Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

किर्ते काम गर्दागर्दै एमालेका उम्मेदवार पक्राउ

\"\"काभ्रे, २५ वैैशाख । काभ्रेपलाञ्चोक जिल्लाको भूम्लू गाउँपालिका वडा नं. ७ का एमालेको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार बनेका रमेशराज खरेललाई प्रहरीले पक्राउ गरिएको केही घण्टामा नै उन्मुक्ति दिएको छ । उनले आईतवार सो गाउँपालिकाको ७ नं. वडा कार्यालयको सचिवद्धारा हस्ताक्षरित खाली लेटरप्याडमा भूकम्प पीडितको नाममा आएको रकम निकासाको लागि सिफारिस लेखिरहेको क्रममा प्रहरीले बनेपास्थित लक्ष्मी बैङ्कबाट पक्राउ गरिएको थियो । स्थानीयका अनुसार खरेलले भूकम्प पीडितको नाममा आएको पहिलो किस्ता बापतको रकम निकासाको लागि सिफारिस गर्न खाली लेटरप्याड प्रयोग गरि उसैले सिफारिस लेख्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउपछि प्रहरीले आवश्यक छानविनको लागि भन्दै जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुलबहादुर थापाले भने ‘हामीलाई जानकारी आएपछि पक्राउ गरी आवश्यक कार्वाहीको लागि भनेर सिडिओ कार्यालयमा बुझाएका छौं, नियम अनुसार उहाँले गर्नुहुन्छ ।’ थापाले भने, ‘त्यो काम निर्वाचन आचार संहिता विरुद्ध भएको छ ।’ उता प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिमखडाले भने आफुहरुले गर्नुपर्ने काम गरेर मुख्य निर्वाचन अधिकृत कहाँ बुझाएको बताए । ‘हामीले मुख्य निर्वाचन अधिकृतकहाँ बुझाएका छौं, अब उहाँले के गर्नुहुन्छ !’ सिंखडाले भने । मुख्य निर्वाचन अधिकृत मेदनीप्रसाद पौड्यालले भने वडा कार्यालयको सचिवको हस्ताक्षरित खाली लेटरप्याड प्रयोग गरेर त्यसमा दुई लाईन मात्रै लेखेको अवस्थामा पक्राउ परेकाले खासै समस्या नदेखिएको बताए । ‘खाली लेटरप्याडमा लेखिरहेको अवस्थामा पक्राउ गरेको रहेछ, खासै त्यस्तो लेखेको नपाएकाले सचेत गराएर पठायौं ।’ मुख्य निर्वाचन अधिकृत पौड्यालले भने । वडा सचिवको हस्ताक्षरित खाली लेटरप्याड प्रयोग गरेको अवस्थामा प्रहरीले पक्राउ गरिएका खरेललाई मुख्य निर्वाचन अधिकृतले सचेत मात्रै गराएर आईतवार नै मुक्त गराएको छ । भुम्लु गाउँपालिकाको ७ नं. वडा सचिव अर्जुन बहादुर कार्कीले खरेलालई खाली लेटरप्याडमा हस्ताक्षर गरी दिएको पाईएको छ । खाली लेटरप्याड हस्ताक्षर गरेर दिने वडा सचिवलाई भने प्रमुख जिल्ला अधिकारीले विभागीय कारवाहीको सिफारिस गरेका छन् । भुम्लु गाउँपालिकाको ७ नं. वडा सचिव अर्जुन बहादुर खत्रीले खरेलालई खाली लेटरप्याडमा हस्ताक्षर गरी दिएको पाईएको छ । खरेल स्थानीय बागदेवी माविका प्रावि शिक्षक हुन् । उनी निर्वाचनमा उम्मेदवारी बन्नका लागि शिक्षण पेशाबाट राजीनामा दिएर एमालेको तर्फबाट ७ नं. वडाको वडाध्यक्षको उम्मेदवार बनेको ब्यक्ति हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending