैसीलाई दाना र खाद्यान्नमा खर्च गरेर रु ४५ हजार बचाउँदै आएको उहाँको भनाइ छ । “काम पनि गाह्रो छैन, समय पनि धेरै दिनु पर्दैन”, पनेरुले भने, “परिवारका सदस्यको सहयोगमा खेतीपाती र अरू काम गरेरै पाँचवटा भैँसी पालेर विदेशी भूमिको जति कमाई यहीँ निकालेको छु ।” उनले पाँचवटा भैँसीको आहाराका लागि आफ्नै दश रोपनी जग्गामा जई र टाँकी घाँस लगाएका छन् । हरियो घाँस खुवाउँदा दाना खरिद गर्नु पनि परेको छैन भने उत्पादन भएको दूधको पनि गुणस्तर राम्रो हँुदा आम्दानीमा हुँदै आएको वृद्धिले पनेरु परिवार उत्साहित छ । विदेशी भूमिको चर्को गर्मीमा पूरै दिन गर्ने कामले नेपालमा नै गर्दा विदेशको भन्दा राम्रो कमाई गर्न सक्ने मनोबलका साथ सुरु गरेको भैँसीपालन व्यवसायमा पाएको सफलताले अन्य युवालाई अनुसरण गराउन पनेरु उदाहरणीय व्यक्ति रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले बताए । “यहाँ जति काम गरे पनि पैसा कमाइँदैन भन्ने भावना भएका व्यक्तिलाई अहिले हामी नमुना किसानका रुपमा चिनाउन थालेका छौँ”, वरिष्ठ पशु विकास अधिकृत भट्टले भन्नुभयो, “कृषिमा होमिने र पशुपक्षी पालनमा लाग्ने युवाको सङ्ख्याले व्यावसायिकता र आधुनिकताको विकास सुरु भएको छ । पशु सेवा कार्यालयले व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको बीउ, पशुपालन तालिम, प्राविधिक सहयोग, सुधारिएको गोठ निर्माणलगायतमा अनुदान दिँदै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies