Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

शिक्षण पेसा छाडेर तरकारी खेतीमा

\"\"पाल्पा, २५ चैत । रामपुर नगरपालिका–१० गेझाका कृष्ण पाण्डे शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि उनले शिक्षण पेसा छाडेर तरकारी खेती सुरु गरेका हुन । विगत तीन वर्षयता उनले आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आएका छन् । किसान परियोजना पाल्पाले गाउँमै गएर व्यवसायमा प्राविधिक ज्ञान तथा विभिन्न सामग्री सहयोग गरेपछि उनले तरकारी खेती गर्ने अठोट गर्दै व्यवसाय चलाएका हुन । आफ्नै १२ रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी लगाएका छन् । उनले आधुनिक प्रविधिबाट प्लास्टिक टनेलभित्र काँक्रो, घिरौँला, बोडी, सिमी, लौका, फर्सी जातका तरकारी लगाएका छन् । तरकारी बिक्रिबाट मासिक रु २० हजारदेखि रु ३० हजार आम्दानी गर्ने गरेको पाण्डे बताउँछन् । “जागिरमा अर्काको बन्धनमा बाँधिनुपर्ने, व्यवसायले समाजमा नाम र दाम दुवै मिलेको छ,” उनले भने । बिक्री गर्न बजारको समस्या नभएको उनको भनाई छ । बर्सेनि जग्गा विस्तार गरी व्यवसाय बढाउँदै लैजाने उनको सोच छ । बेमौसमी जातका तरकारीले बजारमा उचित मूल्य पाएपछि मौसमीभन्दा पनि बेमौसमी जातका तरकारी उत्पादनमा जोड दिएको पाण्डे बताउँछन् । तीन वर्ष अगाडिबाट व्यवसाय सुरु गरेका पाण्डे अहिले यस क्षेत्रकै अगुवा कृषकका रुपमा चिनिन्छन् । यहाँ उत्पादन गरिएको तरकारी रामपुरको बेझाड तथा चापाकोट बजारमा बिक्री गर्दै आएको उनी बताउँछन् । थोरै लगानीमा घरमै बसेर मनग्य आम्दानी लिन सकिने हुँदा अरुलाई पनि तरकारी व्यवसाय गर्न पाण्डेले सल्लाह दिँदै आएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy