Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

माओवादी उम्मेदवारले गरे सरकारले दिने तलब नलिने घोषणा

\"\"सिन्धुपाल्चोक, २४ वैशाख । नेकपा माओवादी केन्द्र चौतारा साँगाचोकगढी वडा नं २ का वडा अध्यक्षका उम्मेदवार सुर्य सापकोटाले आफु निर्वाचित भएपछि सरकारले दिने तलव नलिने घोषणा गरेका छन् । सो वडामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नेता सापकोटाले वडा अध्यक्षमा निर्वाचित भएको अवस्थामा सरकारले दिने प्रत्येक महिनाको १५  हजार तलव वडाभित्र रहेका वृदवृदाका लागि दामासायी रुपमा वितरण गर्ने र आफुले तलव नलिने घोषणापत्र मार्फत सार्वजनिक गरेका हुन् । विकासका पूर्वाधार खानेपानी, कृषि, रोजगारी, सिंचाई लगायत समाजका सबै पक्षको विकासमा सक्रिय भएर लाग्ने र आम नागरिकलाई स्थानीय स्तरमा राज्यको प्रत्याभुत गर्ने वातावरण बनाउने सापकोटाको घोषणापत्रमा उल्लेख छ । सापकोटाको घोषणापत्रमा निम्न विषय यस्तो छ
  • शिक्षा हाल हाम्रो वडाको शैक्षिक अवस्था खस्केको महसुस हामीले गरेका छौं । बालबालिकाको पठन पाठन कै निम्ति धेरै परिवार गाउँबाट बिस्थापित हुनुपर्ने अवस्था छ । त्यसैले हाम्रो वडाका विद्यालयहरुको शैक्षिक अवस्थालाई सुदृढ गरी विद्यालय शिक्षालाई प्रतिस्पर्धात्मक बनाउनेछौं । वडा भरिका सबै विद्यालयमा प्राथमिक शिक्षालाई अङ्ग्रेजी माध्यममा सञ्चालन गराइनेछ । माध्यमिक तहमा व्यवसायिक र प्राविधिक शिक्षा लागू गरिनेछ । शिक्षालाई आधुनिकिकरण गरी नियमित अनुगमन मार्फत प्रतिस्पर्धात्मक र सक्षम विद्यार्थी उत्पादनमा जोड दिइनेछ । प्रत्येक टोलमा साना बालबच्चाहरुका लागी मन्टेश्वरी स्कुलको व्यवस्था गरिनेछ ।
  • स्वास्थ्य हाल हाम्रो चौ.सा. गढी नगरपालिका वडा नं. २ मा कुनै प्राथमिक स्वास्थ्य केन्द्र नभएकोले स्थानीय स्तरमा प्राथमिक स्वास्थ्य केन्द्र खडा गरिनेछ । अन्य वडा, गाउँ र नगरपालिका सँग समन्वय गरी सुविधासम्पन्न अस्पताल निर्माण गर्न पहल गरिनेछ । साथै यस वडाका लागी एम्बुलेन्सको व्यवस्था गरिनेछ ।
  • रोजगारी प्रत्येक घरमा एक जनालाई रोजगारीको व्यवस्था गर्न नजिकका हाइड्रोपावर वडामा क्रियाशील सामाजिक संघसंस्था, राज्यका विभिन्न निकायमा समन्वय गरिनेछ । पुर्ननिर्माण अभियानमा युवाहरुलाई लगाइनेछ । जसले गर्दा प्रत्येक घरमा रोजगारीको अवसर सिर्जना हुनेछ । अबको ५ वर्ष भित्र प्रत्येक घरमा रोजगार उपलब्ध हुनेछ ।
  • यातायात यातायातको क्षेत्रलाई हाम्रो पार्टीले सुरुदेखि नै बढी महत्व दिएको सबैलाई सर्वविदितै छ । यस अघिपनि हाम्रो पहल र नेतृत्वमा करिब ४० कि.मि. सडक (वडा नं. २ र ३ मा गरी) निर्माण भएको छ । अब निर्माण भएका सडकहरुको स्तर उन्नति गरी आवश्यकता अनुसार नयाँ ट्रयाकहरु खोलिनेछ । अबको ५ वर्ष भित्र सबैको सल्लाहमा वडालाई घेर्ने गरी रिङरोड निर्माण गरिनेछ । जसलाई पक्की सडक बनाइनेछ ।
  • खानेपानी वडा भित्रका सबै गाउँमा आवश्यकता अनुसार धारा निर्माण गरिनेछ । खानेपानीको मुहान खोजी गरी पानीको स्वस्थता परिक्षण गरी सबै नागरिकले स्वस्थ पानी पिउन पाउने व्यवस्था गरिनेछ । हाल खानेपानीको समस्या रहेका स्थानहरु देवीडाँडा, कमलावारी, बतासे लगायत अन्य ठाउँमा समेत स्वस्थ खानेपानीको व्यवस्था गरिनेछ ।
  • कृषि/सिंचाई कृषि क्षेत्रलाई आधुनिकीकरण गरी “गरीखाने” कृषि भन्दा उत्पादनमूलक कृषिमा जोड दिइनेछ । कृषि क्षेत्रलाई आयमूलक बनाउन कृषकहरुलाई प्रोत्साहन गरिनेछ । वडा भित्र बाँझो बसेका सबै जमिनमा उत्पादन र आयमूलक कार्यक्रम संचालन गरिनेछ । ब्रह्मायणी र बेत्रावती नदी आसपासका समथर फाँटहरु शेरा, रानिटार, खरिटार, कटुन्जे, रुम्टा, साउबोटे, चिउरीबोटेलाई कृषि उत्पादन पकेट क्षेत्र घोषणा गरी कृषि उत्पादनलाई प्रोत्साहन गरिनेछ ।
सिंचाइका लागि ब्रह्मायणी र बेत्रावती नदीको पानी प्रयोग गरिनेछ । उत्पादित कृषि सामाग्रीको विक्री वितरण र ढुवानीका लागि                    कृषकहरुलाई सहयोग र प्रोत्साहन गरिनेछ । वडा स्तरको कृषि सहकारी गठन गरी कृषकहरुको आपसी सद्भावको भावना जागृत                     गराइने छ । साथै एक घर सहकारी सदस्य बनाई सहकारी मार्फत आयमूलक काम, बचत र कृषि ऋण उपलब्ध गराइनेछ । साथै                     सिंचाइका लागी खडेरीको अवस्थामा अत्याधुनिक जेनेरेटर मेशिनको व्यावस्था गरिनेछ ।
  • पुनः निर्माण
भूकम्पपछि ध्वस्त भएका भौतिक संरचनाहरुको पुनः निर्माण यथाशिघ्र गरिनेछ । पुनः निर्माण अन्तर्गत वडाको फुल्पिङ र                           कमलाबारी बस्तीलाई नमूना बस्तीका रुपमा निर्माण र विकास गरिनेछ । भूकम्पपछि उच्च जोखिममा रही विस्थापित भएको खाल्डे             र काटाकुटीको बस्तीलाई उचित ठाउँमा व्यवस्थापन गरी स्थानान्तरण गरिनेछ । भूकम्पपीडितलाई राज्यले दिने भनिएको अनुदान र           ऋण यथाशिघ्र दिलाई पुनः निर्माण कार्य तिव्र बनाइने छ ।
  • घट्दै गएका गाउँका पुराना बस्तीहरुलाई सुविधा सम्पन्न बनाई गाउँलाई पुरानै अवस्थामा फर्काइने छ ।
  • युवा लक्षित विभिन्न कार्यक्रम तयार गरी युवाहरुलाई संगठित गर्ने र विकास निर्माण र उत्पादनमूलक कार्यक्रम संचालन गरिनेछ ।
  • खेलकूदलाई महत्व दिई वडास्तरमा क्लबहरु गठन गर्ने र युवा तथा बालबालिकालाई खेल क्षेत्रमा प्रेरित गर्ने । वडा स्तरमा खेलकूद समिति गठन गरी खेल मैदान समेत निर्माण गर्ने ।
  •  निरक्षर नागरिकहरुका लागि वैकल्पिक विद्यालय संचालन गरी सबै नागरिकलाई साक्षर बनाउने ।
  •  वडा भित्र रहेका अपाङ्ग र अशक्त मानिसहरुलाई विभिन्न सिपमूलक तालिम दिई आयआर्जनमा सक्षम बनाउने ।
  •  प्रत्येक नागरिकलाई आफ्नो राज्यको प्रत्याभूति गर्ने वातावरणको सिर्जना गरी स्थानीय प्रशासनलाई चुस्त र पारदर्शी कायम राख्ने साथै राज्यबाट नगारिकले पाउने सेवा सुविधालाई सहज बनाउने ।
  • वडा अध्यक्षमा निर्बाचित भएको अवस्थामा अध्यक्षका लागी आउने प्रत्येक महिनाको १५ हजार तलव वडाभित्र रहेका वृदवृदाका लागी दामासायि वितरण गर्ने र आफुले तलव नलिने घोषणा गर्दछु ।
  •  शेरामा रहेको गणेश मन्दिर संरक्षण, पूननिर्माण तथा सो स्थानलाई धार्मिक पर्यटनस्थलका रुपमा विकास गरिनेछ ।
  • देउराली डाँडालाई पिकनिक स्थलको रुपमा निर्माण र विकास गरी पर्यटनका लागी दिर्घकालिक योजना निर्माणका लागी संम्भाव्यता अध्ययन गर्ने योजना अघि बढाईने छ ।
  • भोटेफुल्पिङमा निर्माणका लागी माओवादी पहलमा छुट्याइएको रकमलाई परिचालन गरी यथाशिघ्र गुम्बा निर्माण गरिनेछ ।
  •  वडाभरी रहेका काठका पोलहरुलाई विस्थापित गरी फलामका पोलहरुको व्यवस्था गरिनेछ ।
  • अन्त्यमा, विकास निर्माणका सम्पूर्ण गतिविधिलाई नगरपालिकाको मापदण्डमा रही युद्ध स्तरमा अघि बढाई छिट्टै हाम्रो वडालाई नमूना वडाका रुपमा स्थापित गर्ने प्रतिबद्धता गर्दछु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending