Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

रोल्पामा विप्लव पार्टीले चुनाव खारेजीको अभियान नै चलायो

\"\"रोल्पा, २५ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनजागरण तथा प्रतिरोध अभियान अन्तर्गत रोल्पाको थवाङ, गाम, घर्तीगाउँ, माडीचौरलगायत दर्जनौं क्षेत्रमा आइतबार घरदैलो अभियान चलाइरहेको छ । अभियानमा स्थानीयहरुको सहभागिता उत्साहजनक देखिएको छ । ‘कथित स्थानीय चुनाव खारेज गरौं, शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि बैज्ञानिक समाजवाद स्थापना गरौं भन्ने नारासहित जिल्ला स्तरीय नेता–कार्यकर्ताहरु यतिबेला गाउँ–गाउँमा साँस्कृतिक टोलीसहित अभियानमा खटेका छन् । ठाउँ–ठाउँ प्रहरीको अबरोधका बाबजुद पनि रोल्पालीहरु उत्साहपुर्वक चुनाव खारेज अभियानमा खटिएको जिल्ला सेक्रेटेरी जागृतिले बताए । अभियानमा राष्ट्रिय युवा जनस्वयंसेवकको टोली, जलजला र सामना सांस्कृतिक परिवारको टोली पनि सम्मिलित छ । जनपक्षीय गीत र संगीतमार्फत चुनाव खारेजीका लागि जनकलाकारहरुले अपिल गरिरहेका छन् । जागृतिका अनुसार जिल्लाका सबै क्षेत्रमा २ दर्जनबढि टोली खटिसकेको छ । सबै टोली पालैपालो माओवादी आन्दोलनको केन्द्र मानिने थवाङमा सबै जनता सहभागी भएर घरदैलो कार्यक्रम चलिरहेको छ । बालकलाकार पक्राउ यसैबीच, अभियानकै क्रममा जलजला सांस्कृतिक परिपारका संयोवक हिमाललाई नृत्य देखाइरहेका बेला गिरफ्तार गरेको छ । बालकलाकार १२ वर्षीय राम पुनलाई सांस्कृतिक कार्यक्रममा नाँचिरहेका बेला प्रहरीले कुटपिट गरि पक्राउ आरोप उक्त पार्टीको छ । रोल्पाको झैमाकसलाबासी पुन र हिमाललाई लिवाङस्थित जिल्ला प्रहरी कार्यालयको हिराशतमा राखिएको जनाएको छ । सेक्रेटरी जागृतिले एक बिज्ञप्ति जारी गर्दै बालकलाई पक्राउ गर्ने प्रशासनको हर्कतले आफै नाङ्गिएको भन्दै बालकलाकार र हिमाललाई तत्काल रिहा नगरे प्रतिरोध संघर्षलाई चर्काउने चेतावनी दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending