Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भो, तेस्रो संविधानसभाबारे नसोचौं : ओली

काठमाडौं, एमाले अध्यक्ष खड्गप्रसाद ओलीले ‘तेस्रो संविधानसभाबारे अहिल्यै नसोच्न’ कूटनीतिक प्रतिनिधि एवम् अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेका छन् । शनिबार बिहान बालकोटस्थित आफ्नै निवासमा युरोपेली सांसद्हरुसँगको भेटका क्रममा अध्यक्ष ओलीले तेस्रो संविधानसभाको चर्चा गर्नुको औचित्य नभएको बताएका हुन् । उनले यही संविधानसभाबाट सकेसम्म चाँडो संविधान ल्याइने बताए । ‘यसै पटक संविधान आउँछ, तेस्रो संविधानसभाको कुरा गरेर समय बर्बाद नगरौं’, युरोपेली सांसदहरुसँग ओलीले राखेको धारणा उद्धृत गर्दै उनका स्वकीय सचिव रमेश आचार्यले भने– ‘यही संविधानसभाले संविधान ल्याउँछ, अर्को संविधानसभाको चुनाव हुँदैन । नेपालको विशिष्ट परिस्थितिबारे विदेशी मित्रहरुले कुरा बुझ्नु जरुरी छ ।’ भेटको अवसरमा ओलीले ‘नेपालको कुनै पनि स्थानमा एउटै जाति र एकै भाषाभाषीको बाहुल्यता नरहेको’ उल्लेख गर्दै ‘जातीय–भाषिक पहिचानसहितका गणराज्य नेपालमा सम्भव नभएको’ बताएका थिए । ‘‘हामीकहाँ १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र विभिधतापूर्ण मौसमका साथै वातावरणीय अनुकूलता–प्रतिकूलता  र विभिन्न विशेषता बोकेको भौगालिक विशिष्टता छ’, ओलीले इयु सांसदहरुसँग भने– ‘कुनै पनि क्षेत्रमा कुनै भाषाभाषी र जातजातिको बाहुल्यता नभएकाले यो विशिष्ट परिस्थितिलाई ध्यान दिँदै यही संविधानसभाबाट अधिकतम सहमतिका साथ संविधान निर्माणको बाटोमा हामी छौं ।’ ‘अन्तर्दलीय वार्ता, छलफल र सहमतिका प्रयासहरुबारे ईयु सांसद्हरुलाई ‘ब्रिफिङ’ गर्दै ओलीले भने– ‘हामी केही विषयवस्तुमा सहमतिमै पुगेका छौं, केहीमा सहमति हुन बाँकी भए पनि तिनमा सकारात्मक संकेत देखिएका छन् ।’ ओलीले भने– ‘सहमतिमा पुगेका विषयवस्तुलाई संविधानका रुपमा जारी गर्ने कोशिसमा छौं । सहमति नभएका विषयलाई छलफल जारी राखेर सहमतिको विन्दुमा पुगेपछि संविधानमा समावेश गर्ने विकल्पमा छलफल चलिरहेको छ ।’ दोस्रो संविधानसभाका लागि निर्वाचन प्रक्रिया सुरु हुनु अघिदेखि नै चरम विवादमा फसेको नेपालको दोस्रो संविधानसभा चुनावी प्रक्रिया सकिँदानसकिँदै असफल भइसकेको थियो । त्यसयता अनेकौं विवाद, बहस, सम्झौता, सहमतिको टेको लगाइए पनि आफैंद्वारा निर्धारित माघ ८ मा संविधान जारी हुन नसकेपछि देश–विदेशका विभिन्न निकाय–प्रतिनिधिबाट तेस्रो संविधानसभाबारे चर्चा हुन थालेको छ । युरोपियन युनियनसम्बद्ध राष्ट्र र कूटनीतिज्ञले नै तेस्रो संविधानसभाको चर्चा गरे भन्दै आत्तिइरहेका कांग्रेस र विशेषतः एमालेलाई आश्वस्त पार्न ईयु सांसदहरु प्रयासरत छन् । ओलीसँगको भेटका क्रममा र्इयु सांसद्हरुले आफ्नो नेपाल भ्रमण दोस्रो संविधानसभा असफल भएर तेस्रो संविधानसभा आओस् भन्ने उद्देश्यमा केन्द्रित नरहेको स्पष्टीकरण दिएका थिए । भ्रमणटोलीकी संयोजक जीना लाम्बर्टले ओलीसँग तेस्रो संविधानसभा निर्वाचनको कुरा छलफलका क्रममा आएको सामान्य विषय मात्रै भएको प्रष्ट्याउने प्रयास गरेकी थिइन् । शनिबार ११ देखि साढे १२ बजेसम्म भएको भेटवार्तामा एमाले उपाध्यक्ष भीम रावल र प्रमुख सचेतक अग्नि खरेल समेत सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies