Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

गहना धितो राखेर सडक निर्माण

[caption id=\"attachment_121541\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

म्याग्दी, २५ वैशाख । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले स्थानीय स्तरबाट करोडौ रकम जुटाएर पूर्वाधार निर्माण गरेका छन् । सरकारी निकायले उपलब्ध गराएको बजेटको तुलनामा धेरै गुणा बढी रकम स्थानीय स्तरबाट जुटाएर सडक, भवन, खेलमैदानलगायतका योजना निर्माण गरेका हुन् ।

जिल्ला समन्वय समिति र साविकको गाविस कार्यालयले रु १६ लाख ४३ हजार अनुदान उपलब्ध गराएको भकिम्ली–राखु–नयाँपुल सडक निर्माण योजना स्थानीय स्तरबाट थप रु ३५ लाख जुटाएर सम्पन्न गरेका छन् । नौ किलोमिटर दूरीको सो सडक निर्माणका लागि सरकारी निकायबाट प्राप्त बजेट अपुग भएपछि राखुका ६५ घरधुरीले चन्दा सङ्कलन गर्नुका साथै बैंकमा गहना धितो राखेर रु ३५ लाख जुटाएका उपभोक्ता समितिका अध्यक्ष केयरसिङ पुनले जानकारी दिए । भकिम्लीकै ठोट्नेरीका बासिन्दाले हालै रु पाँच लाख सङ्कलन गरेर डाडाँखानीदेखि गाउँसम्म जोड्ने सडक निर्माण गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष धनबहादुर श्रीसका अनुसार पाँच किलोमिटर दूरीको यो सडक निर्माणका लागि साविक गाविस कार्यालयले रु एक लाख मात्र उपलब्ध गराएको थियो । ठोट्नेरीका ७० घरधुरीले कम्तीमा रु पाँच हजारका दरले चन्दा सङ्कलन गरेर सडक खनेका हुन् । टोड्नेरीसँगै भकिम्लीका सबै टोल सडक सञ्जालमा जोडिएका छन् । विसं २०६७ मा स्थानीय बासिन्दाले रु एक करोड चन्दा सङ्कलन गरेर निर्माण गरेको हलेगौडा–भकिम्ली सडक स्तरवृद्धिका लागि पहल भइरहेको छ । यसैगरी रोजगारी, अध्ययन र व्यवसायका लागि विदेशिएका भकिम्लीका बासिन्दाको सहयोगमा जयन्ती माविको दश कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । असी प्रतिशत निर्माण कार्य पूरा भएको भवन बनाउन बेलायत, बेल्जियम, अमेरिकालगायत देशमा रहेका नेपालीबाट रु ८१ लाख सहयोग प्राप्त भएको व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताए । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले भत्काएको सो कक्षा कोठा भवन पुनःनिर्माणका लागि साविक गाविस कार्यालयले रु दश लाख उपलब्ध गराएको थियो । यसैगरी भकिम्लीको मुसुङडोलेमा स्थानीय गणेश स्मृति क्लबको सक्रियतामा रु ११ लाखको लगानीमा खेलमैदान निर्माण भएको छ । मुसुङडोलेको पखरधारा भन्ने ठाउँमा १२० मिटर लम्बाइ र ५० मिटर चौडाइ रहेको खेलमैदान निर्माणका लागि जिल्ला समन्वय समितिबाट चालु आवमा रु एक लाख र गाविस कार्यालयबाट रु ८५ हजार प्राप्त भएको थियो । थप रु दुई लाख चन्दा र रु सात लाख ऋण जुटाएर खेलमैदान निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर थापाले बताए । स्थानीय स्तरमा सक्रिय जनसहभागिता जुट्ने भएकाले योजना निर्माणमा सहज भएको वडा सचिव शिव शर्माले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending