Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

‘भूकम्पपछिको पुनः निर्माण पहिलो प्राथमिकता हुनेछ’

\"\"वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गंगाबहादुर तामाङ ‘प्रवेशसँग गरिएको कुराकानी । तपाईँले बलेफी गाउँपालिकाको अध्यक्ष जित्ने आधार के–के छन् ? नेकपा माओवादी केन्द्र तल–तलसम्म संगठन निकै बलियो भएको पार्टी हो । बलेफि गाउँपालिकाको सन्दर्भमा कुरा गर्ने हो भने सबै जताको घर–दैलोमा पुगेको मर्दाको मलामी र बाँच्दाको जन्ती बनेको पार्टी पनि माओवादी नै हो । सुख–दुःखमा साथ दिएको पार्टी पनि माओवादी नै हो । अहिले माओवादी बलेफीवासीका लागि माओवादीे स्पष्ट दृष्टिकोण, नीति, विचार, सिद्धान्त, कार्यक्रमले मात्र होइन आत्मीयरुपले पनि नजिक छ । मैले जित्ने सबै भन्दा बलियो आधार यही हो । मैले अघि पनि भने माओवादीले लिएको राष्ट्रियताको स्पष्ट अडान, सामाजिक न्यायका क्षेत्रमा माओवादीको गरेको काम, माओवादीले लिएका नीति, विचार, सिद्धान्त र माओवादीले गाउँको विकासका लागि अघि सारेको कार्यक्रम अन्य सबै राजनीतिक दलहरुको भन्दा उत्कृष्ट छ । यो कुरा पनि आम जनताले राम्ररी बुझेका छन् भन्ने मैले ठानेको छु । यो हामीले चुनाव जित्ने अर्को वलियो आधार हो । मेरो कामको मूल्याङ्कन गर्दै पार्टीले पनि मलाई विभिन्न जिम्मेवारी सुम्पिदैँ आएको छ । म १० बर्षे जनयुद्धमा पनि होमिएको मान्छे हुँ । योङ कम्युनिष्ट लिग (वाइसिएल) र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको छु ।अहिले पार्टीको सिन्धुपाल्चोका जिल्ला सचिवालय सदस्य पनि छु । गाउँको विकास कसरी गर्ने, विकासमा के कुराको कमी छ । त्यो सबै मैले बुझेको छु । यो मेरो जित्ने अर्को आधार हो । तपाईँको पार्टीको प्रतिवद्धतापत्रमा उल्लेख गरिएका विकासका कार्यक्रमले जनतामा कस्तो उत्साह छ ? निश्चय पनि उत्साह छाएको छ । हाम्रो पार्टी माओवादी केन्द्रले गर्नसक्ने काम मात्र प्रतिवद्धता सार्वजनिक गरेको छ । जस्तो कि आजको एक्कासौं शताव्दीको युगमा सञ्चार क्षेत्र अगाडी बढाउनुपर्छ । अहिले नेपालमा सञ्चारले फड्को पनि मारेको छ । त्यसैले पनि हामीले जितेको खण्डमा ‘फ्री’ वाइफाइको व्यवस्था गरेका छौं । त्यस्तै जनसहभागितामूलक समावेशी लोकतन्त्रको जग नै स्थानीय तहको भनेका छौं, यसले पनि जनतामा उत्साह छाएको छ । समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर भनेका छौं,भूमी नीति, कृषि नै ग्रामीण विकासको मूल आधार, खाद्य तथा आवास राज्यको दायित्व, समाज कल्याण र राज्यको दायित्व, आदिवासी जनतातिको अधिकारः स्वायत्रता र अग्राधिकार, जनयुद्धकालिन सहिद र वेपत्ता योद्धाः हाम्रो गौरवपूर्ण महानता, पर्यटन व्यापा र उद्योगमा रुपान्तरण श्रम र रोजगार, शिक्षा, पुनःनिर्माणलगायत प्रतिवद्धताले जनताहरु उत्साहित भएका छन् । अहिलेसम्म चुनाव प्रचार–प्रशारका क्रममा तपाईँले के–कस्ता प्रतिवद्धता लिएर जनताका बीचमा जानु भएको छ ? विशेषत मैले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिविक्षत सिन्धुपाल्चोक र विशेषगरी बलेफी गाउँपालिकालाई पुनःनिर्माण चाँडै गर्न जरुरी छ । जसका लागि मैले जितेको खण्डमा चाडैं नै गर्ने प्रतिवद्धता जनतामाझ जाहेर गरेको छु । जनताजातीको बाहुल्यता छ । उनीहरुको हकहितका लागि र अन्य जातजातिका लागि विशेष योजना बनाएको छु । ०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा क्षति भएको जिल्लामा पूनःनिर्माणमा तपाईँको योजना के–छ ? भूकम्पबाट क्षति भएका भौतिक संरचनालाई पहिलाको भन्दा अझ अत्याधुनिक र नयाँ ढंगले निर्माण गरिने छ । बलेफी गाउँपालिकालाई ‘ग्रिन भिलेज’ को रुपमा विकास गरिनेछ । यो योजनालाई पनि मैले प्राथमिकतामा राखेको छु । यस्ता थुप्रै योजना छन् । जसले भूकम्पपछि थिलथिलो भएको गाउँपालिका जुरुक्क उठ्नेछ । आर्थिक विकासका पनि त केही योजना होलान नि ? ड्डअवश्य, म प्रमुख भएपछि आर्थिक तथा सामाजिक न्यायमा आधारित नमुना गाउँ बनाउने छु । सहयोग गर्ने वा लगानी गर्नेलाई आकर्षित तथा व्यापारमैत्री बाताबरण बनाउने छ । हाम्रो ठाउँबाट अहिले हजारौँ युवा वैदेशिक रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ । म त्यसलाई कम गराउने समय सापेक्ष रोजगारमूलक वातावरण निर्माण गर्नेछु । युवाहरुका लागि रोजगारमूलक तालिम दिने र ठाउँ–ठाउँमा सूचना केन्द्रको व्यवस्था गर्नेछु । त्यसैगरी मझौला व्ववसाय तथा साना व्यवसाय सुरु गर्नेहरुलाई (स्टार्ट अफ) लगानीमैत्री विनियमहरु बनाइने छ । बलेफीवासीका केही सपनाहरु छन् । ती सपनासँग म नजिकबाट साक्षात्कार छु । सपनालाई मैले नजिकबाट स्पर्श गरेको छु, राम्ररी बुझेको छु । सुन्दर, शान्त गाउँपालिका । यो सपना गफ गरेर मात्र पूरा हुँदैन । फेसबुकमा हावादारी सपना बांडेर मात्र सफल हुंदैन त्यसका लागि काम गर्नुपर्छ । काम गर्न कार्यान्वय गर्न सक्ने ‘भिजन’ चाहिन्छ । त्यो भिजन मसँग छ । र, अन्त्यमा बलेफी, जलविरे–ढाँडे सडकखण्ड कालोपत्रे बनाउने छु । एक घर, एक शौचालय, एक धारा अभियान सञ्चालन गर्नेछु । भूकम्पपछि जिल्लामा थुप्रिएका जति पनि एनजिओ÷आइएनजिओ छन्, ती अव्यवस्थित ढंगले चलेका छन् । हाम्रो ठाउँमा जतिपनि छन्, त्यसलाई व्यवस्थित गर्नेछु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending